Trending
Prev Story
Next Story

बालेनको भारत भ्रमणबारे एसडी मुनीको टिप्पणी : बागडोगरा उडानको माग चीनकेन्द्रित सुरक्षा परीक्षण

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
14
14 reads 0 reactions

८ मंसिर, काठमाडौं । भारतीय कूटनीतिक मामिलाका जानकार प्राध्यापक एसडी मुनीले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण देखावटी प्रस्तुति र वाचाका हिसाबले उत्कृष्ट भए पनि कुनै नयाँ ब्रेक थ्रु हुन नसकेको टिप्पणी गरेका छन्। मंगलबार एक्समार्फत टिप्पणी …

बालेनको भारत भ्रमणबारे एसडी मुनीको टिप्पणी : बागडोगरा उडानको माग चीनकेन्द्रित सुरक्षा परीक्षण

८ मंसिर, काठमाडौं । भारतीय कूटनीतिक मामिलाका जानकार प्राध्यापक एसडी मुनीले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण देखावटी प्रस्तुति र वाचाका हिसाबले उत्कृष्ट भए पनि कुनै नयाँ ब्रेक थ्रु हुन नसकेको टिप्पणी गरेका छन्।

मंगलबार एक्समार्फत टिप्पणी गर्दै मुनीले भ्रमणको सार अपेक्षित नै रहेको र ठोस नतिजाहरू दुवै पक्षलाई स्वीकार्य खालका मात्रै रहेको उल्लेख गरेका छन्। भ्रमणका क्रममा जारी भिजन डकुमेन्ट भारतको कूटनीतिक औजार भएको उनको विश्लेषण छ।

उनले लेखेका छन्, ‘बालेनको भारत भ्रमण अप्टिक्स र वाचामा उत्कृष्ट, सारमा अपेक्षित, कुनै ब्रेकथ्रुबिनाको र ठोस नतिजामा पारस्परिक रूपमा स्वीकार्य रह्यो।’

उनले भनेका छन्, ‘भिजन डकुमेन्ट भारतको कूटनीतिक औजार हो। यसको कार्यान्वयन नेपाल र भारतबीचको राजनीतिक वातावरणमा निर्भर हुनेछ।’

अर्को पोस्टमा मुनीले भारतको बागडोगरा उडानका लागि नेपाली आकाश प्रयोग गर्न गरिएको मागलाई चीनसँग जोडिएको भारतीय सुरक्षा संवेदनशीलतासँग जोडेर व्याख्या गरेका छन्। भारतले उक्त मागमार्फत चीनको सन्दर्भमा आफ्नो सुरक्षा संवेदनशीलताप्रति नेपालको प्रतिक्रिया जाँच्न खोजेको उनको दाबी छ।

‘बागडोगरा उडानका लागि नेपाली आकाश प्रयोग गर्ने भारतको माग चीनको सन्दर्भमा भारतको सुरक्षा संवेदनशीलताप्रति नेपालको प्रतिक्रिया परीक्षण गर्ने उद्देश्यले गरिएको थियो,’ मुनीले लेखेका छन्, ‘कम्तीमा अहिलेका लागि नेपाल त्यस सन्दर्भमा सहकार्य गर्न तयार देखिँदैन।’

प्रधानमन्त्री शाह भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा दुईदिने राजकीय भ्रमण सम्पन्न गरी सोमबार स्वदेश फर्किएका हुन्। भ्रमणका क्रममा दुवै देशबीच संयुक्त भिजन डकुमेन्ट जारी भएको थियो।

भ्रमणअघि नेपालले भैरहवाका लागि थप हवाई प्रवेश बिन्दु मागिरहँदा भारतले बागडोगरा उडानका लागि पूर्वी नेपाली आकाश प्रयोगको अनुमति खोजेको विषयले कूटनीतिक वृत्तमा चर्चा पाएको थियो।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
23h ago
प्रधानमन्त्री बालेनको भारत भ्रमण कुन अर्थमा उपलब्धिमूलक, कुन अर्थमा उपलब्धिविहीन?

प्रधानमन्त्री बालेनको भारत भ्रमण कुन अर्थमा उपलब्धिमूलक, कुन अर्थमा उपलब्धिविहीन?

सरकारले प्रधानमन्त्रीको भारत भ्रमणलाई सफल भनी व्याख्या गरिरहेका बेला विज्ञ तथा विपक्षी दलका नेताहरूले थाँती रहिआएका विषयमा उपलब्धि हुन नसकेको प्रतिक्रिया दिएका छन्। बीबीसीसँग कुरा गर्दै उनीहरूले भ...

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Ekantipur
1d ago
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण: नेपालले के पायो, के गुमायो ?

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण: नेपालले के पायो, के गुमायो ?

सत्ता नेतृत्वमा आएको सात महिनापछि भारत भ्रमण गरेका बालेन्द्रले कस्ता मुद्दा र चासो उठाए अनि त्यसमा कति उपलब्धि हासिल भए ? पूर्वप्रधानमन्त्री सुशीला कार्कीका राजनीतिक सल्लाहकार एवं सेन्टर फर सोसल इनोभेसन एण्ड फरेन पोलिसीका अनुसन्धान निर्देशक अजय भद्र खनालसँगको कुराकानी ।

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Arthasansar
1d ago
बालेनको भारत भ्रमणमा राष्ट्रिय हितका मुद्दा ओझेलमा परे - शंकर पोखरेल

बालेनको भारत भ्रमणमा राष्ट्रिय हितका मुद्दा ओझेलमा परे - शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय हितसँग जोडिएका महत्वपूर्ण विषयले प्राथमिकता पाउन नसकेको...

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Nagarik News
1d ago
प्रधानमन्त्रीको भारत भ्रमणबारे गोकुल बास्कोटा : सिमा विवाद त संसद्‍मै बिर्को लाएर गाथे

प्रधानमन्त्रीको भारत भ्रमणबारे गोकुल बास्कोटा : सिमा विवाद त संसद्‍मै बिर्को लाएर गाथे

नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबारे टिप्पणी गर्दै भ्रमणका उपलब्धिमाथि प्रश्न उठाएका छन्।

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Bizshala
1d ago
देश उभो लगाउने टोली भन्दै बालेनले गरे तस्वीर सार्वजनिक

देश उभो लगाउने टोली भन्दै बालेनले गरे तस्वीर सार्वजनिक

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले भारत भ्रमण सकेर स्वदेश फर्किएलगत्तै अर्थमन्त्री डा. स्वर्णिम...

#बालेन-शाह #भारत #भ्रमण
Compare →

Related Stories

World News
Build #2625