Trending
Prev Story
Next Story

बाँकेमा मेलामा २ पक्षबीच झडप, स्थिति नियन्त्रण लिन ८ राउण्ड गोली चल्यो

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
18
18 reads 0 reactions

८ मंसिर, काठमाडौं । बाँकेको वैजनाथ गाउँपालिका–१ चिसापानीमा बिहानपख गोली चलेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अंगुर जिसीका अनुसार दुई पक्षबीचको झडपलाई नियन्त्रणमा लिन प्रहरीले बिहान पौन ४ बजेतिर ८ राउण्ड हवाई फायर गरेको …

बाँकेमा मेलामा २ पक्षबीच झडप, स्थिति नियन्त्रण लिन ८ राउण्ड गोली चल्यो

८ मंसिर, काठमाडौं । बाँकेको वैजनाथ गाउँपालिका–१ चिसापानीमा बिहानपख गोली चलेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अंगुर जिसीका अनुसार दुई पक्षबीचको झडपलाई नियन्त्रणमा लिन प्रहरीले बिहान पौन ४ बजेतिर ८ राउण्ड हवाई फायर गरेको हो ।

चिसापानीमा लागेको मेलामा दुई पक्षबीच राति झडप भएको थियो । मेलामा राति आगो बालेर बसेका दुई समूहका युवाबीच झण्डप भएको थियो । ढुंगामुढा हानाहानदेखि अगुल्टोले समेत हान्ने काम भएको थियो ।

उनीहरुलाई छुट्याउन गएको प्रहरीमाथि समेत आक्रमण भएको र सईसहित चार प्रहरी घाइते भएको बताइएको छ । दुई पक्षबीच झडप भएर मानवीय क्षतिको अवस्था आउन लागेपछि स्थिीती नियन्त्रणमा लिन इन्सार राइफलबाट ८ राउण्ड हवाई फायर गरिएको प्रहरीले बताएको छ ।

दुई पक्षबीचको झडपमा परेर एक जना घाइते भएका छन् । अहिले उनको उपचार भइरहेको छ । झडपमा संलग्न भएको आरोपमा एक जनालाई भने प्रहरीले पक्राउ गरेको छ ।

यो मेला जागरण्ण युवा क्लब चिसापानी बाँकेले गरेको हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
1d ago
बाँके चिसापानीको मेलामा दुई समूहबीच झडप, प्रहरीद्वारा ८ राउण्ड हवाई फायर

बाँके चिसापानीको मेलामा दुई समूहबीच झडप, प्रहरीद्वारा ८ राउण्ड हवाई फायर

दुई समूहका युवाबीच भएको झडप नियन्त्रणमा लिन प्रहरीले इन्सास राइफलबाट हवाई फायर गरेको हो।

#बाँके #झडप #नियन्त्रण
Compare →
Nagarik News
1d ago
मेलामा दुई पक्षबीच झडप, प्रहरीको हवाई फायर

मेलामा दुई पक्षबीच झडप, प्रहरीको हवाई फायर

बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा दुई पक्षबीच भएको विवाद नियन्त्रणका लागि प्रहरीले हवाई फायर गरेको छ ।

#बाँके #पक्षबीच #नियन्त्रण
Compare →
Hamro Patro News
3d ago
सुशासनका लागि सबै पक्षबीच सहकार्य आवश्यक : सभामुख अर्याल

सुशासनका लागि सबै पक्षबीच सहकार्य आवश्यक : सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले भ्रष्टाचार र अनियमितताको अन्त्य गर्दै सुशासन कायम गर्न सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताएका छन् । आइतबार काठमाडौँमा बाह्रखरी मिडियाको आठौँ संस्करणको कथा प्र...

#पक्षबीच
Compare →
Bizshala
6d ago
३९ वर्षको प्रतीक्षापछि बाँकेका १० भूमिहीन परिवार बने जग्गाधनी, राप्ती सोनारीमा लालपुर्जा वितरण

३९ वर्षको प्रतीक्षापछि बाँकेका १० भूमिहीन परिवार बने जग्गाधनी, राप्ती सोनारीमा लालपुर्जा वितरण

काठमाण्डौ । झन्डै चार दशकदेखि जग्गाको स्वामित्व पाउने प्रतीक्षामा रहेका बाँकेको राप्ती सोनारी गाउँपालिकाका १०...

#बाँके
Compare →

Related Stories

Business & Economy
Build #2625