Trending
Prev Story
Next Story

विद्युत चुहावट नियन्त्रणमा सरकारलाई सफलता, लक्ष्यभन्दा तल झर्‍यो चुहावट दर

Bizshala •
November 25, 2026 • 11:06 AM
6
6 reads 0 reactions

काठमाण्डौ । सरकारले विद्युत चुहावट नियन्त्रणमा निर्धारित लक्ष्य हासिल गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका...

विद्युत चुहावट नियन्त्रणमा सरकारलाई सफलता, लक्ष्यभन्दा तल झर्‍यो चुहावट दर

काठमाण्डौ । सरकारले विद्युत चुहावट नियन्त्रणमा निर्धारित लक्ष्य हासिल गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार विद्युत चुहावट दर १२.२६ प्रतिशतबाट घटेर १२.१६ प्रतिशतमा झरेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चालु वर्षमा विद्युत चुहावट दर १२.२० प्रतिशतमा सीमित गर्ने लक्ष्य दिएको थियो। तर, नेपाल विद्युत प्राधिकरणको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा १२.२६ प्रतिशत रहेको चुहावट आर्थिक वर्ष २०८२/८३ मा घटेर १२.१६ प्रतिशत कायम भएको छ।

यसअनुसार विद्युत चुहावट दर अघिल्लो वर्षको तुलनामा ०.१० प्रतिशत बिन्दुले घटेको छ भने निर्धारित लक्ष्यभन्दा ०.०४ प्रतिशत बिन्दु कम भएको छ।

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको पहलमा चुहावट नियन्त्रणका लागि प्राविधिक जनशक्ति परिचालन, विद्युत वितरण प्रणालीको स्तरोन्नति तथा व्यवस्थापकीय सुधारलाई प्राथमिकता दिइएको मन्त्रालयले जनाएको छ।

विद्युत प्राधिकरणका अनुसार विद्युत चोरी, वितरण प्रणालीमा देखिने प्राविधिक समस्या, नियमित मर्मतसम्भारको अभाव तथा लोड व्यवस्थापनका कमजोरी चुहावटका प्रमुख कारण हुन्।

यस्ता समस्या समाधान गर्न प्राविधिक टोलीको परिचालन, विद्युत नेटवर्कको सुधार तथा समस्या देखिनासाथ तत्काल मर्मत गर्ने प्रणालीलाई प्रभावकारी बनाइएको मन्त्रालयको दाबी छ।

ऊर्जामन्त्री श्रेष्ठले विद्युत चुहावटलाई अझै घटाउने गरी प्राविधिक तथा व्यवस्थापकीय सुधारलाई निरन्तरता दिइने बताएका छन्।

मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार दक्षिण एसियामा औसत विद्युत चुहावट दर १३.८ प्रतिशत रहेको छ। यस आधारमा नेपालको चुहावट दर क्षेत्रीय औसतभन्दा कम देखिएको छ।

विद्युत चुहावट घट्दा वितरण प्रणालीको कार्यक्षमता सुधार हुनुका साथै प्राधिकरणको सम्भावित आर्थिक नोक्सानी कम गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
3h ago
विद्युत चुहावट १२.१६ प्रतिशतमा सीमित

विद्युत चुहावट १२.१६ प्रतिशतमा सीमित

सरकारले विद्युत चुहावट नियन्त्रणलाई तीव्रता दिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत चुहावट नियन्त्रणमा उल्लेख्य प्रगति हासिल गर्दै लक्ष्य भेटाएको हो।

#चुहावट #विद्युत #नियन्त्रण
Compare →
Ekantipur
2h ago
विद्युत चुहावट १२.१६ मा झर्‍यो

विद्युत चुहावट १२.१६ मा झर्‍यो

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् चुहावट नियन्त्रणमा उल्लेख्य प्रगति हासिल गर्दै लक्ष्य भेटाएको हो । सरकारले यस वर्ष विद्युत् चुहावटलाई १२.२० प्रतिशतमा झार्ने लक्ष्य लिएको थियो ।

#चुहावट #नियन्त्रण #लक्ष्य
Compare →
Hamro Patro News
24m ago
विद्युत् चुहावट घटेर १२ प्रतिशतमा झर्‍यो, लक्ष्यभन्दा राम्रो प्रगति

विद्युत् चुहावट घटेर १२ प्रतिशतमा झर्‍यो, लक्ष्यभन्दा राम्रो प्रगति

काठमाडौँ- नेपालमा विद्युत् चुहावट घटेर १२.१६ प्रतिशतमा झरेको छ। आर्थिक वर्ष २०८२/८३ मा सरकारले लिएको १२.२० प्रतिशतको लक्ष्यभन्दा कम चुहावट कायम भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ। ...

#चुहावट #विद्युत #लक्ष्यभन्दा
Compare →
Onlinekhabar
5d ago
विद्युत् चुहावट १२.१६ प्रतिशतमा झर्‍यो

विद्युत् चुहावट १२.१६ प्रतिशतमा झर्‍यो

९ मंसिर, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ मा विद्युत् चुहावट १२.१६ प्रतिशतमा झरेको जनाएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको निजी सचिवालयका अनुसार आव २०८२/८३ मा विद्युत् चुहावट १२.१६ …

#चुहावट #विद्युत #झर्
Compare →

Related Stories

Politics & Governance
Build #2625