Trending
Prev Story
Next Story

विद्युत चुहावट १२.१६ मा झर्‍यो

Ekantipur •
November 25, 2026 • 11:02 AM
6
6 reads 0 reactions

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् चुहावट नियन्त्रणमा उल्लेख्य प्रगति हासिल गर्दै लक्ष्य भेटाएको हो । सरकारले यस वर्ष विद्युत् चुहावटलाई १२.२० प्रतिशतमा झार्ने लक्ष्य लिएको थियो ।

विद्युत चुहावट १२.१६ मा झर्‍यो

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् चुहावट नियन्त्रणमा उल्लेख्य प्रगति हासिल गर्दै लक्ष्य भेटाएको हो । सरकारले यस वर्ष विद्युत् चुहावटलाई १२.२० प्रतिशतमा झार्ने लक्ष्य लिएको थियो ।

काठमाडौं — सरकारले विद्युत चुहावट नियन्त्रणलाई तीव्रता दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् चुहावट नियन्त्रणमा उल्लेख्य प्रगति हासिल गर्दै लक्ष्य भेटाएको हो । सरकारले यस वर्ष विद्युत् चुहावटलाई १२.२० प्रतिशतमा झार्ने लक्ष्य लिएको थियो ।

नेपाल विद्युत् प्राधिकरणकाअनुसार २०८१/८२ मा १२.२६ प्रतिशत विद्युत चुहावट २०८२/८३ मा १२.१६ प्रतिशतमा झरेको हो । चुहावट अझै न्यूनीकरण गर्नेगरी प्राविधिक पक्ष र व्यवस्थापनलाई चुस्त बनाइएको ऊर्जामन्त्री विराज भक्त श्रेष्ठले बताए ।

प्राधिकरणकाअनुसार चोरी, मर्मत सम्भारको कमजोरी, लोड म्यानमेन्टका कुराले विद्युत चुहावट हुनेगर्छ । हाल प्राविधिक समस्याहरु आउँदा तत्कालै रेस्पोन्स गरेकाले पनि चुहावट नियन्त्रण हुँदै गएको हो । विद्युत् नेटवर्क स्तरोन्नति, समयमा मर्मत सम्भार र प्राविधिक पक्षको सुधारलाई आक्रामक रुपमा अगाडि बढाइ चुहावट नियन्त्रणलाई तीव्रता दिइएको ऊर्जा मन्त्रालयले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारको तथ्यांक हेर्दा दक्षिण एसियामा औसतमा १३.८ प्रतिशत चुहावट रहेको छ ।

लक्ष्य पूरा गर्न  श्रेष्ठले नीतिगत र संरचनागत सुधारका लागि पहल लिएका थिए । उनले चुहावट नियन्त्रणका लागि आवश्यक दक्ष प्राविधिक जनशक्तिको परिचालनदेखि समग्र व्यवस्थापनका लागि आवश्यक निर्देशन र पहल गरेका थिए ।

प्रधानमन्त्री कार्यालयले चुहावट १२.२० प्रतिशतमा झार्न ऊर्जा मन्त्रालयलाई लक्ष्य दिएको थियो ।

नेपाल न्युज बैंक नेपालको निजी समाचार एजेन्सी हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
3h ago
विद्युत चुहावट नियन्त्रणमा सरकारलाई सफलता, लक्ष्यभन्दा तल झर्‍यो चुहावट दर

विद्युत चुहावट नियन्त्रणमा सरकारलाई सफलता, लक्ष्यभन्दा तल झर्‍यो चुहावट दर

काठमाण्डौ । सरकारले विद्युत चुहावट नियन्त्रणमा निर्धारित लक्ष्य हासिल गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका...

#चुहावट #लक्ष्य #नियन्त्रण
Compare →
Onlinekhabar
5d ago
विद्युत् चुहावट १२.१६ प्रतिशतमा झर्‍यो

विद्युत् चुहावट १२.१६ प्रतिशतमा झर्‍यो

९ मंसिर, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ मा विद्युत् चुहावट १२.१६ प्रतिशतमा झरेको जनाएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको निजी सचिवालयका अनुसार आव २०८२/८३ मा विद्युत् चुहावट १२.१६ …

#चुहावट #विद्युत् #ऊर्जा
Compare →
Nagarik News
4h ago
विद्युत चुहावट १२.१६ प्रतिशतमा सीमित

विद्युत चुहावट १२.१६ प्रतिशतमा सीमित

सरकारले विद्युत चुहावट नियन्त्रणलाई तीव्रता दिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत चुहावट नियन्त्रणमा उल्लेख्य प्रगति हासिल गर्दै लक्ष्य भेटाएको हो।

#चुहावट #लक्ष्य #नियन्त्रण
Compare →
Hamro Patro News
1h ago
विद्युत् चुहावट घटेर १२ प्रतिशतमा झर्‍यो, लक्ष्यभन्दा राम्रो प्रगति

विद्युत् चुहावट घटेर १२ प्रतिशतमा झर्‍यो, लक्ष्यभन्दा राम्रो प्रगति

काठमाडौँ- नेपालमा विद्युत् चुहावट घटेर १२.१६ प्रतिशतमा झरेको छ। आर्थिक वर्ष २०८२/८३ मा सरकारले लिएको १२.२० प्रतिशतको लक्ष्यभन्दा कम चुहावट कायम भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ। ...

#चुहावट #विद्युत् #विद्युत
Compare →

Related Stories

Business & Economy
Build #2625