Trending
Prev Story
Next Story

लन टेनिस महिला सिङ्गलतर्फ आर्मी–एपीएफ र गण्डकी–बागमती बीच प्रतिस्पर्धा हुँदै

Ekantipur •
November 25, 2026 • 11:02 AM
7
7 reads 0 reactions

बुधबारका १५ खेलमध्ये आठ खेल सकिएका छन् भने पुरुष डबल्समा सशस्त्र, गण्डकी, प्रहरीलगायत टोलीले जित निकालेका छन्।

लन टेनिस महिला सिङ्गलतर्फ आर्मी–एपीएफ र गण्डकी–बागमती बीच प्रतिस्पर्धा हुँदै

बुधबारका १५ खेलमध्ये आठ खेल सकिएका छन् भने पुरुष डबल्समा सशस्त्र, गण्डकी, प्रहरीलगायत टोलीले जित निकालेका छन्।

बर्दिया — लन टेनिस प्रतियोगिताको महिला सिङ्गल तर्फ विभागीय नेपाल आर्मी र सशस्त्र बीच प्रतिस्पर्धा भइरहेको छ ।

नेपाल आर्मीकी शिवली गुरुङ र सशस्त्रकी भगवती बिक बीच प्रतिस्पर्धा भइरहेको छ । यस्तै अर्को कोर्टमा गण्डकी आरुषी तुलाचन र बागमतीकी प्रज्ना मानन्धर बीच प्रतिस्पर्धा भइरहेको लन टेनिस प्रतियोगिताका सहायक निर्णायक सूर्यभूषण बज्राचार्यले जानकारी दिए । बुधबार १५ खेल हुनेमा यसअघि पुरुष डबल र महिला सिङ्गलका ८ खेल भइसकेको उनले जनाए ।

दोस्रो दिनको पहिलो महिला सिङ्गल खेल सशस्त्रकी समृद्धि महर्जन र गण्डकीकी शालवी शेरचन बीच भएको थियो । सशस्त्रकी समृद्धिले गण्डकीकी शालवीलाई ६–३, १–६, ६–३ स्कोरले पराजित गरेकी छन् । यस्तै पुरुष डबलतर्फ सशस्त्रका सन्तोष खत्री, सक्षमबहादुर शाहले गण्डकीका शाश्वत बज्राचार्य, अनिल शाहलाई ७–६, ७–१, ६–४ स्कोरले पराजित गरेका छन् । सुदूरपश्चिमका माधवसिंह बिष्ट, रमेशसिंह डाँगाले लुम्बिनीका विष्णु चापागाईं, सुमन थारुलाई ६–४, ६–३ स्कोरले पराजित गरेका छन् ।

नेपाल प्रहरीका निहाल जंग थापा, दर्शिल श्रेष्ठले बागमतीका गगन महर्जन, निश्चल कायस्थलाई ६–३, ६–२ स्कोरले पराजित गरेका छन् । यस्तै गण्डकीका प्रदिप खड्का, करणबहादुर थापाले आर्मीका कुमार तामाङ, नकुल थापालाई ६–०, ६–२ स्कोरले पराजित गरेका छन् ।

एनआरएनका असभ सम्राट हडा, दाबा शेर्पाले लुम्बिनीका हिमाल शाह, मेघेन्द्र गिरीलाई ३–६, ६–१, १०–५ स्कोरले पराजित गरेका छन् । सशस्त्रका देवाशिष रेउले, सुमन लामाले एनआरएनका अन्जोन लामा, रेन्जेन लामालाई ६–४,७–६ स्कोरले पराजित गरेका छन् । बागमतीका निशान श्रेष्ठ, प्रितम परियारले सुदूरपश्चिमका दिलिप गुप्ता, अशोक थापालाई ६–१, ६–१ स्कोरले पराजित गरेका छन् । बाँकी खेल भइरहेको जनाइएको छ ।

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
8h ago
दशौं राष्ट्रिय खेलकुद : फुटबलमा आर्मीको विजयी सुरुवात

दशौं राष्ट्रिय खेलकुद : फुटबलमा आर्मीको विजयी सुरुवात

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलतर्फ बुधबारको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेको छ।

#आर्मी
Compare →
Hamro Patro News
2d ago
आजको मौसम : कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

आजको मौसम : कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं- देशमा हाल कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहेको छ भने देश...

#गण्डकी
Compare →
Onlinekhabar
5d ago
१०औं राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा आर्मीको विजयी सुरुवात

१०औं राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा आर्मीको विजयी सुरुवात

९ मंसिर, सुर्खेत । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलतर्फ त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ । बुधबारको भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई ३-० गोलले पराजित गर्दै विजयी सुरुवात गरेको हो । खेलको …

#आर्मी
Compare →

Related Stories

Sports
Build #2625