आज महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, पौडी र टेनिसका खेल सञ्चालन हुनेछन्।
सुर्खेत — दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बुधबार पाँच खेल विधामा प्रतिस्पर्धा हुँदैछ। आज महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, पौडी र टेनिसका खेल सञ्चालन हुनेछन्। बास्केटबलतर्फ फुल कोर्ट र थ्री एक्स थ्री गरी दुई फरक स्वरूपमा प्रतिस्पर्धा हुनेछ।
महिला क्रिकेटतर्फ वीरेन्द्रनगरस्थित क्रिकेट मैदानमा दुई खेल हुनेछन्। बिहान ९- ३० बजे बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश तथा दिउँसो १-१५ बजे कोशी प्रदेश र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।
पुरुष फुटबलतर्फ बिहान ९ बजे नेपाली सेना र लुम्बिनी प्रदेश तथा दिउँसो २-३० बजे कोशी प्रदेश र बागमती प्रदेशबीच खेल हुनेछ।
महिला बास्केटबलतर्फ फुल कोर्ट र थ्री एक्स थ्री गरी चार खेल हुनेछन्। फुल कोर्टतर्फ बिहान ९ बजे नेपाल पुलिस र कर्णाली प्रदेश तथा १० बजे मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। थ्री एक्स थ्रीतर्फ दिउँसो १२-१० बजे नेपाली सेना र एपीएफ तथा १२- ३० बजे मधेश प्रदेश र बागमती प्रदेशबीच खेल हुनेछ।
पौडीतर्फ महिला, पुरुष र मिश्रित गरी ११ इभेन्टमा प्रतिस्पर्धा हुनेछ। टेनिसतर्फ बर्दियाको गुलरियामा महिला एकल, पुरुष डबल्स र मिक्स डबल्सका १५ खेल हुनेछन्।
ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।