Trending
Prev Story
Next Story

नसालु पदार्थ खुवाएर लुटपाट गर्ने गिरोहका चार जना कापक्राउ

Ekantipur •
November 25, 2026 • 11:02 AM
7
7 reads 0 reactions

काभ्रेको बनेपा, पनौती र नमोबुद्धमा भएका चार घटनाको अनुसन्धानपछि लुटपाटमा संलग्न तथा चोरीको सुन कारोबार गर्ने व्यक्ति पक्राउ परेका हुन्।

नसालु पदार्थ खुवाएर लुटपाट गर्ने गिरोहका चार जना कापक्राउ

काभ्रेको बनेपा, पनौती र नमोबुद्धमा भएका चार घटनाको अनुसन्धानपछि लुटपाटमा संलग्न तथा चोरीको सुन कारोबार गर्ने व्यक्ति पक्राउ परेका हुन्।

काभ्रे — सर्वसाधारणलाई खानेकुरामा नसालु पदार्थ मिसाएर बेहोस बनाई गरगहना तथा नगद लुटपाट गर्ने समूहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

काभ्रेको बनेपा, पनौती र नमोबुद्धमा भएका चारवटा लुटपाटका घटनाको अनुसन्धानका क्रममा लुटपाटमा संलग्नदेखि चोरीको सुन खरिद तथा कारोबार गर्ने व्यक्तिसम्म पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार पक्राउ पर्नेमा ओखलढुंगाको चम्पादेवी गाउँपालिका–१ घर भई बनेपा–५ बस्ने ५० वर्षीया सङ्गीता तामाङ (कार्की), धुलिखेल–२ घर भई बनेपा–७ बस्ने ३८ वर्षीय बिर्खबहादुर तामाङ, दोलखाको बिगु–४ घर भई भक्तपुरको मध्यपुर थिमी–४ बस्ने ४६ वर्षीय नवराज घिमिरे विक र नमोबुद्ध–२ घर भई बनेपा–७ बस्ने ३२ वर्षीय प्रविन सुनुवार छन्।

जिल्ला प्रहरी काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार सङ्गीता र बिर्खबहादुरले सर्वसाधारणलाई खानेकुरा तथा दूधमा नसालु पदार्थ मिसाएर खुवाउने र बेहोस भएपछि गरगहना, नगद तथा मोबाइल लुट्ने गरेका थिए। लुटिएका गरगहना नवराज र प्रविनमार्फत विभिन्न सुनचाँदी पसलमा बिना रसिद बिक्री गर्ने तथा स्वरूप परिवर्तन गरेर कारोबार गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।

प्रहरीले सङ्गीतालाई २०८३ कात्तिक १५ गते बनेपाको चारदोबाटोबाट पक्राउ गरेको थियो। अन्य तीन जनालाई पनि विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई अनुसन्धान पूरा गरी अभियोजनका लागि जिल्ला सरकारी वकिल कार्यालयमा पेस गरिएको छ।

उनका अनुसार २०८३ जेठ १० गते बनेपा–४ मा बस्दै आएका ७० वर्षीया हिरामाया जिम्बा र उनका ७४ वर्षीय श्रीमान् हस्तबहादुर जिम्बालाई दूधमा नसालु पदार्थ मिसाएर खुवाइएको थियो। उनीहरू बेहोस भएपछि घरबाट दुई थान सुनको रिङ र एक थान तिलहरी लुटिएको थियो।

भदौ २३ गते नमोबुद्ध–११ की ६७ वर्षीया पञ्चमाया तामाङलाई खानेकुरामा नसालु पदार्थ मिसाएर खुवाई बेहोस बनाएपछि कानमा लगाएको सुनको रिङ लुटिएको थियो। भदौ २४ गते बनेपा–६ की ५४ वर्षीया गङ्गा बहादुर गुरुङको साथबाट ८ हजार रुपैयाँ र चारवटा राडी लुटिएको थियो। उनी बेहोस अवस्थामा फेला परेपछि शिर मेमोरियल अस्पतालको आईसीयूमा चार दिन उपचार गरिएको थियो। त्यस्तै, भदौ २८ गते बनेपा–३ मा बस्दै आएका ५१ वर्षीय हेमबहादुर बस्नेतको साथबाट सुनको सिक्री, औँठी, बाला र मोबाइल लुटिएको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा गङ्गा गुरुङ र हिरामाया जिम्बाको साथबाट लुटिएका गरगहना भक्तपुरको मध्यपुर थिमी–४ चारदोबाटोस्थित जय शिवशक्ति सुनचाँदी ज्वेलर्सका सञ्चालक नवराज घिमिरे विकलाई बिक्री गरेको खुलेको छ। त्यस्तै, पञ्चमाया तामाङको सुनको गरगहना प्रविन सुनुवारले धुलिखेल–५ स्थित गणेश सुनचाँदी पसलका सञ्चालकलाई बिना रसिद बिक्री गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

प्रहरीले नवराजको पसलबाट स्वरूप परिवर्तन गरी ढिक्का बनाइएको अवस्थामा सुनजस्तो देखिने धातुका चार टुक्रा बरामद गरेको छ। ती टुक्राको तौल क्रमशः १२.२, ४२.७, २६.५ र १९.१ लाल छ। प्रविनको पसलबाट ११.६८ ग्राम तौलको सुनजस्तो देखिने धातुको एउटा रिङ पनि बरामद गरिएको छ।

प्रहरीले सङ्गीताको साथ तथा कोठाबाट तीन ग्राम सेतो धुलो पदार्थ, दुई थान कीप्याड मोबाइल, एक थान भिभो मोबाइल, राडी, कुर्थी, सल, ज्याकेट र जुत्तालगायतका सामग्री बरामद गरेको जनाएको छ। उनका अनुसार सङ्गीता र बिर्खबहादुर भदौ ३१ गते काठमाडौं महानगरपालिका–६ तिनचुलीकी काञ्छी तामाङलाई नसालु पदार्थ सेवन गराई बेहोस बनाएर सुन तथा नगद चोरी गरेको घटनामा समेत संलग्न रहेको खुलेको छ। उनीहरूविरुद्ध यसअघि पनि चोरी तथा डाँकासम्बन्धी मुद्दा चलेको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूले अन्य स्थानमा समेत यस्तै प्रकृतिका घटना गराएको हुन सक्ने आशंका गर्दै प्रहरीले पीडितहरूलाई जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
5d ago
नसालु पदार्थ खुवाएर बेहोस बनाउँदै लुटपाटमा संलग्न गिरोह प्रहरी फन्दामा

नसालु पदार्थ खुवाएर बेहोस बनाउँदै लुटपाटमा संलग्न गिरोह प्रहरी फन्दामा

९ मंसिर, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा तथा आसपासका क्षेत्रमा सर्वसाधारणलाई नसालु पदार्थ मिसाइएको खानेकुरा खुवाएर बेहोस बनाइ सुनका गरगहना, मोबाइल तथा नगद लुटपाट गर्ने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले गिरोह नै पक्राउ गरेको छ । जिल्ला …

#लुटपाट #बनेपा #नसालु
Compare →
Hamro Patro News
1w ago
बनेपामा दुईवटा बस ठोक्किँदा २५ जना घाइते

बनेपामा दुईवटा बस ठोक्किँदा २५ जना घाइते

काभ्रेको बनेपा नगरपालिका–६ बुडोल डाँडामा दुईवटा बस ठोक्किँदा २५ जना घाइते भएका छन् । बिहीबार बिहान करिब ११:४० बजे धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको बा ५ ख २९७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेक...

#काभ्रे #बनेपा
Compare →
Nagarik News
2w ago
डलर ठगी तथा लुटपाटमा संलग्न पक्राउ

डलर ठगी तथा लुटपाटमा संलग्न पक्राउ

प्रहरीले डलर ठगी तथा लुटपाटमा संलग्न रहेको आरोपमा एक जनालाई गोली प्रहार गरी पक्राउ गरेको छ।

#लुटपाट
Compare →

Related Stories

National (Nepal)
Build #2625