Trending
Prev Story
Next Story

काठमाडौंका सुकुमवासीलाई सरकारले भन्यो- शनिबारसम्म होल्डिङ सेन्टर खाली गर्नू

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
6
6 reads 0 reactions

९ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारका बस्ती हटाएपछि होल्डिङ सेन्टरमा व्यवस्थापन गरिएका सुकुमवासीहरूलाई सरकारले शनिबारसम्मको मिति दिएर होल्डिङ सेन्टर खाली गर्न भनेको छ । बुधबार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट भक्तपुरस्थित कृषि विकास बैंकको तालिम …

काठमाडौंका सुकुमवासीलाई सरकारले भन्यो- शनिबारसम्म होल्डिङ सेन्टर खाली गर्नू

९ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारका बस्ती हटाएपछि होल्डिङ सेन्टरमा व्यवस्थापन गरिएका सुकुमवासीहरूलाई सरकारले शनिबारसम्मको मिति दिएर होल्डिङ सेन्टर खाली गर्न भनेको छ ।

बुधबार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट भक्तपुरस्थित कृषि विकास बैंकको तालिम केन्द्र (बोडे)मा व्यवस्थापन गरिएकाहरूको हकमा सरकारले शनिबारसम्मको म्याद दिएको हो ।

बुधबार दिउँसो जिल्ला प्रशासन कार्यालय, भक्तपुरबाट आएको एक टोलीले उक्त होल्डिङ सेन्टरमा सूचना टाँसेर यस्तो जानकारी दिएको छ ।

प्रशासनको सूचनाअनुसार बोडेमा बसोबास गर्ने सात परिवारको नाममा जग्गा भएको फेला परेको बताइएको छ ।

उक्त सूचनामा भनिएको छ, ‘भूमि समस्या समाधान समिति, काठमाडौंको च.न. ४८ मिति २०८३/५/९ को प्राप्त पत्र अनुसार काठमाडौं उपत्यका नदी किनारका जोखिमयुक्त बस्तीमा रहेका परिवारहरू विस्थापित भई कृषि विकास बैंकको तालिम केन्द्र, बोडेमा रहेका तपसिलमा उल्लेख भएका घरमूली वा निजका परिवारका सदस्यहरूको नाममा भूमि व्यवस्थापन तथा अभिलेख विभाग तथा स्थानीय पालिकाबाट प्राप्त विवरण अनुसार जग्गा रहेको देखिएकाले भूमि सम्बन्धी ऐन, २०२१ को दफा ५२क र ५२ख अनुसार भूमिहीन नरहने भएका ७ (सात) परिवार होल्डिङ सेन्टर खाली गर्नू ।’

यस्तै, सूचनाले जग्गा नदिएको हकमा पनि बोलेको छ ।

हुनेको हकमा भनिएको छ, ‘जग्गा नभएका १२ (बाह्र) परिवारको हकमा सम्बन्धित पालिकाको जग्गा उपलब्ध गराउने प्रयोजनको लागि कारवाही अगाडि बढी निस्सासमेत प्राप्त भएको हुँदा सोको निस्सा लिन भई यस होल्डिङ सेन्टरमा रहेका उपरोक्तानुसार भूमिहीन नरहने भएका र जग्गा खोजिएका सम्पूर्ण व्यक्तिहरूलाई यही मिति २०८३/०५/११ गते १६:०० बजेभित्र होल्डिङ सेन्टर खाली गर्नु हुन सूचित गरिन्छ। जग्गा नभएका परिवारहरूको हकमा नेपाल सरकारले घरभाडा खर्च उपलब्ध गराएको सुविधा समेत बुझिलिन हुन अनुरोध छ ।’

उक्त सेन्टरमा हाल ५९ जना बसिरहेका छन् । तीनैमध्ये त्यहाँ बसिरहेका सञ्जय चौधरी भने सरकारको यस्तो सूचना आफूहरू नमान्ने बताउँछन् ।

उनकाअनुसार गत बिहीबार पनि जिल्ला प्रशासन कार्यालय, भक्तपुरबाट एक टोली आएर उनीहरूलाई मौखिक रूपमा खाली गर्न जानकारी गराएका थिए ।

‘जहाँ मन लाग्यो त्यहीँ जग्गा दिएर हुन्छ ? मैले त की हामीलाई जहाँबाट ल्याएको हो त्यहीँ लगिदिनुपर्‍यो । कि त त्यतै वरिपरि जग्गा दिनुपर्‍यो,’ चौधरीले अनलाइनखबरसँग भने, ‘हामीले घरभाडा पनि नलिने भनेका छौं । सूचना टाँसेपनि यहाँबाट जाँदैनौं भनेका छौं ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
2h ago
शनिबारसम्म होल्डिङ सेन्टर खाली गर्न सुकुम्बासीलाई सरकारको उर्दी

शनिबारसम्म होल्डिङ सेन्टर खाली गर्न सुकुम्बासीलाई सरकारको उर्दी

शनिबारसम्म बोडे होल्डिङ सेन्टर खाली गर्न सुकुम्बासीलाई सरकारको निर्देशनशनिबारसम्म बोडे होल्डिङ सेन्टर खाली गर्न सुकुम्बासीलाई सरकारको निर्देशन

#होल्डिङ #सेन्टर #शनिबारसम्म
Compare →
Ekantipur
1h ago
बोडे होल्डिङ सेन्टरका १९ विस्थापित परिवारलाई शुक्रबारसम्म खाली गर्न निर्देशन

बोडे होल्डिङ सेन्टरका १९ विस्थापित परिवारलाई शुक्रबारसम्म खाली गर्न निर्देशन

वैकल्पिक व्यवस्था र पुनःस्थापनाको टुंगो नलगाई भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका १९ परिवारलाई ११ मंसिरभित्र सेन्टर छाड्न जिल्ला प्रशासन कार्यालयको निर्देशन ।

#होल्डिङ #सेन्टर #खाली
Compare →
Hamro Patro News
1d ago
उपत्यकामा प्रदूषण जाँचमा परेका ३० प्रतिशतभन्दा बढी सवारीसाधन मापदण्डविपरीत

उपत्यकामा प्रदूषण जाँचमा परेका ३० प्रतिशतभन्दा बढी सवारीसाधन मापदण्डविपरीत

काठमाडौँ– काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्दै गएपछि सवारीसाधनबाट निस्कने धुवाँ नियन्त्रणका लागि अनुगमन तीव्र पारिएको छ । वातावरण विभाग र ट्राफिक प्रहरीले गरेको छड्के अनुगमनका क्रममा परीक्षण गरिएक...

#काठमाडौं #उपत्यका
Compare →

Related Stories

National (Nepal)
Build #2625