Trending
Prev Story
Next Story

अयोध्याबाट आएको रेललाई जनकपुरमा भव्य स्वागत (तस्वीरहरू)

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
14
14 reads 0 reactions

८ मंसिर, काठमाडौं । भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू कमला एक्सप्रेस रेल आज बिहान जनकपुरधाम आइपुगेको छ । जनकपुरधाम आइपुगेको रेल तथा त्यसमा सवार तीर्थयात्रीलाई सरकारी तथा सर्वसाधारहरूले नेपाल र भारतको राष्ट्रिय झण्डा …

अयोध्याबाट आएको रेललाई जनकपुरमा भव्य स्वागत (तस्वीरहरू)

८ मंसिर, काठमाडौं । भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू कमला एक्सप्रेस रेल आज बिहान जनकपुरधाम आइपुगेको छ । जनकपुरधाम आइपुगेको रेल तथा त्यसमा सवार तीर्थयात्रीलाई सरकारी तथा सर्वसाधारहरूले नेपाल र भारतको राष्ट्रिय झण्डा बोकेर स्वागत गरे । तीर्थयात्रीहरूलाई स्वागतमा बसेकाहरूलाई फूलमाला लगाइदिएका थिए ।

राजकीय भारत भ्रमणका क्रममा प्रधानमन्त्री बालेन शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले भारतको नयाँ दिल्लीबाट सोमबार झन्डा देखाएपछि यो रेल अयोध्याबाट जनकपुरका लागि हिँडेको थियो । नेपाल–भारत रोटीबेटीका मूल सम्बन्ध रहेको धार्मिक स्थल जोड्ने उद्देश्यका साथ जनकपुरधाम–अयोध्या रेलसेवा सुरु गरिएको हो ।

यो रेल सेवा दुई देशको रोटीबेटी सम्बन्धलाई थप बलियोसँगै धार्मिक तथा सांस्कृतिक तीर्थाटनमा ठूलो टेवा पुग्ने विश्वास छ । अयोध्या अर्थात् भगवान रामको जन्मभूमि र आदर्शनारी जानकीको ससुराल हो भने जनकपुरधाम जानकीको माइत र रामको ससुराल। यसले त्रेताकालीन सम्बन्धलाई प्रगाढ बनाउने विश्वास लिइएको छ।

नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार अयोध्याबाट जनकपुरधाम आइपुगेको रेल तथा त्यसमा सवार तीर्थयात्रीहरूलाई रेल्वे स्टेशनका साथसाथै ठाउँठाउँमा स्वागत गरिएको छ । सरयू कमला एक्सप्रेसको १७ डब्बामा एक हजार बढी तीर्थ यात्री जनकपुर आइपुगेको अनुमान उनको छ ।

‘रेल्वे स्टेशनमा रेल र आउनु हुने तीर्थयात्रीलाई जनकपुरधाम बासीसहित हामीले भव्य रूपमा स्वागत गरेका छौं । त्यसका लागि विभिन्न प्रबन्धसँगै यहाँ सांस्कृतिक कार्यक्रम पनि राखेका छौं’ उनले अनलाइखबरसँग भने । उनका अनुसार यहाँ स्वागत सत्कार पश्चात तीर्थयात्रीहरू जानकी मन्दिर लगायतमा पूजाआजा तथा दर्शन गर्ने छन् । जानकी मन्दिरका सहायक महन्त रामरोशन दासका अनुसार यहाँ आउने पर्यटकहरूलाई दर्शन पूजाको व्यवस्था गरिएको छ । मन्दिरमा हुनेहरूलाई स्वागत समेत गरिने उनको भनाइ छ ।

‘अयोध्याबाट आउनु हुने श्रद्धालुहरूलाई जानकी मन्दिरमा दर्शन पूजाको व्यवस्थापनमा हामी जुटेका छौं । उहाँहरूलाई हामीले स्वागत पनि गर्छौं,’ उनले भने । केही मन्दिरहरू घुमेर तीर्थयात्रीहरू पुन: साढे १२ बजेसम्म रेल्वे स्टेशनमा फर्किनु पर्ने छन्। तीथ यात्रीलाई स्टेशनमा खाजा खुवाएर पुन: उनीहरूलाई बिदाइ गर्ने तालिका रहेको सञ्चालक प्रबन्धक पराजुलीले बताए । ‘रेल दिउँसो १ बजेसम्म फर्किने समय तालिका छ । तीन घण्टाको अवधिमा यात्रुहरू जति सक्नु हुन्छ उहाँहरू जनकपुरधामको अवलोकन गरेर फेरि फर्किनुपर्ने हुन्छ,’ उनले भने । जनकपुरधाम रेल वे स्टेशनका साथै जानकी मन्दिर क्षेत्रको सुरक्षा व्यवस्था समेत कडा पारिएको छ ।

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
1d ago
अयोध्याबाट आएको तीर्थयात्री बोकेको रेल जनकपुरधाम पुग्यो

अयोध्याबाट आएको तीर्थयात्री बोकेको रेल जनकपुरधाम पुग्यो

जनकपुर । भारतको अयोध्याबाट सोमबार छुटेको सरयू–कमला एक्सप्रेस रेल आज बिहान जनकपुरधाम आइपुगेको छ। रेलमा एक हजारभन्दा बढी...

#भारत #रेल #अयोध्या
Compare →
Ekantipur
1d ago
अयोध्याबाट जनकपुर आइपुग्यो रेल, भव्य स्वागतका १० तस्बिर

अयोध्याबाट जनकपुर आइपुग्यो रेल, भव्य स्वागतका १० तस्बिर

नयाँदिल्लीस्थित हैदराबाद भवनमा नेपाल र भारतका प्रधानमन्त्रीले अयोध्या–जनकपुर चल्ने रेलको उद्घाटन गरेका थिए । मधेशका मुख्यमन्त्री सरोजकुमार यादव लगायतले रेलबाट आएका यात्रुको आज बिहान स्वागत गरेका छन् ।

#रेल #अयोध्या #स्वागत
Compare →
Nagarik News
1d ago
भारतको अयोध्याबाट छुटेको रेल जनकपुर आइपुग्यो

भारतको अयोध्याबाट छुटेको रेल जनकपुर आइपुग्यो

भारतको अयोध्याबाट सोमबार दिउँसो छुटेको रेल जनकपुरधाम आइपुगेको छ।

#भारत #रेल #अयोध्या
Compare →
Hamro Patro News
1d ago
बालेन-मोदीले शुभारम्भ गरेको रेल अयोध्याबाट जनकपुर आइपुग्यो

बालेन-मोदीले शुभारम्भ गरेको रेल अयोध्याबाट जनकपुर आइपुग्यो

जनकपुरधाम । भारतको अयोध्याबाट सोमबार हिँडेको सरयू–कमला एक्सप्रेस आज बिहान जनकपुरधाम आइपुगेको छ । रेलमा आएका यात्रु र भारतका प्रतिनिधिलाई मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव र संघीय श्रम मन्...

#भारत #रेल #अयोध्या
Compare →

Related Stories

Technology
Build #2625