Trending
Prev Story
Next Story

अयोध्याबाट जनकपुर आइपुग्यो रेल, भव्य स्वागतका १० तस्बिर

Ekantipur •
November 24, 2026 • 05:03 AM
14
14 reads 0 reactions

नयाँदिल्लीस्थित हैदराबाद भवनमा नेपाल र भारतका प्रधानमन्त्रीले अयोध्या–जनकपुर चल्ने रेलको उद्घाटन गरेका थिए । मधेशका मुख्यमन्त्री सरोजकुमार यादव लगायतले रेलबाट आएका यात्रुको आज बिहान स्वागत गरेका छन् ।

अयोध्याबाट जनकपुर आइपुग्यो रेल, भव्य स्वागतका १० तस्बिर

नयाँदिल्लीस्थित हैदराबाद भवनमा नेपाल र भारतका प्रधानमन्त्रीले अयोध्या–जनकपुर चल्ने रेलको उद्घाटन गरेका थिए । मधेशका मुख्यमन्त्री सरोजकुमार यादव लगायतले रेलबाट आएका यात्रुको आज बिहान स्वागत गरेका छन् ।

अयोध्याबाट करिब १ हजार यात्रु बोकेर सरयू–कमला एक्सप्रेस रेल जनकपुर आइपुगेको छ । जनकपुर रेल्वे स्टेसनमा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव लगायतले रेलबाट आएका यात्रुको स्वागत गरेका छन् ।

नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट नेपाल र भारतका प्रधानमन्त्रीले सोमबार हरियो झन्डा देखाएपछि उत्तर प्रदेशको अयोध्यास्थित क्यान्ट स्टेसनबाट जनकपुरका लागि रेल गुडेको थियो । भिडिओ कन्फरेन्समा रहेका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले ताली बजाउँदै सोमबार दिउँसो १ बजेर ४५ मिनेटमा बिदाइ गरेका थिए ।

भारत सरकारकै सहयोगमा सीमावर्ती सहर जयनगरदेखि जनकपुर हुँदै महोत्तरीको भंगहासम्म ब्रोडगेज रेल्वे लाइन ओछ्याइएको छ । नेपालले आफै निर्माण गरिरहेको पूर्व–पश्चिम रेलमार्गसँग जोड्न त्यो ब्रोडगेजलाई बर्दिवाससम्म बिस्तार गरिँदै छ । ब्रोडगेजमा हाल नेपाल सरकारले आफ्नै दुईवटा आधुनिक रेल इञ्जिन दैनिक तीन पटक जयनगर–जनकपुर–भगहासम्म यात्रुवाहक सेवा सञ्चालन गरिरहेको छ । कात्तिकको दोस्रो साता अयोध्याबाट आएको रेललाई जनकपुरसम्म ल्याएर परिक्षण गरिएको थियो ।

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
22h ago
अयोध्या–जनकपुर रेल सञ्चालनले धार्मिक र सांस्कृतिक पर्यटनमा बढोत्तरी हुन्छ : श्रममन्त्री यादव

अयोध्या–जनकपुर रेल सञ्चालनले धार्मिक र सांस्कृतिक पर्यटनमा बढोत्तरी हुन्छ : श्रममन्त्री यादव

नेपाल सरकारका युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अयोध्या–जनकपुर रेल सञ्चालनले धार्मिक र सांस्कृतिक पर्यटनमा बढोत्तरी हुने बताउनुभएको छ । नेपाल रेल्वेद्धारा अयोध्याधामबाट मङ्गलबार जनकपुरधाम...

#रेल #जनकपुर #अयोध्या
Compare →
Nagarik News
2d ago
जनकपुर–अयोध्या रेलले धार्मिक पर्यटन र सांस्कृतिक सम्बन्ध विस्तार गर्ने आदित्यनाथको विश्वास

जनकपुर–अयोध्या रेलले धार्मिक पर्यटन र सांस्कृतिक सम्बन्ध विस्तार गर्ने आदित्यनाथको विश्वास

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार संयुक्त रूपमा जनकपुर–अयोध्या रेल सेवाको उद्घाटन गरेपछि आदित्यनाथले यस्तो प्रतिक्रिया दिएका हुन्।

#रेल #जनकपुर #अयोध्या
Compare →
Bizshala
1d ago
अयोध्याबाट आएको तीर्थयात्री बोकेको रेल जनकपुरधाम पुग्यो

अयोध्याबाट आएको तीर्थयात्री बोकेको रेल जनकपुरधाम पुग्यो

जनकपुर । भारतको अयोध्याबाट सोमबार छुटेको सरयू–कमला एक्सप्रेस रेल आज बिहान जनकपुरधाम आइपुगेको छ। रेलमा एक हजारभन्दा बढी...

#रेल #अयोध्या #जनकपुर
Compare →
Arthasansar
2d ago
जनकपुरधाम–अयोध्या रेल सेवा सुरु, बालेन र मोदीले गरे संयुक्त उद्घाटन

जनकपुरधाम–अयोध्या रेल सेवा सुरु, बालेन र मोदीले गरे संयुक्त उद्घाटन

नेपालको जनकपुरधाम र भारतको अयोध्याबीच धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यसहित आजबाट जनकपुरधाम–अयोध्या विशेष रेल सेवाको सुरु...

#रेल #अयोध्या #जनकपुर
Compare →

Related Stories

Politics & Governance
Build #2625