Trending
Prev Story
Next Story

जनकपुर–अयोध्या रेलले धार्मिक पर्यटन र सांस्कृतिक सम्बन्ध विस्तार गर्ने आदित्यनाथको विश्वास

Nagarik News •
November 23, 2026 • 10:17 AM
4
4 reads 0 reactions

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार संयुक्त रूपमा जनकपुर–अयोध्या रेल सेवाको उद्घाटन गरेपछि आदित्यनाथले यस्तो प्रतिक्रिया दिएका हुन्।

जनकपुर–अयोध्या रेलले धार्मिक पर्यटन र सांस्कृतिक सम्बन्ध विस्तार गर्ने आदित्यनाथको विश्वास

उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनकपुर र अयोध्यालाई रेल सेवामार्फत जोडिनु नेपाल–भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन्।

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार संयुक्त रूपमा जनकपुर–अयोध्या रेल सेवाको उद्घाटन गरेपछि आदित्यनाथले यस्तो प्रतिक्रिया दिएका हुन्।

जनकपुरका लागि रेललाई बिदाइ गर्न आयोजित कार्यक्रममा उनले नयाँ रेल सेवाले दुई देशबीचको ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे। उनले यस पहलका लागि भारतीय प्रधानमन्त्री मोदीप्रति आभारसमेत प्रकट गरे।

आदित्यनाथका अनुसार सरयू–कमला एक्सप्रेस रेल सेवा भारतको अयोध्यास्थित सरयू नदीको धार्मिक महत्त्व र नेपालको जनकपुरस्थित माता जानकीको पवित्र भूमिलाई जोड्ने माध्यम बनेको छ।

उनले अयोध्या र जनकपुरलाई दुई देशको साझा धार्मिक तथा सांस्कृतिक सम्पदाका रूपमा व्याख्या गर्दै रेल सेवाले तीर्थयात्रीको आवागमन सहज बनाउनुका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने बताए।

उनका अनुसार सरयू–कमला एक्सप्रेस केवल यातायातको साधन मात्र नभई नेपाल र भारतबीचको ऐतिहासिक मित्रता, साझा आस्था र सांस्कृतिक एकताको प्रतीक पनि हो।

नयाँ रेल सेवाले धार्मिक पर्यटनसँगै दुई देशका नागरिकबीचको सांस्कृतिक आदानप्रदान र आपसी सम्बन्ध विस्तारमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित: ७ मंसिर २०८३ १६:०२ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
‘अयोध्या-जनकपुरधाम रेल सेवा पर्यटन र व्यवसायका लागि ठूलो अवसर’

‘अयोध्या-जनकपुरधाम रेल सेवा पर्यटन र व्यवसायका लागि ठूलो अवसर’

जनकपुर । भारतको अयोध्यादेखि धनुषाको जनकपुरधामसम्म रेल सेवा सुरु हुन लागेको छ । भोलि ७ गते भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त रुपमा अयोध्यादेखि जनकपु...

#बालेन-शाह #रेल #अयोध्या
Compare →
Bizshala
3h ago
जनकपुर–अयोध्या सिधा रेल सेवा सुरु, बालेन र मोदीले गरे संयुक्त उद्घाटन

जनकपुर–अयोध्या सिधा रेल सेवा सुरु, बालेन र मोदीले गरे संयुक्त उद्घाटन

काठमाण्डौ । नेपाल र भारतका दुई महत्वपूर्ण धार्मिक नगरी जनकपुरधाम र अयोध्याबीच सिधा रेल सेवा सञ्चालनमा आएको छ।...

#बालेन-शाह #रेल #अयोध्या
Compare →
Arthasansar
4h ago
जनकपुरधाम–अयोध्या रेल सेवा सुरु, बालेन र मोदीले गरे संयुक्त उद्घाटन

जनकपुरधाम–अयोध्या रेल सेवा सुरु, बालेन र मोदीले गरे संयुक्त उद्घाटन

नेपालको जनकपुरधाम र भारतको अयोध्याबीच धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यसहित आजबाट जनकपुरधाम–अयोध्या विशेष रेल सेवाको सुरु...

#बालेन-शाह #रेल #अयोध्या
Compare →
Ekantipur
2h ago
अयोध्याबाट हिँडेको सरयू–कमला रेलको जनकपुरमा यसरी हुँदै छ स्वागत [तस्बिरहरू]

अयोध्याबाट हिँडेको सरयू–कमला रेलको जनकपुरमा यसरी हुँदै छ स्वागत [तस्बिरहरू]

प्रत्येक यात्रुलाई फूलमालाले स्वागत गरिने तयारी छ भने हिँड्न सक्ने यात्रुलाई पैदलै स्वागत गर्दै मन्दिरसम्म लगिनेछ भने हिँड्न नसक्ने यात्रुहरूका लागि निःशुल्क गाडीको व्यवस्था पनि गरिएको छ ।

#रेल #अयोध्या #जनकपुर
Compare →

Related Stories

World News
Build #2612