Trending
Prev Story
Next Story

पाँच वर्षदेखि अलपत्र चुहार पुलको निर्माण सुरु, १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य

Nagarik News •
November 23, 2026 • 10:54 AM
4
4 reads 0 reactions

उदयपुर र भोजपुरको सीमास्थित दुधकोशी नदीमा पाँच वर्षदेखि अलपत्र परेको चुहार मोटरेबल पुलको निर्माण कार्य पुनः सुरु हुने भएको छ।

पाँच वर्षदेखि अलपत्र चुहार पुलको निर्माण सुरु, १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य

उदयपुर र भोजपुरको सीमास्थित दुधकोशी नदीमा पाँच वर्षदेखि अलपत्र परेको चुहार मोटरेबल पुलको निर्माण कार्य पुनः सुरु हुने भएको छ। पुलको डिजाइन संशोधन र भेरिएसन स्वीकृत भएपछि निर्माणले गति लिने भएको हो।

प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री जीवन आचार्यले आइतबार प्राविधिक टोलीसहित निर्माणस्थलको अनुगमन गर्दै आगामी १८ महिनाभित्र पुल निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्। निर्माण व्यवसायीसँग २०८४ असार मसान्तसम्म पुल सम्पन्न गरी हस्तान्तरण गर्ने सहमति भएको उनले बताए।

नदीमा बाढीको सतह बढ्ने जोखिमका कारण पुरानो डिजाइनमा एक मिटर उचाइ थपेर नयाँ डिजाइन स्वीकृत गरिएको हो। यससँगै पुलको लागत ४ करोड ८५ लाख २४ हजार रुपैयाँले बढेको छ। प्रदेश पूर्वाधार विकास निर्देशनालयका अनुसार संशोधित लागत २६ करोड ८ लाख ३६ हजार रुपैयाँ पुगेको छ।

१८.९० मिटर लामो र साढे १० मिटर चौडा स्टिल ट्रस पुलको भौतिक प्रगति हालसम्म १९.७० प्रतिशत र वित्तीय प्रगति १९.५० प्रतिशत रहेको छ।

तत्कालीन मुख्यमन्त्री शेरधन राईले २०७७ असोज २६ गते दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित पुलको शिलान्यास गरेका थिए। तर, प्राविधिक समस्या र डिजाइन संशोधनका कारण काम रोकिएको थियो।

उदयपुरको बेलका नगरपालिका–७ मैनामैनी र भोजपुरको हतुवागढी गाउँपालिका–९ हसनपुर जोड्ने पुल नबन्दा दक्षिणी भोजपुरका बासिन्दाले तराईका बजार र प्रदेश राजधानी विराटनगर पुग्न धनकुटा तथा सुनसरी हुँदै लामो बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ। पुल बनेपछि आवागमन र सामान ढुवानी सहज हुने स्थानीयको अपेक्षा छ।

प्रकाशित: ७ मंसिर २०८३ १६:३९ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
2d ago
दुई वर्षदेखि अलपत्र पुलको निर्माण सुरु, श्रेय लिन राजनीतिक दलबिच हानथाप

दुई वर्षदेखि अलपत्र पुलको निर्माण सुरु, श्रेय लिन राजनीतिक दलबिच हानथाप

मदन भण्डारी राजमार्गअन्तर्गत धरान उपमहानगरपालिका-८ स्थित तीनढ्वाङ्गे खहरे खोलामा पुल भत्किएको दुई वर्षपछि नयाँ पुल निर्माण कार्य सुरु भएको छ। त्यति लामो समयपछि अघि बढाइएको पुल निर्माण कार्यको केही...

#पुल #वर्षदेखि #अलपत्र
Compare →
Ekantipur
2d ago
पुलको ठेक्का तोडेको ४ वर्षपछि जब्दीघाटमा नयाँ सम्झौता

पुलको ठेक्का तोडेको ४ वर्षपछि जब्दीघाटमा नयाँ सम्झौता

ठेक्का तोडिएको चार वर्षपछि डिजाइन एन्ड बिल्डअन्तर्गत एमआर ग्रुपले पुलको डिजाइन र निर्माण गर्ने सम्झौता गरेको छ।

#पुल #डिजाइन
Compare →
Arthasansar
4h ago
महाकाली नदिमा बन्ने पुल उद्घाटन, जोडिए असिगडा र छारछुम

महाकाली नदिमा बन्ने पुल उद्घाटन, जोडिए असिगडा र छारछुम

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले महाकाली नदीमाथि बनेको १ सय १० मिटर लम्बाइको मोटरेबल पुल...

#पुल
Compare →
Onlinekhabar
3d ago
महाकाली पुल उद्घाटन, जोडिए असिगडा र छारछुम

महाकाली पुल उद्घाटन, जोडिए असिगडा र छारछुम

७ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले महाकाली नदीमाथि बनेको १ सय १० मिटर लम्बाइको मोटरेबल पुल संयुक्तरूपमा उद्घाटन गरेका छन् । यो पुल दार्चुला महाकाली नगरपालिका-८ असिगडा र …

#पुल
Compare →
Bizshala
4d ago
एसियन क्लियरिङ युनियनको बैठक सम्पन्न, नेपाल राष्ट्र बैंकलाई अध्यक्षता हस्तान्तरण

एसियन क्लियरिङ युनियनको बैठक सम्पन्न, नेपाल राष्ट्र बैंकलाई अध्यक्षता हस्तान्तरण

काठमाडौं । नेपाल राष्ट्र बैंकको आयोजनामा एसियन क्लियरिङ युनियन (एसीयू)को सञ्चालक समितिको ५४औँ बैठक काठमाडौंमा सम्पन्न...

#सम्पन्न
Compare →

Related Stories

Technology
Build #2612