Trending
Prev Story
Next Story

‘होम एन्ड अवे’ खेलका लागि रंगशाला निर्माणको गृहकार्य तीव्र

Ekantipur •
November 23, 2026 • 11:32 AM
4
4 reads 0 reactions

सिंहदरबारस्थित मन्त्रालयमा सोमबार सम्पन्न बैठकमा रंगशाला निर्माणको लगानी मोडेल, लिज प्रक्रिया तथा प्राविधिक मापदण्डका विविध पक्षमाथि विमर्श भएको हो ।

‘होम एन्ड अवे’ खेलका लागि रंगशाला निर्माणको गृहकार्य तीव्र

सिंहदरबारस्थित मन्त्रालयमा सोमबार सम्पन्न बैठकमा रंगशाला निर्माणको लगानी मोडेल, लिज प्रक्रिया तथा प्राविधिक मापदण्डका विविध पक्षमाथि विमर्श भएको हो ।

खेलकुद पूर्वाधार विकास, रंगशाला निर्माण तथा स्तरोन्नति र 'होम एन्ड अवे' प्रणालीमा खेल सञ्चालन गर्ने विषयमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा छलफल भएको छ।

सिंहदरबारस्थित मन्त्रालयमा सोमबार सम्पन्न बैठकमा रंगशाला निर्माणको लगानी मोडेल, लिज प्रक्रिया तथा प्राविधिक मापदण्डका विविध पक्षमाथि विमर्श भएको हो।

छलफलका क्रममा सरकारले सीमित बजेटबाट मैदान सम्याउने (ग्राउन्ड लेभलिङ) सहितको आधारभूत पूर्वाधार तयार गरी सर्तसहित लिजमा हस्तान्तरण गर्ने वा निजी क्षेत्रलाई नै जग्गा लिजमा दिएर पूर्ण निर्माणको जिम्मा दिने विकल्पबारे कुराकानी भएको थियो।

छलफलको क्रममा मन्त्री पोखरेलले सरकार र निजी क्षेत्रको साझेदारीबाटै खेलकुद पूर्वाधार विकासलाई गति दिन सकिने बताए।

'हामीले सीमित बजेटबाटै भए पनि मैदान सम्याउनेजस्ता आधारभूत पूर्वाधार तयार गरिदिएर सरोकारवाला पक्षलाई लिजमा दिन सक्छौँ, जसले गर्दा उहाँहरूलाई स्तरोन्नति गर्न सहज हुन्छ,' मन्त्री पोखरेलले भने, 'फाप्लाको पनि टेन्डर प्रक्रिया अघि बढिसकेको छ। अब यही हप्ताभित्र एनपीएलका सम्बन्धित टिमका सञ्चालकहरूसँग बसेर आधारभूत आवश्यकता बुझ्दै लिज सम्झौताको प्रक्रिया अघि बढाउँछौँ।'

यसैगरी, एनपीएल छैटौँ संस्करणसम्म 'होम एन्ड अवे' ढाँचामा प्रतियोगिता सञ्चालन गर्ने लक्ष्यको व्यावहारिक र प्राविधिक पक्षबारे समेत बैठकमा समीक्षा गरिएको छ।

फुटबलको तुलनामा क्रिकेटमा प्रविधि (रिभ्यु प्रणालीलगायत) महँगो हुने भएकाले आठवटै मैदानमा एकैपटक पूर्ण प्रविधि जडान गर्न चुनौतीपूर्ण रहे पनि ठूला सहरहरूबाट क्रमशः विस्तार गर्दै लैजान सकिने निष्कर्ष निकालिएको छ।

उक्त रंगशाला तथा मैदानहरू ठूला प्रतियोगिताका लागि मात्र नभई दैनिक अभ्यास, एकेडेमी सञ्चालन, स्थानीय लिग र ग्रासरुट तहका खेलकुद गतिविधि विस्तारका लागि समेत महत्त्वपूर्ण हुनेमा जोड दिइएको थियो।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
3d ago
‘होम एन्ड अवे’ खेलका लागि रंगशाला निर्माणको गृहकार्य तीव्र

‘होम एन्ड अवे’ खेलका लागि रंगशाला निर्माणको गृहकार्य तीव्र

०७ मंसिर, काठमाडौँ । खेलकुद पूर्वाधार विकास, रंगशाला निर्माण तथा स्तरोन्नति र 'होम एन्ड अवे' प्रणालीमा खेल सञ्चालन गर्ने विषयमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा छलफल भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा सोमबार सम्पन्न बैठकमा …

#रंगशाला #होम #एन्ड
Compare →
Hamro Patro News
1d ago
आठै एनपिएल क्लबलाई फ्लडलाइटसहितको रंगशाला, छैटौं संस्करणदेखि ‘होम एन्ड अवे’ : प्रधानमन्त्री

आठै एनपिएल क्लबलाई फ्लडलाइटसहितको रंगशाला, छैटौं संस्करणदेखि ‘होम एन्ड अवे’ : प्रधानमन्त्री

प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपिएल) को छैटौं संस्करणदेखि ‘होम एन्ड अवे’ प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने गरी सबै आठवटै क्लबका आफ्नै फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण हुने ...

#रंगशाला #होम #एन्ड
Compare →
Bizshala
1d ago
एनपीएल छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणालीमा खेलाउने घोषणा, आठै क्लबलाई फ्लडलाइटसहितको घरेलु मैदान

एनपीएल छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणालीमा खेलाउने घोषणा, आठै क्लबलाई फ्लडलाइटसहितको घरेलु मैदान

काठमाण्डौ । प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणालीमा...

#होम #एन्ड #अवे
Compare →
Nagarik News
8h ago
कसले बनाउला विराटनगर क्रिकेट रंगशाला?

कसले बनाउला विराटनगर क्रिकेट रंगशाला?

संघ र प्रदेश सरकारको रस्साकसीले लामो समयदेखि अलपत्र परेको विराटनगरको बैजनाथपुरस्थित क्रिकेट रंगशाला कसले बनाउने भन्ने विषय यतिबेला पुनः पेचिलो बनेको छ।

#रंगशाला
Compare →

Related Stories

Sports
Build #2612