Trending
Prev Story
Next Story

रंगशाला बनेपछि मात्र क्रिकेट व्यावसायिक बन्छ : सुभास शाही

Ekantipur •
November 23, 2026 • 12:03 PM
4
4 reads 0 reactions

आठवटै फ्रेन्चाइजका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गर्ने सरकारको घोषणा कति सम्भावनायुक्त छ ? यसले नेपाली क्रिकेटको भविष्य बदल्न सक्छ ? अनि घोषणा र कार्यान्वयन बीचको दूरी कसरी घटाउने ? नेपाली क्रिकेटको विकास, व्यवसायीकरण र पूर्वाधार निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका खेलकुद अभियन्ता सुभास शाहीसँग कान्तिपुर टेलिभिजनका रुपा खड्काले गरेको कुराकानीको सम्पादित अंश :

रंगशाला बनेपछि मात्र क्रिकेट व्यावसायिक बन्छ : सुभास शाही

आठवटै फ्रेन्चाइजका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गर्ने सरकारको घोषणा कति सम्भावनायुक्त छ ? यसले नेपाली क्रिकेटको भविष्य बदल्न सक्छ ? अनि घोषणा र कार्यान्वयन बीचको दूरी कसरी घटाउने ? नेपाली क्रिकेटको विकास, व्यवसायीकरण र पूर्वाधार निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका खेलकुद अभियन्ता सुभास शाहीसँग कान्तिपुर टेलिभिजनका रुपा खड्काले गरेको कुराकानीको सम्पादित अंश :

काठमाडौँ — एनपीएलको छैठौँ संस्करणदेखि होम एन्ड अवे प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने लक्ष्यसहित आठवटै फ्रेन्चाइज क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गर्ने सरकारको योजना सार्वजनिक भएको छ । फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको र आगामी ३ महिनाभित्र अन्य रंगशालाको प्रक्रिया पनि अगाडि बढाउने प्रधानमन्त्री वालेन्द्र शाहले पनि घोषणा गरेका छन् ।

तर रंगशाला निर्माण हुँदैमा नेपाली क्रिकेट व्यावसायिक बन्छ त ? एनपीएललाई होम एन्ड अवे प्रणालीमा लैजाने लक्ष्यसहित आठवटै फ्रेन्चाइजका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गर्ने सरकारको घोषणा कति सम्भावनायुक्त छ ? यसले नेपाली क्रिकेटको भविष्य बदल्न सक्छ ? अनि घोषणा र कार्यान्वयन बीचको दूरी कसरी घटाउने ? नेपाली क्रिकेटको विकास, व्यवसायीकरण र पूर्वाधार निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका खेलकुद अभियन्ता सुभास शाही सँग कान्तिपुर टेलिभिजनका रुपा खड्काले गरेको कुराकानीको सम्पादित अंश :

एनपीएलको छैठौँ संस्करणदेखि के योजना लागू गर्ने लक्ष्य राखिएको छ र सरकारले के घोषणा गरेको छ ?

एनपीएलको छैठौँ संस्करणदेखि प्रतियोगितालाई होम एन्ड अवे प्रणालीमा सञ्चालन गर्ने लक्ष्य छ । त्यसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले आठवटै फ्रेन्चाइज क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने घोषणा गरेका छन् । फाप्ला रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको छ । अन्य रंगशालाको प्रक्रिया आगामी ३ महिनाभित्र अघि बढाइने भनिएको छ ।

सुदूरपश्चिम रोयल्स एनपीएल-३ को विजेता बनेको छ, सुदूरपश्चिमको खेललाई कसरी हेर्नु भएको छ ?

सुदूरपश्चिम रोयल्समा सुरुदेखि नै कन्सिस्टेन्ट थियो । यस्तै दुवै सिजनमा फाइनल पुगेको टिम पनि हो । विन पर्सेन्टेज पनि सबैभन्दा बढी थियो तर फाइनलको प्रेसरमा पहिले फिनिस दिन सकेको थिएन । यसपालि खेलाडीहरूले लिगदेखि प्लेअफसम्म संघर्ष गर्दै सिके र फाइनलमा परिपक्व खेल देखाए । दीपेन्द्र सिंह ऐरीको क्याप्टेनसिप, टिम म्यानेजमेन्ट र ओनरहरूको सामूहिक प्रयासले पनि भूमिका खेल्यो ।

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अहिले कहाँ पुगेको छ ?

मुख्य काम (पेपरवर्क) करिब ९० प्रतिशत सकिएको छ। २०७९ सालमा साढे ३८ बिघा जग्गा उपलब्ध भयो, त्यसपछि विकास समिति बन्यो । डिपीआर र ईआईए पूरा भए, प्रोजेक्ट बैंकमा समावेश भयो र बहुवर्षीय प्रोजेक्टका रूपमा अघि बढ्यो । अब ठेक्का अवार्ड भइसकेको छ र ३ वर्षमा निर्माण सक्ने योजना छ । पहिलो फेजमा १० हजार दर्शक क्षमताको ग्राउन्ड, प्याराफिट र एम्बाङ्कमेन्ट बन्छ र डिजाइन आईसीसीका सबै मापदण्ड पूरा गरेर गरिएको छ ।

रंगशालाहरू सञ्चालन र आत्मनिर्भर बनाउन के सुझाव दिनुहुन्छ ?

निर्माणपछि रंगशाला पीपीपी मोडलमा क्लब वा निजी क्षेत्रलाई सञ्चालन गर्न दिनुपर्छ, सरकारले आफैँ चलाउनु हुँदैन भन्ने उनको सुझाव छ । फाप्लाको खेलग्राममा क्रिकेट रंगशालासँगै होटेल, मल र हस्पिटलका लागि पनि मास्टर प्लानमा क्षेत्र छुट्ट्याइएको छ, ताकि परियोजना सेल्फ-सस्टेन हुन सकोस् । सरकारले सबै प्रोजेक्टका लागि २५-३१ करोडको न्यूनतम बेस बजेट राखिसकेको छ ।

नेपाली क्रिकेटको दीर्घकालीन लक्ष्य र ग्रासरुट विकासबारे के भन्नु हुन्छ ?

यसका लागि मैले 'च्याम्पियन १०' अभियान सुरु गरेको छु र अबको १० वर्षमा नेपाललाई विश्वकप जिताउने सपना देखेको छु । यसका लागि धनगढीका १९ वटै वडामा बालबालिकालाई प्रोपर ट्रेनिङ र नेट तयार गर्दै छु । परिवार, स्कुल, स्थानीय तह र वडा तहसम्म ग्रासरुटमा मिहिनेत गर्नुपर्ने र क्यानले जिल्ला/प्रदेश स्तरमा बलियो कोचिङ कार्यक्रम ल्याउनुपर्छ । भारतसँग क्रिकेट कुटनीति गरी ६-८ वर्षपछि संयुक्त रूपमा टी-२० विश्वकप आयोजना गर्न सकिने सम्भावना समेत छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
8h ago
कसले बनाउला विराटनगर क्रिकेट रंगशाला?

कसले बनाउला विराटनगर क्रिकेट रंगशाला?

संघ र प्रदेश सरकारको रस्साकसीले लामो समयदेखि अलपत्र परेको विराटनगरको बैजनाथपुरस्थित क्रिकेट रंगशाला कसले बनाउने भन्ने विषय यतिबेला पुनः पेचिलो बनेको छ।

#क्रिकेट #रंगशाला
Compare →
Hamro Patro News
1d ago
एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) का आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेका छन् । नेपाल प्रिमियर लिगको छैटौँ संस्करणदेखि होम ...

#क्रिकेट #आठवटै #रंगशाला
Compare →
Onlinekhabar
3d ago
‘सबै क्लबसँग फ्लडलाइटसहितका रंगशाला, एनपीएलको छैटौं संस्करणदेखि होम एन्ड अवे खेल’

‘सबै क्लबसँग फ्लडलाइटसहितका रंगशाला, एनपीएलको छैटौं संस्करणदेखि होम एन्ड अवे खेल’

५ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपाल प्रिमियर लिग (एनपीएल) का आठवटै क्लबका आफ्नै फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री शाहले शनिबार साँझ फेसबुकमार्फत यस्तो घोषणा गरेका हुन् । प्रधानमन्त्री …

#क्रिकेट #रंगशाला
Compare →
Arthasansar
2d ago
फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि बोलपत्र आह्वान

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि बोलपत्र आह्वान

सुदूरपश्चिम प्रदेशको धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइएको छ। नेपाल सरकारको सहरी विकास तथा भवन...

#क्रिकेट
Compare →

Related Stories

Sports
Build #2612