Trending
Prev Story
Next Story

प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमण सकेर स्वदेश फर्कंदै

Ekantipur •
November 23, 2026 • 11:32 AM
4
4 reads 0 reactions

नेपाली प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री वालेन्द्र शाह साँझ साढे ६ बजेतिर नेपाल एयरलाइन्सको उडानमार्फत् काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमण सकेर स्वदेश फर्कंदै

नेपाली प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री वालेन्द्र शाह साँझ साढे ६ बजेतिर नेपाल एयरलाइन्सको उडानमार्फत् काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाह भारतको दुई दिने राजकीय भ्रमण पूरा गरी साँझ स्वदेश फर्कंदै छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री शाहले भ्रमणको दोस्रो दिन आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग स्थानीय समयअनुसार बिहान ११ बजे द्विपक्षीय भेटवार्ता गरेका थिए ।

उक्त भेटमा दुई देशका पारस्पारिक हितका विविध विषयमा कुराकानी भएको थियो ।

उक्त उच्चस्तरीय द्विपक्षीय वार्तापछि दुई देशबीचका विभिन्न सहयोग तथा परियोजनामा सम्झौता तथा शिलान्यास भएको थियो ।

आजै दुवै देशका प्रधानमन्त्रीले नयाँ दिल्लीस्थित हैदरावाद भवनमा संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गरेका थिए ।

आज बिहान प्रधानमन्त्री शाह नयाँदिल्लीस्थित राजघाट पुगेर त्यहाँ रहेको भारतका राष्ट्रपिता महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

प्रधानमन्त्री शाहले आजै भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गरेका थिए । नेपाली प्रतिनिधिमण्डलसहित उनी आज साँझ ६ः३५ बजे नेपाल एयरलाइन्सको उडानमार्फत् काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

साथै आइतबार साँझ प्रधानमन्त्री शाहसँग भारतका विदेशमन्त्री डा. एस जयशंकरले शिष्टाचार भेटवार्ता गरेका थिए । त्यस अवसरमा दुई देशबीचका विविध विषय एवम् आपसी हितका मुद्दाहरुमा कुराकानी भएको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
2h ago
भारत भ्रमण सकेर आजै स्वदेश फर्कंदै प्रधानमन्त्री शाह

भारत भ्रमण सकेर आजै स्वदेश फर्कंदै प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाह भारतको दुई दिने राजकीय भ्रमण पूरा गरी आजै साँझ स्वदेश फर्कंदै छन्।

#भ्रमण #शाह #भारत
Compare →
Bizshala
20h ago
प्रधानमन्त्री शाहको भारत भ्रमणः ‘एयर रुट’मा सहमतिको सम्भावना

प्रधानमन्त्री शाहको भारत भ्रमणः ‘एयर रुट’मा सहमतिको सम्भावना

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालले लामो समयदेखि उठाउँदै आएको नयाँ हवाई प्रवेशमार्ग (एयर रुट) का...

#शाह #भ्रमण #भारत
Compare →
Hamro Patro News
6h ago
नेपाल-भारत व्यापार : अवरोध, अवसर र प्रधानमन्त्रीको भ्रमणको कूटनीतिक परीक्षा

नेपाल-भारत व्यापार : अवरोध, अवसर र प्रधानमन्त्रीको भ्रमणको कूटनीतिक परीक्षा

प्रधानमन्त्री वालेन्द्र साह मङ्सिर ६ र ७ गते (नोभेम्बर २२–२३, २०२६) भारतको दुईदिने राजकीय भ्रमणमा रहेका छन् । प्रधानमन्त्रीको यो पहिलो औपचारिक भारत भ्रमण हो । यो भ्रमणमा अर्थमन्त्री डा. स्वर्णिम व...

#भ्रमण #वालेन्द्र #भारत
Compare →
Arthasansar
2h ago
प्रधानमन्त्रीको भारत भ्रमण : यी हुन दुई देशबीच भएका आठ समझदारी (सूचीसहित)

प्रधानमन्त्रीको भारत भ्रमण : यी हुन दुई देशबीच भएका आठ समझदारी (सूचीसहित)

काठमाडौं । प्रधामन्त्री बालेन शाहको भारत भ्रमणमा विभिन्न आठ विषयमा समझदारी भएको छ। प्रधानमन्त्री बालेनको भारत भ्रमणको दोस्रो दिन आज...

#भ्रमण #भारत
Compare →

Related Stories

Politics & Governance
Build #2612