Trending
Prev Story
Next Story

पहाडमा जग्गा बेच्नै मुस्किल, सित्तैमा खेत कमाउने समेत भेटिदैनन्

Ekantipur •
November 23, 2026 • 11:32 AM
4
4 reads 0 reactions

तराई तथा सहरतर्फको तीव्र बसाइँसराइ र खेती गर्ने जनशक्तिको अभावले बैतडीमा कृषियोग्य जमिन बिक्री हुन छाडेको छ, जसले जमिन बाँझिने जोखिम बढाएको छ।

पहाडमा जग्गा बेच्नै मुस्किल, सित्तैमा खेत कमाउने समेत भेटिदैनन्

तराई तथा सहरतर्फको तीव्र बसाइँसराइ र खेती गर्ने जनशक्तिको अभावले बैतडीमा कृषियोग्य जमिन बिक्री हुन छाडेको छ, जसले जमिन बाँझिने जोखिम बढाएको छ।

बैतडी — पछिल्लो समय बसाइँ सर्ने क्रम बढेसँगै पहाडी जिल्लामा जग्गाको कारोबार घट्दै गएको छ । विगतमा तराई बसाइँ सर्नेहरूले छाडेको जग्गा गाउामै बसोबास गर्नेहरूले खरिद गर्ने गरे पनि अहिले भने खेतीयोग्य जमिनका खरिदकर्ता पाउन मुस्किल हुन थालेको छ ।

तराई तथा सहरी क्षेत्रतिर बसाइँ सर्नेहरूले आफूले भोगचलन गर्दै आएको जग्गा बिक्री गर्न खोज्दा समेत खरिदकर्ता नपाएपछि जमिन बाँझो छाडेर जाने गरेका छन् । चार वर्षअघि बैतडीको पञ्चेश्वरबाट कञ्चनपुर बसाइँ सरेका भरत चन्दको ११ रोपनी खेत अहिले झाडी र घाँसले ढाकिएको छ । ‘खेती गर्ने जमिन सुरुमा बिक्री गर्न खोजे, तर कसैले किनेनन् । अहिले त कसैले निःशुल्क कमाइदिए पनि दिने थिए, कोही पनि मानिरहेका छैनन्,’ भरतले भने, ‘कमाउने पनि को हुने गाउँमा ? बुढापाका मात्रै छन् । सबैका छोरा देशविदेशतिर छन्, बुहारीहरू बालबच्चा पढाउन सहरतिर गएका छन् ।’

यस्तो समस्या भोगेका भरत एक्दा होइनन् । बैतडीका हरेकजसो बस्तीमा यस्तै समस्या छ । उब्जनीका लागि अब्बल मानिएका खेतसमेत पछिल्ला वर्ष बेच्न मुस्किल भइरहेकाो स्थानीय बताउँछन् । राष्ट्रिय कृषि गणना २०७८/७९ को तथ्यांक अनुसार बैतडीमा कृषकले भोगचलन गरेको कुल जग्गा १९ हजार ९२५ हेक्टर जग्गा छ। यसमा एक हजार ६७ दशमलव २ हेक्टर जमिन बाँझो छाडिएको उल्लेख छ । यस्तै अस्थायी रुपमा बाली लगाएको ११ हजार ९११ दशमलव ८ हेक्टर, अस्थायी चरन तथा घाासेमैदान ६८५ दशमलव १ हेक्टर जमिन रहेको छ ।

पहाडी क्षेत्रमा जग्गाको खरिद–बिक्री नहुनुका मुख्य कारण तीव्र गतिमा भइरहेको तराईतर्फको बसाइँसराइ र गाउँमा खेती गर्ने जनशक्तिको अभाव रहेको पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष बिना भट्टले बताइन् । ‘पछिल्लो समय पहाडका बासिन्दामा घडेरीका रूपमा तराईमा सकिनसकी भए पनि जग्गा किन्ने चलन बनेको छ । त्यसैले पहाडको खेतीयोग्य जमिन कसैले खरिद गर्न मान्दैनन्,’ उपाध्यक्ष भट्टले भनिन्, ‘अर्कोतिर खेतीपाती गरेर जीविकोपार्जन गर्न नसकिने भएकाले परिवारै भाडामा बसेर भए पनि बजारतिर बस्ने र उतै केही सानोतिनो रोजगारी गर्ने प्रवृत्ति बढेको छ ।’

बसाइँसराइ कम गरेर खेतीयोग्य जमिन बाँझो हुन नदिन कृषिका विभिन्न कार्यक्रममा अनुदान दिने तथा आत्मनिर्भर बन्न सिपमूलक तालिम सञ्चालन गरिँदै आए पनि स्थानीयले त्यसप्रति चासो नदिने गरेको उनले बताइन् ।

पछिल्लो समय लगाएको बाली जंगली जनावरले खाइदिने र पहाडमा मिहनेत अनुसारको उब्जनी नहुने भएकाले पनि खेतीयोग्य जमिनको खरिद–बिक्री हुन नसकेको नागरिक समाजका अगुवा भू–सेवा संचालक पदम रोकाया बताउँछन् । यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारले ठोस योजना बनाएर गाउँमै आयआर्जन तथा अनुदानका कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।

भूमि प्रशासन कार्यालय बैतडीमा पछिल्ला दुई आर्थिक वर्षको मात्रै व्यवस्थित तथ्यांक उपलब्ध छ । यसअघि जग्गाको कारोबारसम्बन्धी तथ्यांक व्यवस्थित रूपमा नराखिएकाले प्राप्त गर्न नसकिएको कार्यालयले जनाएको छ । उपलब्ध दुई वर्षको तथ्यांकले पनि जिल्लामा जग्गाको कारोबार घट्दै गएको देखाउँछ ।

आर्थिक वर्ष २०८१/८२ मा भूमि प्रशासन कार्यालय बैतडीबाट जिल्लाका विभिन्न स्थानका ५ सय ३७ कित्ता जग्गाको लिखत पारित भएको थियो । गत आर्थिक वर्षमा यो संख्या घटेर ४ सय ५१ मा झरेको छ । यसले जिल्लामा जग्गाको कारोबारमा कमी आएको देखाउँछ ।

मालपोत कार्यालयमा लिखत पारित गर्न आउनेमध्ये अधिकांशले खेतीयोग्य जमिनभन्दा सडक छेउछाउ, स्थानीय तहका केन्द्र तथा बजार क्षेत्रमा घरघडेरीका रूपमा जग्गा खरिद गर्ने गरेको भूमि प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी नवीनप्रसाद ओझाले बताए । जग्गाको कारोबार घटेसागै राजस्व संकलनमा समेत कमी आएको सूचना अधिकारी ओझाले जानकारी दिए ।

भूमि प्रशासन कार्यालय बैतडीले आर्थिक वर्ष २०८१/८२ मा लिखत पारितबाट मात्रै ४६ लाख ९२ हजार १ सय ३४ रुपैयाा राजस्व संकलन गरेको थियो । गत आर्थिक वर्षमा भने यो घटेर ४४ लाख ५३ हजार ८ सय ८३ रुपैयाँमा सीमित भएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा जम्मा ४४ वटा जग्गाको लिखत पारित भएको कार्यालयको तथ्यांक छ। यही दरमा कारोबार हुने हो भने चालु आर्थिक वर्षमा पनि अघिल्लो वर्षको तुलनामा जग्गाको कारोबार घट्ने देखिन्छ । जग्गाको लिखत पारितअन्तर्गत राजीनामा, बकसपत्र, अंशबण्डा, दानपत्र र सट्टापट्टालगायतका लिखत पर्दछन् ।

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1d ago
‘पुनर्स्थापनामा सरकार उदासीन देखियो, निजी जग्गा किनेर भए पनि बाढीपीडितलाई बसोबास मिलाउनुपर्छ’

‘पुनर्स्थापनामा सरकार उदासीन देखियो, निजी जग्गा किनेर भए पनि बाढीपीडितलाई बसोबास मिलाउनुपर्छ’

नेपाली कांग्रेसका सभापति गगन थापाले भोटेकोशी-त्रिशूली बाढी प्रभावितको पुनर्स्थापनामा संघीय सरकार उदासीन देखिएको बताएका छन्।

#जग्गा
Compare →
Onlinekhabar
3d ago
हदबन्दी छुट प्राप्त कम्पनीले जग्गा सट्टापट्टा गर्न पाउने, निर्णय गर्न सरकारलाई ६० दिन

हदबन्दी छुट प्राप्त कम्पनीले जग्गा सट्टापट्टा गर्न पाउने, निर्णय गर्न सरकारलाई ६० दिन

६ मंसिर, काठमाडौं । हदबन्दी छुट प्राप्त उद्योग, औद्योगिक प्रतिष्ठान, कम्पनी वा पूर्वाधार आयोजनाले जग्गा सट्टापट्टा गर्न पाउने भएका छन् । सरकारले भूमिसम्बन्धी ऐन २०२१ अध्यादेश मार्फत संशोधन गर्दै सट्टापट्टा गर्न दिने प्रस्ताव गरेको हो । सरकारले …

#जग्गा
Compare →
Hamro Patro News
6d ago
सशस्त्र प्रहरीलाई विद्यालयको २९ रोपनी जग्गा दिने निर्णयपछि विवाद

सशस्त्र प्रहरीलाई विद्यालयको २९ रोपनी जग्गा दिने निर्णयपछि विवाद

स्याङ्जा । स्याङ्जाको वालिङस्थित पूर्णामृत भवानी माध्यमिक विद्यालयको स्वामित्वमा रहेको २९ रोपनीभन्दा बढी जग्गा सशस्त्र प्रहरी बललाई उपलब्ध गराउने मन्त्रिपरिषद्को निर्णयपछि विवाद उत्पन्न भएको छ। विद...

#जग्गा
Compare →

Related Stories

Business & Economy
Build #2612