Trending
Prev Story
Next Story

बैतडीमा बसबाट खसेर एकजनाको मृत्यु

Ekantipur •
November 22, 2026 • 02:03 PM
4
4 reads 0 reactions

मेलौलीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको म १ ख ९१९ नम्बरको बसबाट आइतबार बिहान साढे १० बजेतिर पाटन मेलतडामा ओर्लने क्रममा ढोकाबाट खसेर चन्द गम्भीर घाइते भएका थिए ।

बैतडीमा बसबाट खसेर एकजनाको मृत्यु

मेलौलीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको म १ ख ९१९ नम्बरको बसबाट आइतबार बिहान साढे १० बजेतिर पाटन मेलतडामा ओर्लने क्रममा ढोकाबाट खसेर चन्द गम्भीर घाइते भएका थिए ।

बैतडी — बैतडीमा बसबाट खसेर एक जनाको मृत्यु भएको छ । पाटनका मेलतडाका ७० वर्षीय महेन्द्र चन्दको मृत्यु भएको जिल्ला पहरी कार्यालय बैतडीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नवराज भट्टले जानकारी दिए ।

मेलौलीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको म १ ख ९१९ नम्बरको बसबाट आइतबार बिहान साढे १० बजेतिर पाटन मेलतडामा ओर्लने क्रममा ढोकाबाट खसेर चन्द गम्भीर घाइते भएका थिए ।

घाइते भएका चन्दलाई तत्कालै उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि जिल्ला अस्पताल बैतडी लगिएका चन्दको उपचारकै क्रममा दिउँसो ४ बजेतिर मृत्यु भएको प्रहरी निरीक्षक भट्टले बताए ।

घटनापछि बस चालक मेलौलीका ४८ वर्षीय अशोक चन्द र बसलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए ।

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Onlinekhabar
2d ago
बैतडीमा बसबाट लडेर ७० वर्षीय वृद्धको मृत्यु

बैतडीमा बसबाट लडेर ७० वर्षीय वृद्धको मृत्यु

६ मंसिर, बैतडी । बैतडीमा बसबाट झर्ने क्रममा लडेर एक जना वृद्धको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका–६ मेलतडाका ७० वर्षीय नारायण चन्दको बसबाट झर्ने क्रममा लडेर मृत्यु भएको हो । मेलौलीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको …

#बसबाट #बैतडी #मृत्यु
Compare →

Related Stories

Technology
Build #2612