Trending
Prev Story
Next Story

‘पुनर्स्थापनामा सरकार उदासीन देखियो, निजी जग्गा किनेर भए पनि बाढीपीडितलाई बसोबास मिलाउनुपर्छ’

Nagarik News •
November 22, 2026 • 01:06 PM
4
4 reads 0 reactions

नेपाली कांग्रेसका सभापति गगन थापाले भोटेकोशी-त्रिशूली बाढी प्रभावितको पुनर्स्थापनामा संघीय सरकार उदासीन देखिएको बताएका छन्।

‘पुनर्स्थापनामा सरकार उदासीन देखियो, निजी जग्गा किनेर भए पनि बाढीपीडितलाई बसोबास मिलाउनुपर्छ’

नेपाली कांग्रेसका सभापति गगन थापाले भोटेकोशी-त्रिशूली बाढी प्रभावितको पुनर्स्थापनामा संघीय सरकार उदासीन देखिएको बताएका छन्।

आइतबार बाढी प्रभावित क्षेत्र रसुवा, नुवाकोट र धादिङका विभिन्न स्थानमा पुगेका थापाले पीडितका लागि दीर्घकालीन बसोबासको व्यवस्था गर्न राज्यले निजी जग्गा खरिद गरेर भए पनि व्यवस्थापन मिलाउनुपर्नेमा जोड दिए।

सो क्रममा उनले सडकको टुंगो लगाएर बस्ती व्यवस्थापन गर्नुपर्ने बताउँदै सार्वजनिक जग्गा नभएका क्षेत्रमा निजी जग्गा किनेर दिनुको विकल्प नरहेको धारणा राखे।

बाढी प्रभावित क्षेत्रको अवलोकनपछि प्रतिवेदन तयार पारेर सरकारलाई बुझाउने थापाले जानकारी दिए। बाढीपहिरो, भूकम्पलगायत विपद्का बेला सुरुमा सबैले चासो राखे पनि विस्तारै ती विषय ओझेलमा पर्दा प्रभावितहरू समस्यामा पर्ने गरेको उनको भनाइ थियो।

संघीय सरकारले विपद्पछिको काम सकिएको जस्तो भान पार्न खोजेकाले आफू स्वयं स्थलगत अवलोकनमा निस्किएको थापाले बताए।

थापाले धादिङस्थित फुर्केखोलानजिकै पुल हाल्ने तयारी भइरहेको उल्लेख गर्दै त्यहाँ पक्की पुल वा बेलिब्रिज निर्माणको काम तत्काल थाल्न सरकारसँग आग्रह गरे

गत भदौ १० गते भोटेकोशी-त्रिशूलीमा आएको बाढीले ती जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको थियो।

प्रकाशित: ६ मंसिर २०८३ १८:५१ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
5d ago
पुनर्स्थापनामा सरकारले बेवास्ता गरेको भन्दै भोटेकोशी बाढीपीडितले विद्युत् प्राधिकरणको जग्गामा डोजर चलाए

पुनर्स्थापनामा सरकारले बेवास्ता गरेको भन्दै भोटेकोशी बाढीपीडितले विद्युत् प्राधिकरणको जग्गामा डोजर चलाए

बाढीबाट पूर्ण रूपमा विस्थापित त्रिशूली बजारका ४५० पीडित परिवारमध्ये २५० भन्दा बढीले विद्युत् प्राधिकरणको जग्गा कब्जा गरी डोजर लगाएर सम्याउँदै टेन्ट गाडेका छन् ।

#बाढी-पहिरो #जग्गा #पुनर्स्थापना
Compare →
Hamro Patro News
1h ago
जोखिम मूल्याङ्कन गरेर मात्रै बाढी प्रभावित बस्ती पुनर्निर्माण गर्नुपर्छ : गगन थापा

जोखिम मूल्याङ्कन गरेर मात्रै बाढी प्रभावित बस्ती पुनर्निर्माण गर्नुपर्छ : गगन थापा

नुवाकोट । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण गर्दा विपद्को जोखिम र स्थानीय बासिन्दाको भावनालाई सन्तुलित रूपमा सम्बोधन गर्नुपर्ने बताएका छन् । रस...

#गगन-थापा #प्रभावित
Compare →
Onlinekhabar
2d ago
विपद्को जोखिम र स्थानीयको भावना बुझेर बस्ती पुनर्निर्माण गर्नुपर्छ : गगन थापा

विपद्को जोखिम र स्थानीयको भावना बुझेर बस्ती पुनर्निर्माण गर्नुपर्छ : गगन थापा

६ मंसिर, नुवाकोट । नेपाली कांग्रेसका सभापति गगन थापाले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण गर्दा विपद्को जोखिम र स्थानीय बासिन्दाको भावनालाई सन्तुलित रूपमा सम्बोधन गर्नुपर्ने बताएका छन् । रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्रको आइतबार …

#गगन-थापा #प्रभावित
Compare →
Bizshala
1d ago
४६ वर्षपछि नेपाल फर्किँदै गोडाइगो ब्यान्ड, भोटेकोशीका बाढीपीडितलाई ३० लाख दिने

४६ वर्षपछि नेपाल फर्किँदै गोडाइगो ब्यान्ड, भोटेकोशीका बाढीपीडितलाई ३० लाख दिने

काठमाण्डौ । सन् १९८० मा दशरथ रंगशालामा प्रस्तुति दिएको जापानी ब्यान्ड गोडाइगो (GODIEGO) ४६ वर्षपछि नेपाली दर्शकमाझ फर्किँदैछ...

#बाढी-पहिरो #बाढीपीडित
Compare →

Related Stories

Politics & Governance
Build #2612