Trending
Prev Story
Next Story

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र, नियमित आयोजना गराउने मन्त्री पोखरेलको प्रतिबद्धता

Nagarik News •
November 22, 2026 • 12:11 PM
3
3 reads 0 reactions

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र पारिएको जनाएका छन्।

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र, नियमित आयोजना गराउने मन्त्री पोखरेलको प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र पारिएको जनाएका छन्।

नेपाल प्रिमियर लिगपछि नेपाली खेलकुदको ध्यान अब दशौँ राष्ट्रिय खेलकुदतर्फ केन्द्रित भएको जनाउदै उनले त्यसको सम्पूर्ण तयारी भएको जनाए।

आइतबार सामाजिक सञ्जालमा लेख्दै मन्त्री पोखरेलले एनपीएलले जगाएको ऊर्जा, व्यावसायिकता र उत्साहलाई निरन्तरता दिँदै राष्ट्रिय खेलकुदको महाकुम्भलाई भव्य बनाउने तयारी भइरहेको जानकारी दिए।

उनका अनुसार प्रतियोगिताका मुख्य खेलहरू यही मङ्सिर ८ गतेदेखि सुरु हुनेछन् भने औपचारिक उद्घाटन मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा हुनेछ।

‘यही मङ्सिर ८ गतेबाट मुख्य खेलहरू सुरु भई मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा औपचारिक उद्घाटन हुने यस बृहत् प्रतियोगिताको तयारी तीव्र पारिएको छ,’उनले लेखेका छन्।

त्यस्तै, हरेक दुई वर्षमा आयोजना गर्ने लक्ष्यसहित वि.सं. २०३८ सालमा राष्ट्रिय खेलकुद सुरु गरिए पनि हालसम्म ९ वटा मात्र संस्करण सम्पन्न हुनु दुःखद पक्ष रहेको मन्त्री पोखरेलले जनाए। विगतमा देखिएको त्यस्तो ढिलासुस्ती र अवरोध अब अन्त्य हुने उनको प्रतिबद्धता छ।

प्रतियोगितालाई नियमित रूपमा सञ्चालन गर्दै नेपाली खेलकुदको स्तर उकास्न गम्भीर भएर लाग्ने प्रतिबद्धता जनाउँदै मन्त्री पोखरेलले भनेका छन्, ‘खेलकुदलाई एउटा बलियो संस्कृति र व्यावसायिक क्षेत्रका रूपमा स्थापित गर्दै दशौँ राष्ट्रिय खेलकुदलाई ऐतिहासिक र भव्य बनाउन सम्पूर्ण खेलाडी, खेलप्रेमी तथा सरोकारवालाहरूको साथ र सहकार्यको अपेक्षा गर्दछौँ।

प्रकाशित: ६ मंसिर २०८३ १७:५६ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
2d ago
राष्ट्रिय खेलकुद नियमित आयोजना गराउने खेलकुदमन्त्री पोखरेलको प्रतिबद्धता

राष्ट्रिय खेलकुद नियमित आयोजना गराउने खेलकुदमन्त्री पोखरेलको प्रतिबद्धता

६ मंसिर, काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय खेलकुद नियमित आयोजना गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र पारिएको जानकारी गराउँदै उनले विगतमा देखिएको ढिलासुस्ती र अवरोध अन्त्य गर्दै …

#खेलकुद #पोखरेल #नियमित
Compare →
Hamro Patro News
13h ago
दशौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, खेलस्थल तालिका सार्वजनिक

दशौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, खेलस्थल तालिका सार्वजनिक

काठमाण्डु – बहुप्रतिक्षित दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा अहिले चहलपहल बढेको छ । कर...

#खेलकुद #तयारी #दशौँ
Compare →
Ekantipur
3h ago
एनपीएल सकिएसँगै दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र

एनपीएल सकिएसँगै दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र

आइतबार सामाजिक सञ्जालमार्फत शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले एनपीएलले जगाएको ऊर्जा, व्यावसायिकता र उत्साहलाई निरन्तरता दिँदै राष्ट्रिय खेलकुदको महाकुम्भलाई भव्य बनाउने तयारी भइरहेको जानकारी दिएका छन् ।

#खेलकुद #तयारी #दशौँ
Compare →
Bizshala
2d ago
स्थानीय तहको निर्वाचन तयारीमा आयोगको सक्रियता तीव्र, आज राष्ट्रिय दलहरूसँग छलफल

स्थानीय तहको निर्वाचन तयारीमा आयोगको सक्रियता तीव्र, आज राष्ट्रिय दलहरूसँग छलफल

काठमाण्डौ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि...

#तयारी #तीव्र
Compare →

Related Stories

Sports
Build #2612