Trending
Prev Story
Next Story

दशौँ राष्ट्रिय खेलकुदको पुरुष फुटबलको खेलतालिका सार्वजनिक

Ekantipur •
November 22, 2026 • 02:03 PM
5
5 reads 0 reactions

८ मंसिरको पहिलो खेलमा कर्णाली र पुलिस क्लब भिड्ने, प्रतियोगिताको फाइनल १७ मंसिरमा हुनेछ ।

दशौँ राष्ट्रिय खेलकुदको पुरुष फुटबलको खेलतालिका सार्वजनिक

८ मंसिरको पहिलो खेलमा कर्णाली र पुलिस क्लब भिड्ने, प्रतियोगिताको फाइनल १७ मंसिरमा हुनेछ ।

सुर्खेत — दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलको खेलतालिका सार्वजनिक भएको छ । ८ मंसिरदेखि सुरु हुने प्रतियोगिताको पहिलो खेलमा आयोजक कर्णाली प्रदेशले नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । उद्‍घाटन समारोह १६ मंसिरमा हुने भए पनि प्रतियोगिताहरू ८ मंसिरबाटै सुरु हुनेछन् ।

सार्वजनिक खेलतालिकाअनुसार पुरुष फुटबलमा १० टोली सहभागी हुनेछन् । सहभागी टोलीलाई ३ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल पुलिस क्लब, गण्डकी र कर्णाली छन् । समूह ‘बी’ मा सशस्त्र प्रहरी बल (एपीएफ), मधेश र सुदूरपश्चिम छन् । समूह ‘सी’ मा त्रिभुवन आर्मी फुटबल क्लब, कोशी, बागमती र लुम्बिनी छन् ।

८ मंसिर दिउँसो १ बजे नेपाल पुलिस क्लब र कर्णालीबीच पहिलो खेल हुनेछ । सोही दिन दिउँसो साढे ३ बजे मधेश र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ । ९ मंसिर बिहान ९ बजे त्रिभुवन आर्मी र लुम्बिनी तथा दिउँसो साढे २ बजे कोशी र बागमतीबीच खेल हुनेछ ।

१० मंसिर बिहान कर्णाली र गण्डकी तथा दिउँसो एपीएफ र मधेशबीच प्रतिस्पर्धा हुनेछ । ११ मंसिरमा लुम्बिनी र कोशी तथा बागमती र आर्मी भिड्नेछन् । १२ मंसिरमा सुदूरपश्चिम र एपीएफ तथा गण्डकी र नेपाल पुलिस क्लबबीच खेल हुनेछ । समूह चरणको अन्तिम खेल १३ मंसिरमा आर्मी र कोशी तथा बागमती र लुम्बिनीबीच हुनेछ ।

प्रतियोगिताका सेमिफाइनल र फाइनल खेल भने जुम्लामा सञ्चालन गर्ने तयारी गरिएको कर्णाली प्रदेशका सदस्यसचिव तथा आवास व्यवस्थापन संयोजक प्रमोद हमालले बताएका छन् । खेलतालिकाअनुसार १५ मंसिरमा सेमिफाइनल तथा १७ मंसिरमा तेस्रो स्थान र फाइनलका खेल हुनेछन् ।

सेमिफाइनलमा समूह ‘ए’ को विजेताले समूह ‘सी’ को उपविजेतासँग तथा समूह ‘बी’ को विजेताले समूह ‘सी’ को विजेतासँग प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको फाइनल १७ मंसिरमा हुनेछ ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
2d ago
१०औं राष्ट्रिय खेलकुद : महिला र पुरुष क्रिकेटको खेल तालिका सार्वजनिक

१०औं राष्ट्रिय खेलकुद : महिला र पुरुष क्रिकेटको खेल तालिका सार्वजनिक

६ मंसिर, काठमाडौं । दशौं राष्ट्रिय खेलकुदअन्तर्गत क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । सार्वजनिक खेल तालिकाअनुसार पुरुष र महिला दुवैतर्फका खेलहरु मंसिर ८ गतेबाट सुरु हुनेछन् । पुरुषतर्फ सात प्रदेश, तीन विभागीय र एनआरएनएको सहभागिता …

#मंसिर #पुरुष #खेलकुद
Compare →
Hamro Patro News
10h ago
दशौँ राष्ट्रिय खेलकुदले कर्णालीको पहिचान र सम्भावना राष्ट्रियस्तरमा चिनाउनेछ : प्रधानमन्त्री शाह

दशौँ राष्ट्रिय खेलकुदले कर्णालीको पहिचान र सम्भावना राष्ट्रियस्तरमा चिनाउनेछ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले कर्णाली प्रदेशको भूगोल, संस्कृति, इतिहास र आर्थिक सम्भावनालाई राष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्...

#कर्णाली #दशौँ #खेलकुद
Compare →
Nagarik News
14h ago
दशौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को व्यग्र प्रतीक्षामा कर्णाली

दशौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को व्यग्र प्रतीक्षामा कर्णाली

बहुप्रतिक्षित दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।

#कर्णाली #दशौँ #खेलकुद
Compare →

Related Stories

Sports
Build #2612