Trending
Prev Story
Next Story

कर्णाली खेलकुद परिषद्का पूर्व सदस्य सचिव भन्छन्–‘कर्णालीले दसौँ राष्ट्रिय खेलकुदको अपनत्व लिन सकेन’

Ekantipur •
November 22, 2026 • 08:32 AM
3
3 reads 0 reactions

कर्णाली प्रदेश खेलकुद परिषद्का पूर्व सदस्य सचिव विश्वमित्र संज्यालसँग दसौँ राष्ट्रिय खेलकुदको तयारी, प्रदेशको भूमिका, खेलाडी छनोट र प्रतियोगितापछिको पूर्वाधार उपयोगबारे गरिएको कुराकानी

कर्णाली खेलकुद परिषद्का पूर्व सदस्य सचिव भन्छन्–‘कर्णालीले दसौँ राष्ट्रिय खेलकुदको अपनत्व लिन सकेन’

कर्णाली प्रदेश खेलकुद परिषद्का पूर्व सदस्य सचिव विश्वमित्र संज्यालसँग दसौँ राष्ट्रिय खेलकुदको तयारी, प्रदेशको भूमिका, खेलाडी छनोट र प्रतियोगितापछिको पूर्वाधार उपयोगबारे गरिएको कुराकानी

काठमाडौँ — दसौँ राष्ट्रिय खेलकुद कर्णालीमा हुँदै छ। तयारी र व्यवस्थापनमा प्रदेशको भूमिका कस्तो देख्नुहुन्छ ?

कर्णालीले यो प्रतियोगिताको अपनत्व लिन सकेको देखिँदैन। अधिकांश जिम्मेवारी संघीय सरकार र राष्ट्रिय खेलकुद परिषद्मै सीमित भएको छ। प्रदेशले सुरुमै संघसँग जिम्मेवारी बाँडफाँट गरेर कुन काम आफैं गर्ने र त्यसका लागि कस्तो बजेट चाहिने भन्ने स्पष्ट गर्नुपर्थ्यो। मुख्यमन्त्रीले प्रधानमन्त्री, अर्थमन्त्री र खेलकुदमन्त्रीसँग छलफल गरेर प्रदेशका प्रस्ताव स्थापित गर्न सक्नुपर्थ्यो। तर त्यसो भएको देखिएन।

प्रदेशले आफ्नो पहिचान देखाउन के गर्न सक्थ्यो ?

प्रदेशले आफ्नै नारा, गीत, पोसाक र पहिचान तयार गर्न सक्थ्यो। उद्घाटनअघि नै देशभरबाट आउने खेलाडीलाई रंगशालामा स्वागत गर्ने कार्यक्रम राखेर कर्णालीको संस्कृति र पहिचान देखाउन सकिन्थ्यो। सातै प्रदेशका खेलाडीलाई कर्णालीको मौलिकता चिनाउने अवसर थियो। तर प्रदेश व्यवस्थापनमा सहयोग गर्ने भूमिकामा मात्र सीमित भयो।

केही खेल कर्णालीबाहिर आयोजना गर्ने निर्णयलाई पूर्वाधार अभावसँग जोडिएको छ। तपाईंको धारणा के हो ?

सुटिङका लागि आवश्यक पूर्वाधार कर्णालीमा छैन भन्ने कुरा स्वीकार गर्न सकिन्छ। तर सबै खेललाई पूर्वाधार अभावको एउटै तर्कले बाहिर लैजानु उचित होइन। कुन खेलका लागि कस्तो पूर्वाधार चाहिन्छ भन्ने प्राविधिक आधार सार्वजनिक हुनुपर्छ। नजिकका सहरमा केही खेल आयोजना गरेर कर्णालीसँग जोडिएका क्षेत्रलाई समेत अपनत्व दिन सकिन्थ्यो।

प्रदेशबीच प्रतिस्पर्धा र खेलाडीको क्षमता मापन गर्ने अभ्यास कत्तिको आवश्यक छ ?

प्रदेशको वास्तविक खेलस्तर मापन गर्न होम एन्ड अवे प्रतियोगिता आवश्यक छ। एउटा प्रदेशका खेलाडी अर्को प्रदेशमा गएर खेल्ने र अर्को प्रदेशका खेलाडी यहाँ आएर प्रतिस्पर्धा गर्ने वातावरण हुनुपर्छ। त्यसो हुँदा कुन प्रदेश कुन खेलमा बलियो छ भन्ने थाहा हुन्छ। राष्ट्रिय प्रतियोगितामा मात्र खेलाडी जम्मा गरेर प्रतिस्पर्धा गराउँदा प्रदेशको वास्तविक क्षमता मापन हुन सक्दैन ।

खेलाडी छनोट र सहभागिताको तयारीलाई कसरी हेर्नुहुन्छ ?

प्रतियोगिता नजिकिँदै गर्दा पनि कतिपय प्रदेशमा खेलाडी छनोट पूरा भएको छैन। कोटा पूरा गर्न एउटा खेलमा छनोट हुन नसकेका खेलाडीलाई अर्को खेलमा सहभागी गराउने प्रवृत्ति दोहोरिनु हुँदैन। सम्बन्धित खेलको अनुभव र क्षमता नभएका खेलाडीलाई सहभागी गराउँदा प्रतियोगिताको स्तर कमजोर हुन्छ। संख्या बढाउनेभन्दा योग्य खेलाडी छनोटमा ध्यान दिनुपर्छ।

कर्णालीका सबै जिल्लालाई प्रतियोगितामा समेट्न नसकिएको हो ?

मैले सदस्य सचिव हुँदा १० वटै जिल्लामा खेलकुदका गतिविधि पुर्‍याउने प्रयास गरेको थिएँ। अहिले पनि जिल्लाको सम्भावना हेरेर खेल आयोजना गर्न सकिन्थ्यो। मुगुको रारा, जुम्ला र हुम्लाजस्ता जिल्लालाई पर्याप्त रूपमा समेट्न सकिएको छैन। भौगोलिक विकटता देखाएर मात्र जिल्ला बाहिर राख्नु हुँदैन। कुन खेल कहाँ सम्भव छ भन्ने प्राविधिक अध्ययन गरेर निर्णय गर्नुपर्छ।

प्रदेश खेलकुद परिषद्ले अहिले कुन विषयलाई प्राथमिकता दिनुपर्थ्यो ?

परिषद्को मुख्य जिम्मेवारी आफ्ना खेलाडी तयार गर्नु हो। खेलाडी छनोट, प्रशिक्षण, मनोबल, पोसाक र पदक लक्ष्य निर्धारणमा परिषद्ले नेतृत्व लिनुपर्छ। संघीय सरकार र राष्ट्रिय खेलकुद परिषद्सँग समन्वय गरेर प्रदेशका प्राथमिकता स्थापित गर्नुपर्छ। प्रतियोगिता आयोजना गर्न सहयोग गर्नु मात्र परिषद्को जिम्मेवारी होइन, प्रदेशको खेलकुद विकासको आधार तयार गर्नु पनि हो।

प्रदेश सरकारले खेलाडीको मनोबल बढाउन के गर्नुपर्छ ?

पदक विजेताका लागि पुरस्कार र प्रोत्साहन घोषणा गर्नुपर्छ। खेलाडीले जितेमा प्रदेशबाट के पाउँछन् भन्ने स्पष्ट हुनुपर्छ। नवौँ राष्ट्रिय खेलकुदमा कर्णालीले स्वर्ण पदक विजेतालाई दुई लाख, रजतलाई डेढ लाख र कांस्यलाई एक लाख रुपैयाँ दिने घोषणा गरेको थियो। अहिले पनि त्यस्तै प्रोत्साहनले खेलाडीको मनोबल बढाउन सक्छ।

प्रदेश रंगशालाको भविष्य कसरी सुनिश्चित गर्न सकिन्छ ?

रंगशाला प्रतियोगितापछि प्रयोगविहीन हुनु हुँदैन। यसलाई राष्ट्रियस्तरको प्रशिक्षण केन्द्रका रूपमा विकास गर्न सकिन्छ। फुटबल, पौडी, भलिबल, ह्यान्डबल र बास्केटबलका प्रशिक्षण केन्द्र सञ्चालन गर्न सकिन्छ। त्यसका लागि प्रदेश र संघीय सरकारले अहिले नै सञ्चालनको मोडालिटी र दीर्घकालीन योजना बनाउनुपर्छ।

१०औं राष्ट्रिय खेलकुदबाट कर्णालीले दिन सक्ने विशेष सन्देश के हुन सक्थ्यो ?

कर्णालीलाई अर्गानिक उत्पादनको प्रदेशका रूपमा चिनाउन सकिन्थ्यो। ‘जे बेच्छ कर्णालीले, अर्गानिक बेच्छ’ भन्ने नारालाई खेलकुदमार्फत प्रवर्द्धन गर्न सक्थ्यो। सहभागी खेलाडीलाई अर्गानिक चामल, दाल, जडीबुटी वा चियाजस्ता स्थानीय उत्पादन उपहार दिन सकिन्थ्यो।

टर्च र्‍यालीलाई दैलेखको श्रीस्थान, जुम्लाको चन्दननाथ र मुगुको राराजस्ता पर्यटकीय गन्तव्यसँग जोडेर कर्णालीको पर्यटन प्रवर्द्धन गर्न सकि न्थ्यो। खेलकुदलाई पदकमा मात्र सीमित नगरी प्रदेशको पहिचान र अर्थतन्त्रसँग जोड्नुपर्थ्यो।

प्रतियोगिता मिति पटक–पटक सर्नुले खेलाडीको तयारीमा कस्तो असर पार्छ ?

मिति तय भएपछि खेलाडीले त्यहीअनुसार प्रशिक्षण र तयारी अघि बढाउँछन्। पटक–पटक मिति सार्दा उनीहरूको तयारी प्रभावित हुन्छ। प्रतियोगिता सञ्चालन गर्ने निकायले समयमै निर्णय गर्न नसक्नु कमजोरी हो। पूर्वाधारका केही काम बाँकी थिए भन्दैमा प्रतियोगिता सार्नुपर्ने थिएन।

खेल सञ्चालन गर्न आवश्यक न्यूनतम संरचना तयार गरेर बाँकी काम व्यवस्थापन गर्न सकिन्थ्यो। छैटौँ राष्ट्रिय खेलकुदमा पनि केही पूर्वाधारको काम पूरा नभएकै अवस्थामा प्रतियोगिता आयोजना गरिएको थियो।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
8h ago
दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को व्यग्र प्रतीक्षामा कर्णाली

दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को व्यग्र प्रतीक्षामा कर्णाली

बहुप्रतीक्षित दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा ‘मुकाम’ राखेर तयारी समितिका बैठकहरू चल...

#खेलकुद #कर्णाली #दसौँ
Compare →
Nagarik News
7h ago
दशौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को व्यग्र प्रतीक्षामा कर्णाली

दशौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को व्यग्र प्रतीक्षामा कर्णाली

बहुप्रतिक्षित दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।

#खेलकुद #कर्णाली
Compare →
Onlinekhabar
1d ago
‘प्रिय कर्णाली’ भन्दै राष्ट्रिय खेलकुदका लागि प्रधानमन्त्री बालेनको शुभकामना सन्देश

‘प्रिय कर्णाली’ भन्दै राष्ट्रिय खेलकुदका लागि प्रधानमन्त्री बालेनको शुभकामना सन्देश

६ मंसिर, काठमाडौं । प्रधानमन्त्री शाहले राष्ट्रिय खेलकुद प्रतियोगिताले खेलकुदको विकाससँगै राष्ट्रिय एकता, आपसी सद्भाव र भाइचारालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको अवसरमा कर्णालीवासीलाई शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शाहले प्रतियोगिता …

#खेलकुद #कर्णाली
Compare →
Bizshala
2d ago
मलेसिया श्रमिक ठगी प्रकरणमा पूर्वमुख्यसचिव अर्यालविरुद्ध पनि पक्राउ पुर्जी

मलेसिया श्रमिक ठगी प्रकरणमा पूर्वमुख्यसचिव अर्यालविरुद्ध पनि पक्राउ पुर्जी

काठमाण्डौ । मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको ठगी प्रकरणको अनुसन्धान पूर्वमुख्यसचिव एकनारायण अर्यालसम्म...

#पूर्व #सचिव
Compare →

Related Stories

Sports
Build #2612