Trending
Prev Story
Next Story

दशौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को व्यग्र प्रतीक्षामा कर्णाली

Nagarik News •
November 22, 2026 • 01:24 AM
3
3 reads 0 reactions

बहुप्रतिक्षित दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।

दशौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को व्यग्र प्रतीक्षामा कर्णाली

बहुप्रतिक्षित दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा ‘मुकाम’ राखेर तयारी समितिका बैठकहरू चलिरहेका छन्।

दशौँ राष्ट्रिय खेलकुदलाई भव्यतापूर्वक सफल बनाउन सिङ्गो कर्णाली प्रदेश सरकार व्यवस्थापनमा जुटेको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाही विभिन्न बैठकमा सहभागी हुने, छलफल गर्ने र प्रतियोगितालाई व्यवस्थित बनाउने ध्याउन्नमा केन्द्रित भएका छन्।

प्रतियोगिताको मिति नजिकिएसँगै सुर्खेत आउने अतिथि, खेलाडी, प्रशिक्षक, अफिसियल, दर्शकलगायत खेलप्रेमीको स्वागतार्थ विभिन्न स्थानमा स्वागतद्वार निर्माण गर्न थालिएको छ। वीरेन्द्रनगरका बजार क्षेत्रमा दशौँ राष्ट्रिय खेलकुदको प्रचारप्रसारका लागि माइकिङ भइरहेको छ।

घरेलु खेलकुद सबैभन्दा ठूलो प्रतियोगिताको औपचारिक उद्घाटन यही मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा हुने तय भए पनि मुख्य खेलहरू यही मङ्सिर ८ गतेदेखि सुरु हुँदैछन्। यतिबेला खेलकुदको ‘महाकुम्भ’ दशौँ राष्ट्रिय खेलकुदको व्यग्र प्रतीक्षा सुरु भएको छ। राष्ट्रिय खेलकुद नवौँ संस्करण यसअघि २०७९ साल कात्तिकमा गण्डकी प्रदेशको पोखरामा सम्पन्न भएको थियो।

प्रतियोगिता नजिकिएसँगै विदेशमा रहेका खेडाली स्वदेश फर्कन थालेका छन्। कतिपय खेलाडी बन्द प्रक्षिणमा जुटिसकेका छन्। दशौँ राष्ट्रिय खेलकुदमा ३२ खेलका ३८४ इभेन्ट्स समावेश छन्। प्रतियोगिताका खेल सात जिल्लामा सञ्चालन हुनेछन्।

सुर्खेतमा मात्रै २३ खेल आयोजना हुनेछन् भने लुम्बिनी प्रदेशको नेपालगन्ज र बर्दिया तथा कर्णालीको सल्यानमा समान दुई तथा दैलेख, कालीकोट र पश्चिम रुकुममा समान एक खेल हुनेछन्।

कर्णालीका मुख्यमन्त्री शाही प्रतियोगिताका लागि पूर्वाधार निर्माण सम्पन्न भइसकेको र खेलका लागि तयारी अवस्थामा रहेको बताउँछन्। 'पूर्वाधार सामान्य मर्मत गर्नेबाहेक सबै खेल स्थान प्रतियोगिताका लागि तयारी भइसकेका छन्, कतिपय खेल सामग्री आइसकेका छन्, कति आउने क्रममा छन्', मुख्यमन्त्री शाहीले भने।

मुख्यमन्त्रीको अध्यक्षतामा बसेको सुरक्षा अधिकारीको बैठकले प्रतियोगितामा सुरक्षा कमजोरी हुन नदिन सुरक्षा तैनाथी बढाउने र सिसीटिभी क्यामेराबाट निगरानी गर्ने निर्णय गरेको छ। प्रतियोगिताको सुरक्षार्थ दुई हजार सुरक्षाकर्मी खटिनेछन्।

प्रतियोगितास्थल, मुख्य चोक तथा नगर क्षेत्रमा २०० भन्दा बढी सिसीटिभी क्यामेरा जडान गरिएका छन्। प्रतियोगितामा सहभागी हुन आउने खेलाडी, प्रशिक्षक, अतिथि तथा खेलप्रेमीलाई आवासको अप्ठ्यारो भोग्नु नपरोस् भनेर होटलमा पर्याप्त कोठाको व्यवस्था गरिएको छ।

प्रतियोगितालाई व्यवस्थित बनाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सिङ्गो टोली सुर्खेतमा खटिएको छ। विभिन्न उपसमिति निर्माण गरेर तयारीका कामलाई तीव्र पारिएको दशौँ राष्ट्रिय खेलकुद प्रचारप्रसार उपसमितिका संयोजक मोनालिसा खम्बुले जानकारी दिए।

यसअघि २०३८ सालमा काठमाडौंमा पहिलो, २०४० सालमा पोखरामा दोस्रो, २०४२ सालमा वीरगन्जमा तेस्रो, २०५५ सालमा नेपालगन्जमा चौथो, २०६५ मा काठमाडौंमा पाँचौँ, २०६८ मा सुदूरपश्चिममा छैटौँ, २०७३ मा पूर्वाञ्चलमा सातौँ र २०७५/७६ मा लुम्बिनीमा आठौँ राष्ट्रिय खेलकुद आयोजना भएको थियो।

एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा

प्रतियोगितामा कुल एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुँदैछ। राखेपका अनुसार ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कास्य गरी कुल एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको औपचारिक उद्घाटनअगावै कतिपय खेल सञ्चालन हुने संयोजक खम्बुले जानकारी दिए। प्रतियोगिता उद्घाटनअघि विभिन्न १० खेल सञ्चालन हुनेछन्।

प्रतियोगितामा सात प्रदेशसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपिएफ) र एनआरएनए गरी ११ टोलीको सहभागिता रहने छ। दशौँ राष्ट्रिय खेलकुदमा ३२ खेलका ३८४ ‘इभेन्ट्स’ समावेश छन्।

प्रत्येक टोलीबाट ३९४ महिला र ३४६ पुरुष गरी कुल ७४० खेलाडी सहभागी हुनेछन्। त्यस्तै, प्रत्येक टोलीबाट ८१ प्रशिक्षक र ४१ व्यवस्थापक रहनेछन्। राखेपले पदक विजेतालाई नगद पुरस्कार दिने व्यवस्था गरेको छ। जसमा व्यक्तिगततर्फ स्वर्ण जित्नेले रु २० हजार, रजतले रु १५ हजार र कास्य विजेताले रु आठ हजार पाउनेछन्।

त्यसैगरी, टोली स्पर्धामा स्वर्ण पदक विजेताले रु १५ हजार, रजतले रु १० हजार र कास्यले रु आठ हजार प्राप्त गर्नेछन्। प्रतियोगिताका लागि २५८ अन्तरराष्ट्रिय र ७७२ राष्ट्रिय निर्णायक रहनेछन्। त्यस्तै, ३४९ स्थानीय सहयोगी र खेल सङ्घका ९६ प्रतिनिधि पनि प्रतियोगितामा परिचालित हुने राखेपले जनाएको छ।

प्रतियोगिताका चार खेल लुम्बिनी प्रदेशमा सञ्चालन हुनेछन्। प्रतियोगिताअन्तर्गत बाँकेमा पौडी र सुटिङ तथा बर्दियामा खोखो र टेनिस खेल हुँदैछन्। ती खेल सञ्चालनका लागि आवश्यक पूर्वाधार मर्मत तथा व्यवस्थापन भइसकेको साविक मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले जानकारी दिए।

नेपालगन्ज रङ्गशालास्थित पौडी पोखरीमा पौडी र सुटिङ तथा बर्दियाको ठाकुरबाबा नगरपालिकाको भूरीगाउँस्थित कभर्ड हलमा खोखो र गुलरियास्थित कभर्ड हलमा टेनिस खेल हुनेछ। दशौँ राष्ट्रिय खेलकुदको समापन भने यही मङ्सिर २७ गते सुर्खेतमा हुनेछ। रासस

प्रकाशित: ६ मंसिर २०८३ ०७:०९ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को व्यग्र प्रतीक्षामा कर्णाली

दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को व्यग्र प्रतीक्षामा कर्णाली

बहुप्रतीक्षित दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा ‘मुकाम’ राखेर तयारी समितिका बैठकहरू चल...

#कर्णाली #खेलकुद #तयारी
Compare →
Ekantipur
2d ago
दसौं राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा

दसौं राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा

१० खेलको प्रतिस्पर्धा उद्घाटन अघि नै सुरु हुने, स्वर्णसहित सबै पदक विजेतालाई नगद पुरस्कार, ७२ करोडसम्म खर्च गर्न सकिने

#खेलकुद #तयारी #अन्तिम
Compare →
Onlinekhabar
1d ago
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका तयारी ९० प्रतिशत पूरा : मुख्यमन्त्री शाही

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका तयारी ९० प्रतिशत पूरा : मुख्यमन्त्री शाही

४ मंसिर, सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको प्रदेश सरकारले जनाएको छ । खेलस्थल व्यवस्थापन, खेलाडीको पोसाक, खेल सामग्री, सुरक्षा, स्वास्थ्य सेवा र उद्घाटन समारोहको …

#खेलकुद #तयारी
Compare →
Bizshala
1d ago
स्थानीय तहको निर्वाचन तयारीमा आयोगको सक्रियता तीव्र, आज राष्ट्रिय दलहरूसँग छलफल

स्थानीय तहको निर्वाचन तयारीमा आयोगको सक्रियता तीव्र, आज राष्ट्रिय दलहरूसँग छलफल

काठमाण्डौ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि...

#तयारी
Compare →

Related Stories

Sports
Build #2612