Trending
Prev Story
Next Story

१०औं राष्ट्रिय खेलकुद : महिला र पुरुष क्रिकेटको खेल तालिका सार्वजनिक

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions 4 comments

६ मंसिर, काठमाडौं । दशौं राष्ट्रिय खेलकुदअन्तर्गत क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । सार्वजनिक खेल तालिकाअनुसार पुरुष र महिला दुवैतर्फका खेलहरु मंसिर ८ गतेबाट सुरु हुनेछन् । पुरुषतर्फ सात प्रदेश, तीन विभागीय र एनआरएनएको सहभागिता …

1 / 3
Swipe Photos

६ मंसिर, काठमाडौं । दशौं राष्ट्रिय खेलकुदअन्तर्गत क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । सार्वजनिक खेल तालिकाअनुसार पुरुष र महिला दुवैतर्फका खेलहरु मंसिर ८ गतेबाट सुरु हुनेछन् ।

पुरुषतर्फ सात प्रदेश, तीन विभागीय र एनआरएनएको सहभागिता छ भने महिलातर्फ एनआरएनए र नेपाल पुलिस क्लबले सहभागिता जनाएको छैन । पुरुषतर्फको पहिलो खेलमा मंसिर ८ गते बिहान ९ बजे सुदूरपश्चिम रोयल्स र कर्णाली प्रदेश प्रतिस्पर्धा गर्नेछन् । दिउँसो सवा एक बजे गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लब खेल्नेछन् ।

महिलातर्फको पहिलो खेलमा मंसिर ८ गते नै बिहान साढे ९ बजे त्रिभुवन आर्मी क्लब र कोशी प्रदेश भिड्नेछन् । दोस्रो खेल दिउँसो सवा एक बजे सशस्त्र प्रहरी बल (एपीएफ) र लुम्बिनी प्रदेश प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फका खेलहरु सुर्खेतस्थित कालुनचोक क्रिकेट मैदान र महिलातर्फका खेल विरेन्द्रनगर क्रिकेट मैदानमा हुनेछन् ।

पुरुषतर्फ सहभागी ११ टिमलाई चार समूहमा बाँडिएको छ । समूह ‘ए’ मा आर्मी, गण्डकी र एनआरएनए छन् । समूह ‘बी’ मा सुदूरपश्चिम, लुम्बिनी र कर्णाली, समूह ‘सी’ मा एपीएफ, कोशी र बागमति तथा समूह ‘डी’ मा मधेश र पुलिस छन् । प्रत्येक समूहका शीर्ष एकएक टोली सेमिफाइनलमा पुग्नेछन् ।

महिलातर्फ समूह ‘ए’ मा आर्मी, कोशी र कर्णाली, समूह ‘बी’ मा एपीएफ, लुम्बिनी र मधेश तथा समूह ‘सी’ मा बागमती, सुदूरपश्चिम र गण्डकी छन् । प्रत्येक समूहका शीर्ष एकएक टोली र दोस्रो स्थानमा रहनेमध्ये धेरै अंक भएको एक टोली सेमिफाइनलमा पुग्नेछन् । महिलातर्फ मंसिर १४ र पुरुषतर्फ १५ गते फाइनल खेल हुनेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
2d ago
प्रधानमन्त्री शाह मंसिर ६ गते भारत भ्रमणमा जाने, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री शाह मंसिर ६ गते भारत भ्रमणमा जाने, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारत जाँदै छन्।

#मंसिर #गते #तालिका
Compare →
Hamro Patro News
6h ago
आइतवारको राशिफलः तपाईँको लागि आजको दिन कत्तिको लाभदायी रहला ?

आइतवारको राशिफलः तपाईँको लागि आजको दिन कत्तिको लाभदायी रहला ?

आज वि.सं. २०८३ मंसिर ६ गते तदनुसार २२ नोभेम्बर २०२६ आइतवार, कार्तिक शुक्लपक्ष त्रयोदशी तिथी, अश्विनी नक्षत्र, चन्द्रराशि : मेष।

#मंसिर #गते
Compare →
Arthasansar
2d ago
नेपाल लाइफ क्यापिटलको १३ औं वार्षिक साधारण आह्वान, यस्ता छन् एजेण्डा

नेपाल लाइफ क्यापिटलको १३ औं वार्षिक साधारण आह्वान, यस्ता छन् एजेण्डा

नेपाल लाइफ क्यापिटलले वार्षिक साधारणसभा आह्वान गरेको छ । क्यापिटलको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर २५ गतेका...

#मंसिर #गते
Compare →
Ekantipur
1d ago
मधेश प्रदेशस्तरीय छनोट क्रिकेटमा सिरहा र धनुषाको जित

मधेश प्रदेशस्तरीय छनोट क्रिकेटमा सिरहा र धनुषाको जित

राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि राजविराजमा सुरु छनोटको पहिलो दिन सिरहाले आयोजक सप्तरी र धनुषाले महोत्तरीलाई समान ७ विकेटले हराए ।

#क्रिकेट
Compare →

Related Stories

Sports
Build #2612