Trending
Prev Story
Next Story

अस्ट्रेलियाका पूर्व सांसद म्याग्वायरलाई तीन वर्षको जेल सजाय

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

६ मंसिर, सिड्नी । अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यका पूर्व लिबरल सांसद ड्यारिल म्याग्वायरलाई चिनियाँ नागरिकहरूको भिसा आवेदनमा नक्कली रोजगारी प्रायोजन मिलाउने योजनामा संलग्न रहेको अभियोगमा तीन वर्षको जेल सजाय सुनाइएको छ। एनएसडब्ल्यू  जिल्ला अदालतले नोभेम्बर …

अस्ट्रेलियाका पूर्व सांसद म्याग्वायरलाई तीन वर्षको जेल सजाय

६ मंसिर, सिड्नी । अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यका पूर्व लिबरल सांसद ड्यारिल म्याग्वायरलाई चिनियाँ नागरिकहरूको भिसा आवेदनमा नक्कली रोजगारी प्रायोजन मिलाउने योजनामा संलग्न रहेको अभियोगमा तीन वर्षको जेल सजाय सुनाइएको छ।

एनएसडब्ल्यू  जिल्ला अदालतले नोभेम्बर २० मा उनलाई तीन वर्ष कैद सजाय सुनाएको हो। अदालतले एक वर्षको न्यूनतम जेलमा बस्नुपर्ने अवधि तोकेको छ। अर्थात्, उनले कम्तीमा एक वर्ष जेलमा बिताउनुपर्नेछ।

अदालतमा प्रस्तुत प्रमाणअनुसार सन् २०१३ देखि २०१५ सम्म म्याग्वायरले सांसद पदमा रहँदै चीनका १० जना नागरिकका लागि झुटा रोजगारी विवरणसहित भिसा आवेदन तयार पार्ने षड्यन्त्रमा सहयोग गरेका थिए।

अदालतमा भएको सुनुवाइका क्रममा उनले एनएसडब्ल्यूको रिभरिना क्षेत्रका विभिन्न व्यवसायीहरूसँग सम्पर्क गरी चिनियाँ नागरिकलाई रोजगारी दिने प्रायोजनका लागि व्यवसायहरू खोज्न सहयोग गरेको खुलासा भएको थियो।

ती व्यवसायहरूले वास्तविक रूपमा रोजगारी दिने योजना नभए पनि भिसा प्रयोजनका लागि कामदारलाई कर्मचारीका रूपमा देखाउने व्यवस्था गरिएको थियो। यस प्रक्रियामा व्यवसायीहरूलाई नगद रकमसमेत दिइएको अदालतमा प्रस्तुत प्रमाणले देखाएको थियो।

न्यायाधीश इयान बोर्कले म्याग्वायरले उक्त योजनाको योजना निर्माण र कार्यान्वयनमा महत्त्वपूर्ण भूमिका खेलेको ठहर गरेका छन्।

म्याग्वायर सन् १९९९ देखि २०१८ सम्म करिब २० वर्ष वागा वागा क्षेत्रबाट एनएसडब्ल्यू संसदमा प्रतिनिधित्व गरेका थिए। उनी लिबरल पार्टीका सांसद हुनुका साथै सरकार र प्रतिपक्ष दुवै समयमा संसदीय सचेतकको जिम्मेवारीमा समेत रहेका थिए।

यसअघि उनी एनएसडब्ल्यूका पूर्व मुख्यमन्त्री ग्लेडिस बेरेजिक्लियनसँगको व्यक्तिगत सम्बन्धका कारण पनि चर्चामा आएका थिए। उक्त भिसा प्रकरणमा बेरेजिक्लियनको संलग्नता रहेको आरोप भने लगाइएको छैन।

म्याग्वायरका कानुनी प्रतिनिधिले अदालतको फैसलाविरुद्ध पुनरावेदन गर्ने संकेत गरेका छन्। पुनरावेदनको प्रक्रिया चलिरहँदा जेलबाहिर बस्न पाउनुपर्ने उनको जमानत निवेदनसमेत अदालतले अस्वीकार गरेको थियो।

फैसलापछि उनलाई अदालतबाटै हिरासतमा लिइएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
18m ago
अस्ट्रेलियाका पूर्व सांसद ड्यारिल म्याग्वायरलाई तीन वर्षको जेल सजाय

अस्ट्रेलियाका पूर्व सांसद ड्यारिल म्याग्वायरलाई तीन वर्षको जेल सजाय

एन् एस् डब्ल्यू जिल्ला अदालतले नोभेम्बर २० मा उनलाई तीन वर्ष कैद सजाय सुनाएको हो । अदालतले एक वर्षको गैरप्यारोल अवधि (न्यूनतम जेलमा बस्नुपर्ने अवधि) तोकेको छ । अर्थात्, उनले कम्तीमा एक वर्ष जेलमा बिताउनुपर्नेछ ।

#जेल #सजाय #अस्ट्रेलिया
Compare →
Nagarik News
1d ago
अमेरिकामा भारतीय नागरिकलाई १९ वर्ष ७ महिना जेल सजाय, के हो घटना ?

अमेरिकामा भारतीय नागरिकलाई १९ वर्ष ७ महिना जेल सजाय, के हो घटना ?

न्यायाधीशले जेल सजाय पूरा भएपछि उनलाई अमेरिकाबाट निष्कासन गर्ने कानुनी प्रक्रिया सुरु गरिने बताएका छन्।

#जेल #सजाय
Compare →
Hamro Patro News
1d ago
अस्ट्रेलियाको संसद् भवनअगाडि गाई र घोडाको गोबर फालेर प्रदर्शन

अस्ट्रेलियाको संसद् भवनअगाडि गाई र घोडाको गोबर फालेर प्रदर्शन

क्यानबेरा । अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित संघीय संसद् भवनअगाडि जलवायु परिवर्तनसम्बन्धी सरकारी नीतिको विरोध गर्दै प्रदर्शनकारीहरूले गाई र घोडाको गोबर फालेका छन् । जलवायु अभियानमा सक्रिय राइज...

#अस्ट्रेलिया
Compare →

Related Stories

World News
Build #2612