Trending
Prev Story
Next Story

दशौँ राष्ट्रिय खेलकुदको खेलस्थल तालिका सार्वजनिक

Nagarik News •
November 22, 2026 • 01:33 AM
3
3 reads 0 reactions

यही मङ्सिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश ३२ खेलको प्रतियोगिता स्थल सार्वजनिक गरिएको छ।

दशौँ राष्ट्रिय खेलकुदको खेलस्थल तालिका सार्वजनिक

यही मङ्सिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश ३२ खेलको प्रतियोगिता स्थल सार्वजनिक गरिएको छ।

राष्ट्रिय खेलकुद परिषद्ले आज सार्वजनिक गरेको विवरणमा एथ्लेटिक्स, महिला र पुरुष क्रिकेट, ह्यान्डबल, बास्केटबल, रग्बी, सेपकताक्रो, हक्की, भलिबल, कबड्डी सुर्खेतमा सञ्चालन हुने उल्लेख छ।

त्यस्तै, कराते, ब्याडमिन्टन, फुल कन्ट्याक्ट कराते, टेबुल टेनिस, उसु, तेक्वान्दो, जिम्न्याष्टिक, बक्सिङ, स्क्वास, आर्चरी, भारत्तोलन, साइक्लिङ, इस्पोर्टस् पनि सुर्खेतकै विभिन्न स्थानमा सञ्चालन हुने परिषद्का सदस्यसचिव रामचरित्र मेहत्ताले जानकारी दिए। उनका अनुसार टेनिस, महिला तथा पुरुष खो–खो (बर्दिया), पौडी र सुटिङ (नेपालगञ्ज) हुनेछ।

त्यस्तै, जुडो र कुस्ती (सल्यान), आइटिएफ तेक्वान्दो (दैलेख), महिला तथा पुरुष फुटबलको सेमी र फाइनल खेल (जुम्ला), बुद्धिचाल (कालीकोट), शारीरिक सुगठन (पश्चिम रुकुम)मा हुनेछ।

सदस्यसचिव मेहत्ताका अनुसार सुर्खेतमा २२, सल्यानमा दुई, जुम्ला, कालीकोट, दैलेख र रुकुमपश्चिममा एक/एक खेल हुनेछन्।

त्यस्तै, बाँके र बर्दियामा दुई/दुई खेल सञ्चालन गरिनेछ। केही खेल यही मङ्सिर ८ गतेदेखि सुरु हुने भए पनि प्रतियोगिताको औपचारिक समुद्घाटन भने यही मङ्सिर १६ गते गरिने छ।

प्रतियोगितामा ६ हजार खेलाडी र तीन हजार अफिसियल्स गरी करिब नौ हजारको सहभागिता रहने आयोजकले जनाएको छ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रवीन्द्र चन्दले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताए। उनका अनुसार प्रतियोगितालाई व्यवस्थित र प्रभावकारी तुल्याउन आयोजक मूल समारोह समितिसहित विभिन्न १४ वटा समिति गठन गरिएको छ।

प्रकाशित: ६ मंसिर २०८३ ०७:१८ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
2d ago
दशौँ राष्ट्रिय खेलकुदका ४  खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

दशौँ राष्ट्रिय खेलकुदका ४  खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

नेपालगन्जदेखि भुरीगाउँसम्म खेलस्थल सजिँदै छन्, जहाँ राष्ट्रिय खेलाडीले घरेलु दर्शकसामु पदकका लागि उत्कृष्ट प्रदर्शन गर्नेछन्।

#खेलकुद #दशौँ
Compare →
Hamro Patro News
2d ago
दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

बर्दिया । कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका चार खेल लुम्बिनी प्रदेशमा सञ्चालन हुने भएसँगै त्यसको तयारी तीव्र पारिएको छ। प्रतियोगिताअन्तर्गत बाँकेमा पौडी र सुटिङ तथा ब...

#खेलकुद #दशौँ
Compare →
Onlinekhabar
1d ago
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका तयारी ९० प्रतिशत पूरा : मुख्यमन्त्री शाही

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका तयारी ९० प्रतिशत पूरा : मुख्यमन्त्री शाही

४ मंसिर, सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको प्रदेश सरकारले जनाएको छ । खेलस्थल व्यवस्थापन, खेलाडीको पोसाक, खेल सामग्री, सुरक्षा, स्वास्थ्य सेवा र उद्घाटन समारोहको …

#खेलकुद
Compare →

Related Stories

Sports
Build #2612