Trending
Prev Story
Next Story

नरेश श्रेष्ठ स्मृति यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता १० मंसिरदेखि

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions 4 comments

६ मंसिर, काठमाडौं । नरेश श्रेष्ठ स्मृति यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता मंसिर १० देखि २४ गतेसम्म सुदूरपश्चिम प्रदेशका धनगढी र महेन्द्रनगरमा सञ्चालन हुने भएको छ। प्रतियोगितामा सात प्रदेशका टोलीले प्रतिस्पर्धा गर्नेछन्। सहभागी टोलीले राउन्ड रोबिन …

नरेश श्रेष्ठ स्मृति यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता १० मंसिरदेखि

६ मंसिर, काठमाडौं । नरेश श्रेष्ठ स्मृति यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता मंसिर १० देखि २४ गतेसम्म सुदूरपश्चिम प्रदेशका धनगढी र महेन्द्रनगरमा सञ्चालन हुने भएको छ।

प्रतियोगितामा सात प्रदेशका टोलीले प्रतिस्पर्धा गर्नेछन्। सहभागी टोलीले राउन्ड रोबिन प्रणालीमा एकअर्कासँग खेल्नेछन्। लिग चरणको अन्त्यमा शीर्ष दुई स्थानमा रहने टोलीबीच मंसिर २४ गते फाइनल खेल हुनेछ। सबै खेल बिहान ९ बजे सुरु हुनेछन्।

प्रतियोगिताका खेल धनगढीस्थित फाप्ला क्रिकेट मैदान र महेन्द्रनगरमा सञ्चालन हुनेछन्। नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको खेलतालिकाअनुसार प्रतियोगिताको पहिलो दिन मंसिर १० गते सुदूरपश्चिम र लुम्बिनी प्रदेशबीच खेल हुनेछ। सोही दिन महेन्द्रनगरमा कर्णाली र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ।

यसअघि सन् २०२४ नोभेम्बरमा विराटनगरमा भएको प्रतियोगिताको पछिल्लो संस्करण सुदूरपश्चिम प्रदेशको टोलीले जितेको थियो।

दुई वर्षपछि हुन लागेको प्रतियोगितामा सुदूरपश्चिमले उपाधि रक्षा गर्ने लक्ष्य राख्नेछ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
8h ago
दीपेन्द्रको रणनीतिक कमान्डमा सुदूरपश्चिमको शानदार विजय

दीपेन्द्रको रणनीतिक कमान्डमा सुदूरपश्चिमको शानदार विजय

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित ग...

#क्रिकेट #सुदूरपश्चिम
Compare →
Ekantipur
20h ago
शेर मल्लले तेस्रो पटक एनपीएल जित्लान् ?

शेर मल्लले तेस्रो पटक एनपीएल जित्लान् ?

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा साँझ ५ बजे हुने फाइनलमा लुम्बिनी उपाधि जोगाउने र सुदूरपश्चिम पहिलो उपाधि जित्ने लक्ष्यमा छन्।

#क्रिकेट #सुदूरपश्चिम
Compare →

Related Stories

Sports
Build #2612