Trending
Prev Story
Next Story

शेर मल्लले तेस्रो पटक एनपीएल जित्लान् ?

Ekantipur •
November 21, 2026 • 10:32 AM
3
3 reads 0 reactions

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा साँझ ५ बजे हुने फाइनलमा लुम्बिनी उपाधि जोगाउने र सुदूरपश्चिम पहिलो उपाधि जित्ने लक्ष्यमा छन्।

शेर मल्लले तेस्रो पटक एनपीएल जित्लान् ?

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा साँझ ५ बजे हुने फाइनलमा लुम्बिनी उपाधि जोगाउने र सुदूरपश्चिम पहिलो उपाधि जित्ने लक्ष्यमा छन्।

काठमाडौँ — लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो सिजनको उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा फाइनल खेल नेपाली समयअनुसार साँझ ५ बजे सुरु हुनेछ ।

लुम्बिनी उपाधि रक्षा गर्ने अभियानमा हुनेछ भने सुदूरपश्चिम पहिलो पटक उपाधि जित्ने दाउमा रहेको छ । गत वर्ष लुम्बिनीले सुदूरपश्चिमलाई नै एकतर्फी फाइनलमा पराजित गरेको थियो ।

सुदूरपश्चिम लगातार तेस्रो सिजन एनपीएलको फाइनल खेल्दै छ । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम पहिलो सिजनको फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।

लुम्बिनी लायन्स र सुदूरपश्चिम एनपीएलमा छैटौं पटक खेल्दैछन् । यी दुईबीचको प्रतिस्पर्धामा पहिलो दुई पटक सुदूरपश्चिमले जितेको थियो भने त्यसपछिका तीन भिडन्तमा लुम्बिनीले एकतर्फी बाजी मार्दै आएको छ । त्यसमध्येका दुई खेल यसै सिजनका हुन् ।

रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले लिग चरण र क्वालिफायर १ मा सुदूरपश्चिमलाई कुनै मौका दिएको थिएन । लुम्बिनीले उपाधि जितेमा टोलीका शेर मल्ल तीनै पटक एनपीएल उपाधि जित्ने खेलाडी बन्नेछन् । पहिलो सिजनमा शेर जनकपुरमा थिए ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
11h ago
एनपीएल फाइनल आज : लुम्बिनी भर्सेस सुदूरपश्चिम, कसले जित्ला उपाधि ?

एनपीएल फाइनल आज : लुम्बिनी भर्सेस सुदूरपश्चिम, कसले जित्ला उपाधि ?

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको उपाधिका लागि शनिबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैद...

#एनपीएल #सुदूरपश्चिम #लुम्बिनी
Compare →
Nagarik News
8h ago
एनपीएलको उपाधिका लागि आज सुदूरपश्चिम र लुम्बिनी भिड्दै, खेल ५ बजेदेखि सुरु हुने

एनपीएलको उपाधिका लागि आज सुदूरपश्चिम र लुम्बिनी भिड्दै, खेल ५ बजेदेखि सुरु हुने

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको फाइनलमाआज सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स खेल्दै छन्।

#एनपीएल #सुदूरपश्चिम #लुम्बिनी
Compare →
Arthasansar
8h ago
एनपीएल सिजन ३ : उपाधिका लागि लुम्बिनी र सुदुरपश्चिम भिड्दै

एनपीएल सिजन ३ : उपाधिका लागि लुम्बिनी र सुदुरपश्चिम भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको उपाधि भिडन्त आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज साँझ ५ः००...

#एनपीएल #लुम्बिनी #क्रिकेट
Compare →
Onlinekhabar
1d ago
एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुनेछ । लगातार दोस्रो …

#एनपीएल #सुदूरपश्चिम #लुम्बिनी
Compare →
Bizshala
23h ago
एनपीएल फाइनलको टिकट केही मिनेटमै सकियो, एकैपटक दुई लाखले खोजे टिकट

एनपीएल फाइनलको टिकट केही मिनेटमै सकियो, एकैपटक दुई लाखले खोजे टिकट

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनल खेलका लागि टिकट खरिद गर्न खोज्ने दर्शकको अत्यधिक चाप...

#एनपीएल
Compare →

Related Stories

Sports
Build #2612