Trending
Prev Story
Next Story

एनपीएल फाइनल आज : लुम्बिनी उपाधि जोगाउने, सुदूरपश्चिम इतिहास रच्ने दाउमा

Nagarik News •
November 21, 2026 • 12:52 AM
1
1 reads 0 reactions

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच आज (शनिबार) प्रतिस्पर्धा हुँदैछ।

एनपीएल फाइनल आज : लुम्बिनी उपाधि जोगाउने, सुदूरपश्चिम इतिहास रच्ने दाउमा

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच आज (शनिबार) प्रतिस्पर्धा हुँदैछ। लुम्बिनी लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ भने लगातार तेस्रो पटक फाइनल पुगेको सुदूरपश्चिम पहिलो उपाधिको खोजीमा छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने फाइनलअघि दुवै टोलीका कप्तानले उपाधि जित्ने आत्मविश्वास व्यक्त गरेका छन्।

लुम्बिनीका कप्तान रोहित पौडेलले पर्याप्त विश्राम र अभ्यासपछि टोली फाइनलका लागि तयार रहेको बताए। उनका अनुसार टोलीले तीन दिनको विश्राममध्ये दुई दिन आराम र एक दिन अभ्यासमा बिताएको थियो।

लिग चरणमा शीर्ष स्थान हासिल गर्दै प्लेअफमा पुगेको र जितको लय कायम राखेको भए पनि फाइनलमा त्यसले मात्र नतिजा निर्धारण नगर्ने पौडेलले बताए। क्रिकेट सामूहिक प्रदर्शनमा निर्भर रहने खेल भएकाले उपाधि जित्न मैदानमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने उनको भनाइ थियो।

एनपीएलमा सुदूरपश्चिमविरुद्ध पछिल्ला तीन खेल जितेको भए पनि उसलाई कमजोर आँक्न नहुने पौडेलले बताए। सुदूरपश्चिम बलियो प्रतिद्वन्द्वी भएकाले फाइनलमा उत्कृष्ट खेल प्रदर्शन गर्नुपर्ने उनको भनाइ थियो।

लगातार दोस्रो पटक कप्तानका रूपमा उपाधि जित्ने अवसरलाई व्यक्तिगत उपलब्धिभन्दा पनि टोलीको सफलताका रूपमा लिएको उनले बताए। फाइनलसम्म आइपुग्न सबै खेलाडीले मिहिनेत गरेकाले उपाधि जित्नु टोलीका लागि महत्त्वपूर्ण रहेको उनको भनाइ थियो।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले पहिलो क्वालिफायरमा लुम्बिनीसँग व्यहोरेको हारको बदला लिँदै उपाधि जित्ने लक्ष्य रहेको बताए। उनले लुम्बिनीको बलियो बलिङ आक्रमणलाई फाइनलको मुख्य चुनौतीका रूपमा लिएको उल्लेख गरे।

फाइनलका लागि टोलीको तयारी राम्रो भइरहेको बताउँदै ऐरीले लुम्बिनीको बलिङ सामना गर्ने रणनीतिमा विशेष ध्यान दिइएको जानकारी दिए। जारी प्रतियोगितामा विदेशी खेलाडी आउने र जाने क्रमले टोलीको संयोजनमा परिवर्तन गर्नुपरेको उनले बताए। विदेशी खेलाडी बाहिरिँदा नयाँ खेलाडी भित्र्याउनुपर्ने अवस्थाले ब्याटिङ क्रम व्यवस्थापनमा चुनौती थपिएको उनको भनाइ थियो।

लगातार तेस्रो पटक फाइनल पुगेको सुदूरपश्चिम यसअघि दुवै संस्करणमा उपविजेतामा सीमित भएको थियो। यस पटक भने टोली पहिलो पटक उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रनेछ।

प्रकाशित: ५ मंसिर २०८३ ०६:३७ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
8h ago
एनपीएल फाइनल : लुम्बिनी उपाधि जोगाउने, सुदूरपश्चिम इतिहास रच्ने दाउमा

एनपीएल फाइनल : लुम्बिनी उपाधि जोगाउने, सुदूरपश्चिम इतिहास रच्ने दाउमा

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच शनिबार प्रतिस्पर्धा हुँदैछ । लुम्बिनी लगातार दोस्रोपटक उपाधि जित्ने लक्ष...

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
Compare →
Bizshala
1d ago
चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनलमा पुगेपछि लुम्बिनीसँगै उपाधि भिडन्त

चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनलमा पुगेपछि लुम्बिनीसँगै उपाधि भिडन्त

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधि भिडन्तमा फेरि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोएल्स...

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
Compare →
Onlinekhabar
1d ago
एनपीएल सिजन–३ को उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्ने

एनपीएल सिजन–३ को उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्ने

३ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोएल्स भिड्ने भएका छन् । बिहीबार भएको दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै …

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
Compare →
Ekantipur
8m ago
एनपीएल सिजन ३ : उत्कृष्ट टिम बन्ने अवसरमा लुम्बिनी र सुदूरपश्चिम

एनपीएल सिजन ३ : उत्कृष्ट टिम बन्ने अवसरमा लुम्बिनी र सुदूरपश्चिम

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा शनिबार नेपाल प्रिमियर लिगको फाइनल हुँदा इतिहासकै सबैभन्दा दुई राम्रा टिमबीच प्रतिस्पर्धा

#एनपीएल #प्रिमियर-लिग #फाइनल
Compare →
Arthasansar
1d ago
टस जितेर चितवनले रोज्यो ब्याटिङ, सुदूरपश्चिम फिल्डिङमा

टस जितेर चितवनले रोज्यो ब्याटिङ, सुदूरपश्चिम फिल्डिङमा

चितवन राइनोजले जारी नेपाल प्रिमियर लिग सिजन ३ अन्तर्गत आजको खेलमा टस जितेको छ। । फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँग...

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →

Related Stories

Sports
Build #2612