Trending
Prev Story
Next Story

बन्चरो प्रहारबाट श्रीमती र दुई छोराछोरीको हत्या, एक छोरा गम्भीर घाइते

Ekantipur •
November 21, 2026 • 10:32 AM
3
3 reads 0 reactions

दैलेखको चामुण्डा बिन्द्रासैनीमा घरायसी विवादका क्रममा बन्चरो प्रहार गरेका थिए । घटनामा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बन्चरो प्रहारबाट श्रीमती र दुई छोराछोरीको हत्या, एक छोरा गम्भीर घाइते

दैलेखको चामुण्डा बिन्द्रासैनीमा घरायसी विवादका क्रममा बन्चरो प्रहार गरेका थिए । घटनामा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दैलेख — दैलेखको चामुण्डा बिन्द्रासैनीको पानीखोलामा एक व्यक्तिले बन्चरो प्रहार गरी श्रीमती र दुई छोराछोरीको हत्या गरेका छन् भने अर्का एक छोरा गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी पुष्पराज रोकायका अनुसार घरायसी विवादका क्रममा ३८ वर्षीय अम्बर सलामी मगरले आज बिहान १०ः३५ बजे दाउरा काट्ने बन्चरोले श्रीमती र तीन छोराछोरीको टाउकोमा प्रहार गरेका थिए ।

गम्भीर घाइते ३५ वर्षीया श्रीमती मनिसा, १२ वर्षीय छोरा तपेन्द्र, ६ वर्षीय छोरा मिलन र ३ वर्षीया छोरी करिस्मालाई उपचारका लागि एम्बुलेन्समार्फत दुल्लुस्थित नगर अस्पताल लगिएको थियो ।

अस्पतालमा चिकित्सकले परीक्षण गर्दा तपेन्द्र र करिस्मालाई बिहान ११ः१० बजे मृत घोषणा गरेका थिए । मनिसालाई थप उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पताल कालागाउँ पठाइएकामा दिउँसो २ः३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए । गम्भीर घाइते मिलनको उपचार भइरहेको छ ।

घटनास्थल प्रहरी चौकी हाँडाकोटबाट करिब तीन किलोमिटर टाढा पर्छ । घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी निरीक्षक सरोज कँडेलको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो ।

घटनामा संलग्न अम्बरलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको सूचना अधिकारी रोकायले जानकारी दिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2h ago
दैलेखमा श्रीमती र ३ छोराछोरीमाथि बाबुले गरे बञ्चरो प्रहार, दुईले गुमाए ज्यान

दैलेखमा श्रीमती र ३ छोराछोरीमाथि बाबुले गरे बञ्चरो प्रहार, दुईले गुमाए ज्यान

५ मंसिर, सुर्खेत । बाबुले बञ्चरो प्रहार गर्दा दैलेखमा दुई सन्ताको मृत्यु भएको छ भने श्रीमतीसहित अर्का एक जना छोरा गम्भीर घाइते भएका छन् । चामुन्डा बिन्द्रासैनी नगरपालिका–३, पानीखोलाका ३८ वर्षीय अम...

#प्रहार #दैलेख #श्रीमती
Compare →
Onlinekhabar
23h ago
दैलेखमा श्रीमान्‌को बञ्चरो प्रहारबाट घाइते श्रीमतीको पनि मृत्यु (अपडेट)

दैलेखमा श्रीमान्‌को बञ्चरो प्रहारबाट घाइते श्रीमतीको पनि मृत्यु (अपडेट)

५ मंसिर, सुर्खेत । दैलेखमा श्रीमान्को बञ्चरो प्रहारबाट गम्भीर घाइते भएकी श्रीमती मनिषा सलामी मगरको पनि मृत्यु भएको छ । आफ्नै श्रीमती र तीन सन्तानमाथि चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ पानीखोला गाउँका अम्बर सलामी मगरले बञ्चरो प्रहार गरेका …

#प्रहार #श्रीमती #घाइते
Compare →
Nagarik News
1h ago
घरायसी विवादमा बन्च’ रो प्रहा’र गरी श्रीमती र दुई छोराछोरीको ह’त्या, एक छोरा गम्भीर

घरायसी विवादमा बन्च’ रो प्रहा’र गरी श्रीमती र दुई छोराछोरीको ह’त्या, एक छोरा गम्भीर

घरायसी विवादका क्रममा दैलेखमा ३८ वर्षीय अम्बर सलामी मगरले बन्चरो प्रहार गरी श्रीमती र दुई छोराछोरीको हत्या गरेका छन्।

#श्रीमती #छोराछोरी #छोरा
Compare →

Related Stories

World News
Build #2612