Trending
Prev Story
Next Story

घरायसी विवादमा बन्च’ रो प्रहा’र गरी श्रीमती र दुई छोराछोरीको ह’त्या, एक छोरा गम्भीर

Nagarik News •
November 21, 2026 • 10:16 AM
3
3 reads 0 reactions

घरायसी विवादका क्रममा दैलेखमा ३८ वर्षीय अम्बर सलामी मगरले बन्चरो प्रहार गरी श्रीमती र दुई छोराछोरीको हत्या गरेका छन्।

घरायसी विवादमा बन्च’ रो प्रहा’र गरी श्रीमती र दुई छोराछोरीको ह’त्या, एक छोरा गम्भीर

घरायसी विवादका क्रममा दैलेखमा ३८ वर्षीय अम्बर सलामी मगरले बन्चरो प्रहार गरी श्रीमती र दुई छोराछोरीको हत्या गरेका छन्।

चामुण्डा बिन्द्रासैनी नगरपालिका-३, पानीखोलामा आज बिहान भएको आक्रमणमा उनका अर्का एक छोरा गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी पुष्पराज रोकायका अनुसार मगरले बिहान १०:३५ बजे दाउरा काट्ने बन्चरोले श्रीमती र तीन छोराछोरीको टाउकोमा प्रहार गरेका थिए।

घटनामा ३५ वर्षीया श्रीमती मनिसा सलामी मगर, १२ वर्षीय छोरा तपेन्द्र र तीन वर्षीया छोरी करिस्माको मृत्यु भएको छ भने ६ वर्षीय छोरा मिलनको गम्भीर अवस्थामा उपचार भइरहेको छ।

बन्चरो प्रहारबाट गम्भीर घाइते चारै जनालाई उपचारका लागि एम्बुलेन्समार्फत दुल्लुस्थित नगर अस्पताल लगिएको थियो।

अस्पतालका चिकित्सकले परीक्षणका क्रममा तपेन्द्र र करिस्मालाई बिहान ११:१० बजे मृत घोषणा गरेका थिए। गम्भीर घाइते मनिसालाई थप उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पताल कालागाउँ पठाइएकामा दिउँसो २:३० बजे चिकित्सकले मृत घोषणा गरे।

प्रहरी चौकी हाँडाकोटबाट करिब तीन किलोमिटर टाढा रहेको घटनास्थलमा खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी निरीक्षक सरोज कँडेलको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली पुगेको थियो।

घटनामा संलग्न अम्बरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको सूचना अधिकारी रोकायले जानकारी दिए।

प्रकाशित: ५ मंसिर २०८३ १६:०१ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
1h ago
बन्चरो प्रहारबाट श्रीमती र दुई छोराछोरीको हत्या, एक छोरा गम्भीर घाइते

बन्चरो प्रहारबाट श्रीमती र दुई छोराछोरीको हत्या, एक छोरा गम्भीर घाइते

दैलेखको चामुण्डा बिन्द्रासैनीमा घरायसी विवादका क्रममा बन्चरो प्रहार गरेका थिए । घटनामा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

#श्रीमती #बन्च #प्रहा
Compare →
Onlinekhabar
3d ago
बुङ्गल अटो दुर्घटना : श्रीमती र छोराछोरीलाई दीपक महराको अन्तिम बिदाइ

बुङ्गल अटो दुर्घटना : श्रीमती र छोराछोरीलाई दीपक महराको अन्तिम बिदाइ

२ मंसिर, धनगढी । बझाङको बुङ्गल नगरपालिका–१० टुमेडाका दीपक महराले श्रीमती, छोराछोरी र भतिजीलाई सोमबार बिहान घरबाट बिदाइ गरे । तर यो बिदाइ नै महराका लागि अन्तिम बन्न पुग्यो । पेसाले शिक्षक महराका श्रीमती र छोराछोरी …

#श्रीमती #छोराछोरी #छोरा
Compare →
Hamro Patro News
2h ago
दैलेखमा श्रीमती र ३ छोराछोरीमाथि बाबुले गरे बञ्चरो प्रहार, दुईले गुमाए ज्यान

दैलेखमा श्रीमती र ३ छोराछोरीमाथि बाबुले गरे बञ्चरो प्रहार, दुईले गुमाए ज्यान

५ मंसिर, सुर्खेत । बाबुले बञ्चरो प्रहार गर्दा दैलेखमा दुई सन्ताको मृत्यु भएको छ भने श्रीमतीसहित अर्का एक जना छोरा गम्भीर घाइते भएका छन् । चामुन्डा बिन्द्रासैनी नगरपालिका–३, पानीखोलाका ३८ वर्षीय अम...

#प्रहा #श्रीमती #छोराछोरी
Compare →

Related Stories

National (Nepal)
Build #2612