Trending
Prev Story
Next Story

बुङ्गल अटो दुर्घटना : श्रीमती र छोराछोरीलाई दीपक महराको अन्तिम बिदाइ

Onlinekhabar •
November 18, 2026 • 08:31 AM
3
3 reads 0 reactions

२ मंसिर, धनगढी । बझाङको बुङ्गल नगरपालिका–१० टुमेडाका दीपक महराले श्रीमती, छोराछोरी र भतिजीलाई सोमबार बिहान घरबाट बिदाइ गरे । तर यो बिदाइ नै महराका लागि अन्तिम बन्न पुग्यो । पेसाले शिक्षक महराका श्रीमती र छोराछोरी …

बुङ्गल अटो दुर्घटना : श्रीमती र छोराछोरीलाई दीपक महराको अन्तिम बिदाइ

२ मंसिर, धनगढी । बझाङको बुङ्गल नगरपालिका–१० टुमेडाका दीपक महराले श्रीमती, छोराछोरी र भतिजीलाई सोमबार बिहान घरबाट बिदाइ गरे । तर यो बिदाइ नै महराका लागि अन्तिम बन्न पुग्यो ।

पेसाले शिक्षक महराका श्रीमती र छोराछोरी डडेल्धुराका लागि घरबाट निस्किएका थिए । तर घरभन्दा केही पर नपुग्दै पाँच जना सवार सुपप्र ०१–००१ह७९९८ नम्बरको अटोरिक्सा दुर्घटनामा परेको खबर आयो । भिरमा खसेको अटोमा सवारमध्ये भतिज विक्रम महरा सकुशल भेटिए भने अन्य चार जनाले ज्यान गुमाए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले दुर्घटनामा महराकी श्रीमती २६ वर्षीया राजमती महरा, उनका ७ वर्षीय छोरा रियास, दुई वर्षीया छोरी रियासा र १६ वर्षीया भतिजी तारा महराको घटनास्थलमै मृत्यु बताए । घटनास्थलको काम सकेर उनीहरूको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

अटो चालक बुङ्गल नगरपालिका–११ बस्ने २५ वर्षीय टेकबहादुर पातलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले अटोको ब्रेक फेल हुँदा दुर्घटना भएको बताएका छन् । उनले आफू र एक बालकले हाम फालेर ज्यान जोगाएको बताएका छन् ।

मृतक राजमतीका श्रीमान् दीपक स्थायी शिक्षक हुन् । उनी यसअघि डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा रहेको गणेश माध्यमिक विद्यालयमा पढाउँदै आएका थिए । उनका छोरा रियास र भतिजी तारा पनि सोही विद्यालयमा पढ्दै थिए ।

गत साउनमा दीपकको सरुवा बझाङको बुङ्गल नगरपालिका–८ को सत्य माध्यमिक विद्यालय, तोलीचौरमा भएको थियो । वडाध्यक्ष प्रेम ओखेडाका अनुसार उनले यो शैक्षिक सत्रसम्म छोराछोरीलाई डडेल्धुरामै पढाउने र आगामी शैक्षिक सत्रदेखि आफूसँगै राखेर पढाउने योजना बनाएका थिए ।

तर, परिवारसँगै बस्ने उनको सपना पूरा नहुँदै दुर्घटनाले श्रीमती र छोराछोरीसहित चार सदस्य खोसेको छ ।

ओखेडाका अनुसार उनीहरू दशैँ–तिहारको बिदा मनाएर डडेल्धुरा फर्किंदै थिए ।

दुर्घटनाको खबरले गाउँ नै शोकमा डुबेको छ । परिवारलाई आफूसँगै राखेर छोराछोरीको भविष्य बनाउने सपना देखेका दीपकका लागि यो दुर्घटनाले सहनै नसकिने पीडा दिएको छ ।

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
1d ago
बझाङ अटो दुर्घटनामा मृत्यु भएका चारैजना एकै परिवारका

बझाङ अटो दुर्घटनामा मृत्यु भएका चारैजना एकै परिवारका

बुङ्गलको टुमेडाबाट बिथ्थड बजारतर्फ जाँदै गरेको अटोरिक्सा सडकबाट ९ सय मिटर तल खस्दा चार जनाको मृत्यु भएको हो।

#बुङ्गल #अटो #दुर्घटना
Compare →
Nagarik News
2d ago
बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृ’त्यु

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृ’त्यु

बुङ्गल नगरपालिका–१० टुमेडास्थित भित्री कच्ची सडक खण्डमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

#बुङ्गल #अटो #दुर्घटना
Compare →
Hamro Patro News
2d ago
बझाङमा अटो दुर्घटना, चार जनाको मृत्यु

बझाङमा अटो दुर्घटना, चार जनाको मृत्यु

बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा परी मृत्यु हुनेमा तीन बालबालिकासहित चार जना छन्। प्रहरीका अनुसार सोमबार बिहान १०:२० बजे टुमेडा गाउँबाट व...

#अटो #दुर्घटना
Compare →
Arthasansar
2d ago
बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । बुंगल नगरपालिका–१० को टुमेडामा बिहान...

#अटो #दुर्घटना
Compare →

Related Stories

World News
Build #2612