Trending
Prev Story
Next Story

बझाङ अटो दुर्घटनामा मृत्यु भएका चारैजना एकै परिवारका

Ekantipur •
November 16, 2026 • 10:32 AM
3
3 reads 0 reactions

बुङ्गलको टुमेडाबाट बिथ्थड बजारतर्फ जाँदै गरेको अटोरिक्सा सडकबाट ९ सय मिटर तल खस्दा चार जनाको मृत्यु भएको हो।

बझाङ अटो दुर्घटनामा मृत्यु भएका चारैजना एकै परिवारका

बुङ्गलको टुमेडाबाट बिथ्थड बजारतर्फ जाँदै गरेको अटोरिक्सा सडकबाट ९ सय मिटर तल खस्दा चार जनाको मृत्यु भएको हो।

बझाङ — बुङ्गल नगरपालिका–१० टुमेडामा भएकाे अटोरिक्सा दुर्घटनामा एकै परिवारका चार जनाको मृत्यु भएको छ।

टुमेडा गाउँबाट बिथ्थडचिर गाउँपालिकाको बिथ्थड बजारतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ह ७९९८ नम्बरको अटोरिक्सा सडकबाट करिब ९ सय मिटर तल भीरमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

दुर्घटनामा बुङ्गल नगरपालिका–१० की राजमति महरा, उनका ७ वर्षीय छोरा रियास, २ वर्षीया छोरी रियासा र १६ वर्षीया भतिजी तारा महराको मृत्यु भएको हो।

एउटै परिवारका चार जनाको मृत्यु भएपछि परिवार, आफन्त र गाउँ नै शोकमा डुबेको छ। श्रीमती, छोरा, छोरी र भतिजी गुमाएका दीपक महराको परिवारमा ठूलो बज्रपात परेको वडाध्यक्ष प्रेम ओखेडाले बताए।

उनका अनुसार मृतकहरू दसैं–तिहार मनाएर डडेल्धुरा जान लागेका थिए। स्थायी शिक्षक रहेका दीपक डडेल्धुराको गन्यापधुरा गाउँपालिकास्थित गणेश माध्यमिक विद्यालय बडालमा अध्यापन गराउँदै आएका थिए। छोरा रियास र भतिजी तारा पनि त्यही विद्यालयमा अध्ययनरत थिए। गत साउनमा दीपकको बुङ्गल नगरपालिका–८ स्थित सत्य माध्यमिक विद्यालय तोलीचौरमा सरुवा भएको थियो।

दुर्घटनामा परेको अटोरिक्साका चालक बुङ्गल नगरपालिका–११ का २५ वर्षीय टेकबहादुर पातलीलाई प्रहरीले पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक उपेन्द्र तिमिल्सैनाले बताए। अटोरिक्सामा सवार १३ वर्षीय विक्रम महरा भने सकुशल रहेको प्रहरीले जनाएको छ।

वसन्तप्रताप सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
2h ago
बझाङमा अटो दुर्घटना, चार जनाको मृत्यु

बझाङमा अटो दुर्घटना, चार जनाको मृत्यु

बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा परी मृत्यु हुनेमा तीन बालबालिकासहित चार जना छन्। प्रहरीका अनुसार सोमबार बिहान १०:२० बजे टुमेडा गाउँबाट व...

#मृत्यु #दुर्घटना #टुमेडा
Compare →
Nagarik News
3h ago
बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृ’त्यु

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृ’त्यु

बुङ्गल नगरपालिका–१० टुमेडास्थित भित्री कच्ची सडक खण्डमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

#मृत्यु #दुर्घटना #बुङ्गल
Compare →
Arthasansar
2h ago
बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । बुंगल नगरपालिका–१० को टुमेडामा बिहान...

#मृत्यु #दुर्घटना #बझाङ
Compare →
Onlinekhabar
3h ago
बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक बेपत्ता

३० कात्तिक, धनगढी । बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । बुंगल नगरपालिका–१० को टुमेडामा बिहान साढे १० बजेतिर नम्बर नखुलेको अटो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै …

#मृत्यु #दुर्घटना #बझाङ
Compare →
Bizshala
23h ago
इरानमा बस दुर्घटना : कम्तीमा १० जनाको मृत्यु, १८ घाइते

इरानमा बस दुर्घटना : कम्तीमा १० जनाको मृत्यु, १८ घाइते

काठमाण्डौ । इरानको पश्चिमी प्रान्त इलाममा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने १८ जना...

#मृत्यु #दुर्घटना
Compare →

Related Stories

National (Nepal)
Build #2612