Trending
Prev Story
Next Story

प्रदीप गिरिका विचारमाथि अनुसन्धानदेखि निःशुल्क कानुनी सहायतासम्म, युवालाई अवसर

Ekantipur •
November 16, 2026 • 10:32 AM
3
3 reads 0 reactions

वीरगन्जमा सोमबार प्रदीप गिरि फेलोसिपको आवेदन खुलाउँदै कांग्रेस सभापति गगन थापाले समावेशी लोकतन्त्र र राजनीतिक दृष्टिकोण निर्माणका लागि गिरिका लेख अध्ययन गर्न आग्रह गरे।

प्रदीप गिरिका विचारमाथि अनुसन्धानदेखि निःशुल्क कानुनी सहायतासम्म, युवालाई अवसर

वीरगन्जमा सोमबार प्रदीप गिरि फेलोसिपको आवेदन खुलाउँदै कांग्रेस सभापति गगन थापाले समावेशी लोकतन्त्र र राजनीतिक दृष्टिकोण निर्माणका लागि गिरिका लेख अध्ययन गर्न आग्रह गरे।

पर्सा — नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालजस्तो विविधतायुक्त देशमा लोकतन्त्रलाई समावेशी र सार्थक बनाउने विषयमा स्वर्गीय प्रदीप गिरिका विचार र प्रयास नयाँ पुस्ताका लागि महत्वपूर्ण रहेको बताएका छन्।

गिरिका लेख, विचार र दर्शनले राजनीतिक दृष्टिकोण निर्माण गर्न सहयोग पुग्ने उल्लेख गर्दै थापाले नयाँ पुस्ताले उनका विचारलाई गहिरोसँग अध्ययन गर्नुपर्ने बताए।

प्रदीप गिरि इन्स्टिच्युटले स्वर्गीय गिरिको जन्मजयन्तीको अवसर पारेर सुरु गरेको प्रदीप गिरि फेलोसिपको पहिलो समूहका लागि सभापति थापाले सोमबार वीरगन्जमा अनलाइन आवेदन फारम सार्वजनिक गर्दै आवेदन खुला गरे ।

फेलोसिप सार्वजनिक गर्ने क्रममा थापाले आफूले प्रदीप गिरिलाई प्रत्यक्ष भेट्नुअघि नै उनका लेख तथा विचारहरू पढ्न थालेको स्मरण गरे। अध्ययन र लेखपढमा रुचि राख्ने नयाँ पुस्ताका लागि प्रदीप गिरि सहजै भेट्न र उनका विचार बुझ्न सकिने सरल तथा सादगी व्यक्तित्वका रूपमा रहेको उनले बताए।

२०४६ सालको जनआन्दोलनले प्रजातान्त्रिक व्यवस्था स्थापना गरे पनि नेपालजस्तो विविधतायुक्त देशमा लोकतन्त्रलाई कसरी समावेशी र सार्थक बनाउने भन्ने प्रश्न अझै महत्वपूर्ण रहेको थापाको भनाइ थियो। यस विषयमा प्रदीप गिरिका विचार र प्रयास नयाँ पुस्ताका लागि अध्ययनयोग्य रहेको उनले उल्लेख गरे।

इन्स्टिच्युटका अध्यक्ष कञ्चन झाले क्षमता भएर पनि अवसरबाट वञ्चित युवालाई लक्षित गरी कार्यक्रम ल्याइएको बताए। युवालाई आफ्नै गाउँठाउँका समस्या पहिचान गर्न, समाधान खोज्न र सार्वजनिक नीतिका विषयमा बहस गर्न प्रोत्साहित गर्ने उद्देश्य रहेको उनको भनाइ छ।

इन्स्टिच्युटले अनुसन्धान तथा लेखन, कानुनी सहायता र निबन्ध पुरस्कार गरी तीन विधामा फेलोसिप तथा पुरस्कारका लागि आवेदन खुला गरेको हो। स्वर्गीय गिरिका जीवनका आदर्श, विचार र मूल्यमान्यतालाई संस्थागत गर्दै नयाँ पुस्तालाई अनुसन्धान, सामाजिक न्याय र रचनात्मक सार्वजनिक बहसमा जोड्ने उद्देश्य कार्यक्रमको रहेको छ।

‘विचार, अनुसन्धान तथा लेखन फेलोसिप’ अन्तर्गत नेपाली राजनीति, गणतन्त्र, संघीयता, समावेशिता, सामाजिक न्याय, साहित्य, दर्शन तथा युवा नेतृत्वका विषयमा अनुसन्धान, पुस्तक लेखन, अनुवाद र दस्तावेजीकरणका लागि प्रस्ताव माग गरिएको छ। यसमा प्रदीप गिरिको वैचारिक तथा व्यक्तिगत जीवनमाथि केन्द्रित ‘प्रदीप गिरि र मधेस’, ‘प्रदीप गिरि: राजनीतिभन्दा पर’ र ‘प्रदीप र प्रेम’ शीर्षकमा समेत अध्ययन गर्न सकिनेछ। छनोट भएका अनुसन्धानकर्ताले १२ महिनाभित्र नेपाली वा अंग्रेजी भाषामा पाण्डुलिपि तयार गर्नुपर्नेछ। यस विधाका लागि न्यूनतम शैक्षिक योग्यता तोकिएको छैन।

त्यस्तै, ‘कर्म, न्याय फेलोसिप’ अन्तर्गत चार जना सक्रिय कानुन व्यवसायीलाई एक वर्षका लागि छनोट गरिनेछ। उनीहरूले मधेस र संघीय राजधानीमा कानुनी सहायता डेस्क सञ्चालन गर्दै जातीय विभेद, जघन्य अपराध, जग्गा जमिन विवाद, नागरिकताबाट वञ्चित तथा राज्यका सेवामा पहुँच नपाएका दलित र सीमान्तकृत समुदायका मुद्दामा निःशुल्क कानुनी सहायता उपलब्ध गराउनेछन्।

प्रत्येक फेलोले पाँचदेखि छवटासम्म मुद्दा सम्हाल्ने र यसबाट वर्षमा कम्तीमा २० वटा मुद्दा अघि बढाउने लक्ष्य राखिएको छ। यसका लागि नेपाल बार काउन्सिलको बहालवाला कानुन व्यवसायी प्रमाणपत्र र कम्तीमा तीन वर्षको वकालत अनुभव अनिवार्य गरिएको छ।

तेस्रो विधा ‘निष्ठापूर्ण असहमति : निबन्ध पुरस्कार’ भने फेलोसिप नभई वार्षिक पुरस्कार हो। यसअन्तर्गत आफ्नै राजनीतिक दल, संस्था, आन्दोलन वा पेसाभित्रका कमजोरीमाथि आलोचनात्मक दृष्टिकोण राखेर लेखिएका उत्कृष्ट प्रकाशित निबन्धलाई पुरस्कृत गरिनेछ। असहमतिलाई विरोधका रूपमा नभई आत्मसमीक्षा र लोकतान्त्रिक संस्कारका रूपमा स्थापित गर्नु पुरस्कारको उद्देश्य रहेको इन्स्टिच्युटले जनाएको छ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
2d ago
सरकारले स्थानीय तहको चुनावै घोषणा गर्दैन : प्रदीप पौडेल

सरकारले स्थानीय तहको चुनावै घोषणा गर्दैन : प्रदीप पौडेल

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले स्थानीय तहको निर्वाचन घोषणा नगर्ने आरोप लगाएका छन् । कांग्रेस सिराहा–४ ले छठ पर्वको अवसरमा शुक्रबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा …

#प्रदीप #कांग्रेस
Compare →
Hamro Patro News
3d ago
सरकारले अरू दलमाथि हस्तक्षेप गर्न खोज्दैछ : प्रदीप पौडेल

सरकारले अरू दलमाथि हस्तक्षेप गर्न खोज्दैछ : प्रदीप पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारमाथि अन्य राजनीतिक दलको आन्तरिक मामिलामा हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन्। शुक्रबार जनकपुरधाममा...

#प्रदीप #कांग्रेस
Compare →
Nagarik News
23h ago
कांग्रेसको मुख्य चिन्ता देशले दुःख नपाओस् भन्ने हो : गगन थापा

कांग्रेसको मुख्य चिन्ता देशले दुःख नपाओस् भन्ने हो : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार सञ्चालन गर्ने जिम्मेवारी पाए पनि सरकार सही ढंगले सञ्चालन नभए देशले दुःख पाउने बताएका छन् ।

#गगन-थापा #कांग्रेस
Compare →

Related Stories

Politics & Governance
Build #2612