सुर्खेतबाट रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको गाडी आइतबार सडकबाट करिब ६ सय मिटर तल खस्दा दुर्घटना भएको हो । दुर्घटनामा काठमाडौं बस्ने ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौँ — मुगुको छायानाथ रारा नगरपालिका–टोप्लामा हाइलक्स जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
सुर्खेतबाट रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको गाडी आइतबार सडकबाट करिब ६ सय मिटर तल खस्दा दुर्घटना भएको हो । दुर्घटनामा काठमाडौं बस्ने ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
तीनै जनालाई जिल्ला अस्पताल मुगु पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका हुन् । दुर्घटनामा ललितपुरकी ५४ वर्षीया अन्जु थापा र ५८ वर्षीय जिप चालक कञ्चन थापा घाइते भएका छन् ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मुगु र ताल्चाबाट प्रहरी टोली खटिएको थियो । प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल मुगु पठाएको थियो ।
गाडीमा चालकसहित पाँच जना सवार थिए । दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ ।