Trending
Prev Story
Next Story

गृहमन्त्रीकी आमा भन्दै भिडियो सार्वजनिक गर्ने व्यक्ति पक्राउ

Onlinekhabar •
November 18, 2026 • 08:31 AM
3
3 reads 0 reactions

२ मंसिर, काठमाडौं । गृहमन्त्री सुधन गुरुङकी आमा भन्दै भिडियो सार्वजनिक गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिकोट घर भई भक्तपुर बस्दै आएका छत्र बोगटी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दानबहादुर …

गृहमन्त्रीकी आमा भन्दै भिडियो सार्वजनिक गर्ने व्यक्ति पक्राउ

२ मंसिर, काठमाडौं । गृहमन्त्री सुधन गुरुङकी आमा भन्दै भिडियो सार्वजनिक गर्ने व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कालिकोट घर भई भक्तपुर बस्दै आएका छत्र बोगटी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दानबहादुर थापाले बताए ।

मंगलबार भक्तपुरबाट पक्राउ परेका उनीविरुद्ध वैयक्तिगत गोपनियताअन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

बोगटीले ४९ वर्षीया महिलाको भिडियो सार्वजनिक गरेका थिए । उक्त महिलाले गृहमन्त्री गुरुङ आफ्नो छोरा रहेको बताएकी थिइन् । त्यो भिडियो सामाजिक सञ्जालमा भाइरले भएको थियो ।

पछि ती महिलाले आफ्नो अनुमति नदिई भिडियो खिचेर वैयक्तिक गोपनियता विरुद्धको काम गरेको भन्दै उजुरी दिएको प्रहरीले बताएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1h ago
गृहमन्त्री गुरुङकी आमाको भिडिओ सार्वजनिक गर्ने छत्र बोगटी प्रहरी नियन्त्रणमा

गृहमन्त्री गुरुङकी आमाको भिडिओ सार्वजनिक गर्ने छत्र बोगटी प्रहरी नियन्त्रणमा

काठमाडौं । गृहमन्त्री सुधन गुरुङको भिडिओ सार्वजनिक गर्ने एक युट्यूवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कालीकोट घर भई भक्तपुर बस्ने छत्र बोगटीलाई भक्तपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौ...

#गृहमन्त्री #काठमाडौं #गुरुङ
Compare →
Nagarik News
22h ago
१३ जुवाडे पक्राउ, ८७ हजार बढी बरामद

१३ जुवाडे पक्राउ, ८७ हजार बढी बरामद

काठमाडौं र कैलालीमा जुवातास खेलिरहेको अवस्थामा सोमबार १३ जना पक्राउ परेका छन्।प्रहरीले उनीहरूको साथबाट कुल ८७ हजार १ सय २० रुपैयाँ नगद र ४ बुक तास बरामद गरेको छ।

#काठमाडौं #परे
Compare →

Related Stories

Politics & Governance
Build #2612