Trending
Prev Story
Next Story

मधेश प्रदेशस्तरीय छनोट क्रिकेटमा सिरहा र धनुषाको जित

Ekantipur •
November 20, 2026 • 02:32 PM
1
1 reads 0 reactions

राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि राजविराजमा सुरु छनोटको पहिलो दिन सिरहाले आयोजक सप्तरी र धनुषाले महोत्तरीलाई समान ७ विकेटले हराए ।

मधेश प्रदेशस्तरीय छनोट क्रिकेटमा सिरहा र धनुषाको जित

राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि राजविराजमा सुरु छनोटको पहिलो दिन सिरहाले आयोजक सप्तरी र धनुषाले महोत्तरीलाई समान ७ विकेटले हराए ।

मधेश प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगितामा शुक्रबार भएको दुई चरणको खेलमा सिरहा र धनुषाले विजयी सुरुवात गरेका छन् । १० औं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिताका लागि राजविराजमा भएको टि–२० क्रिकेट छनोटको पहिलो खेलमा सिरहाले आयोजक सप्तरीलाई र दोस्रोमा धनुषाले महोत्तरीलाई ७/७ विकेटले हराएको छ ।

मधेश प्रदेश क्रिकेट संघ र सप्तरी क्रिकेट संघको संयुक्त आयोजनामा सञ्चालित पहिलो खेलमा टस जितेर सिरहाले पहिले ब्याटिङका लागि सप्तरीलाई निम्तो दिएको थियो । सप्तरीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४१ रन बनायो ।

सप्तरीका लागि विकास दास (पोलाड) ले ४ छक्का र ३ चौकाको मद्दतले सर्वाधिक ४७ रन बनाए । सन्तु मण्डलले २६, अभिषेक कार्कीले १७ र कर्णबहादुर विकले १३ रनको योगदान दिए । बलिङतर्फ सिरहाका अफरुद्दिन राईनले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए । रूपेश सिंहले ३ तथा नवीन यादव र प्रदीप पासवानले १–१ विकेट हात पारे ।

१४२ रनको लक्ष्य पछ्याउँदै सिरहाले १७ ओभर ३ बलमा ३ विकेट गुमाउँदै प्राप्त गरे । सिरहाको जितमा राकेश कामैतले अविजित ५३, कृष्ण गुप्ताले ३९, शैलेन्द्र साहले २० र नवीन यादवले ११ रनको योगदान दिए । सप्तरीका सुशान्त देवले २ तथा पप्पु यादव (बी) ले १ विकेट लिए । खेलमा ४ विकेट लिएका सिरहाका अफरुद्दिन राईन प्लेयर अफ दि म्याच घोषित भए ।

प्रतियोगिताको दोस्रो खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको महोत्तरीले १६ ओभर २ बलमा सबै विकेट गुमाउँदै ६३ रन मात्र बनाउन सक्यो । महोत्तरीका लागि राजकुमार सहनीले सर्वाधिक १८ तथा रवि कुमार सिंह र निखिलले ११/११ रनबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ धनुषाका विशाल सुश्लिङ र अभिनाष साहले समान ३/३ विकेट लिए । हरिशंकर साहले २ तथा अवजित मण्डल र मनोज मण्डलले १–१ विकेट हात पारे । ६४ रनको सामान्य लक्ष्य पछ्याउँदै धनुषाले १० ओभर ४ बलमा ३ विकेट गुमाउँदै प्राप्त गर्‍यो ।

जितका लागि धनुषाका अली अख्तर अन्सारीले २०, हरिशंकर साहले १३ र सुयोग पण्डितले १० रन बनाए । बलिङतर्फ महोत्तरीका रवि कुमार सिंहले २ तथा रमेश सहनीले १ विकेट लिए । खेलमा ३ विकेट लिएका धनुषाका अभिनाष साह प्लेयर अफ दि म्याच घोषित भएको सप्तरी क्रिकेट संघका सचिव चन्दनकुमार यादवले जानकारी दिए ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
2h ago
मधेसका आठ जिल्ला अध्यक्ष लिङ्देनको पक्षमा, लिङ्देन भन्छन्: उत्साहित छु

मधेसका आठ जिल्ला अध्यक्ष लिङ्देनको पक्षमा, लिङ्देन भन्छन्: उत्साहित छु

सप्तरीबाट सुरु भएको टोलीको यात्रा सिरहा, महोत्तरी, धनुषा, सर्लाही, रौतहट र बाराका विभिन्न स्थान हुँदै पर्सामा सकिएको हो।

#सिरहा #सप्तरी
Compare →
Onlinekhabar
2h ago
प्रधानमन्त्री बालेनको भारत भ्रमणमा क्रिकेट विकासका एजेन्डा के छन् ?

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा क्रिकेट विकासका एजेन्डा के छन् ?

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालमा क्रिकेट पूर्वाधार विकास र खेलाडीको प्रशिक्षणमा भारतीय सहयोगको विषयले प्राथमिकता पाउन सक्ने देखिएको छ। अन्तर्राष्ट्रिय स्तरका क्रिकेट रंगशाला निर्माणदेखि राष्ट्रिय टोली र युवा खेलाडीलाई उच्चस्तरीय …

#क्रिकेट
Compare →
Hamro Patro News
13h ago
नेपाली क्रिकेट टोलीले सन् २०२७ मा इङ्ल्यान्डमा छ खेल खेल्ने

नेपाली क्रिकेट टोलीले सन् २०२७ मा इङ्ल्यान्डमा छ खेल खेल्ने

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले सन् २०२७ मा इङ्ल्यान्ड भ्रमण गरी स्कटल्यान्ड, बङ्गलादेश र आयरल्यान्डसँग छ खेल खेल्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन ग...

#क्रिकेट
Compare →

Related Stories

Sports
Build #2612