घरेलु कोर्टमा भ्याली पब्लिकको ‘ए’ र ‘बी’ दुवै टोली विजयी भए । भ्याली ‘ए’ ले टीआईएलाई ३०–२४ स्कोरले पराजित गर्यो । भ्यालीको जितमा सेलिना गुरुङले १२ स्कोर गरिन् ।
काठमाडौँ — आयोजक भ्याली पब्लिक हाइस्कुलले २० औं भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा शुक्रबार दोहोरो जित रचेको छ ।
घरेलु कोर्टमा भ्याली पब्लिकको ‘ए’ र ‘बी’ दुवै टोली विजयी भए । भ्याली ‘ए’ ले टीआईएलाई ३०–२४ स्कोरले पराजित गर्यो । भ्यालीको जितमा सेलिना गुरुङले १२ स्कोर गरिन् ।
सेमेन्डो तामाङको १० स्कोरमा भ्याली पब्लिक ‘बी’ ले मानसिंह माविलाई १४–९ ले हरायो । क्यानभास वसन्त ऋतुले ज्ञान संस्कारलाई १२–८ र जेबी स्कुलले ग्रिनल्यान्डलाई २७–२० ले हराए । क्यानभासकी रितिका चौधरीले ६ र जेबीकी मेनुका थारुले १२ स्कोर गरे ।
जुनियर ब्वाइजमा फ्युजन एकेडेमीले भ्याली पब्लिकलाई २०–१६, डाफोडिलले हेराल्डलाई १३–४, ज्ञान संस्कारले संस्कारलाई १४–१०, गण्डकीले हिमशिलालाई २१–१८, एन्जल्स हार्टले एसिया प्यासिफिकलाई ३५–२९, जेबीले हिमालयनलाई १९–१५ र काठमाडौं जेभियर्सले भद्रकालीलाई १९–१४ स्कोरले हराए ।
सिनियर ब्वाइजमा बालवाटिकाले भ्याली पब्लिकलाई २२–१८, स्किब्सले ज्ञान संस्कारलाई ४८–३५, काठमाडौं जेभियर्सले भद्रकालीलाई ३६–२५, जेबीले डीआर मेमोरियललाई ५७–४९ र एन्जल्स हार्टले जोन डेवीलाई ४५–३५ ले हराए ।
प्रतियोगिताको आयोजक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेजर लिलबहादुर गुरुङ, भ्याली पब्लिककी सह–संस्थापक सुनिता अधिकारी र भ्याली पब्लिकका प्रशासन प्रमुख महेश अधिकारीले संयुक्त रूपमा उद्घाटन गरे ।
११ मंसिरसम्म चल्ने प्रतियोगिताको सिनियर ब्वाइज र सिनियर गर्ल्समा समान २४–२४ तथा जुनियर ब्वाइजमा २७ टिम प्रतिस्पर्धी छन् । तीनै विधामा शीर्ष तीन स्थान हात पार्ने टिमलाई क्रमशः २० हजार, १० हजार र ५ हजार पुरस्कार प्रदान गरिने आयोजक स्कुलले जनाएको छ ।