आयोजक रेडियन्ट पब्लिकले १२ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार विजयी सुरुआत गरेको छ ।
काठमाडौं — आयोजक रेडियन्ट पब्लिकले १२ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार विजयी सुरुआत गरेको छ ।
घरेलु कोर्टमा साबिक विजेता रेडियन्टले न्यु जेनिथलाई ४५-२५ स्कोरले पराजित ग¥यो । रेडियन्टका नन्दन बस्नेतले १० स्कोर जोडे ।
सिनियर ब्वाइजमै कश्यपले ओएसिसलाई ३३-२२, एलआरआईले बाल दीक्षा सदनलाई २९-२६, ग्रिनफिल्डले एनआईसी एकेडेमीलाई ३३-२७ र केभीसी, स्युचाटारले स्वर्णिमलाई ३५–२६ स्कोरले हराए । कश्यपका सुदीप राउतले १८, एलआरआईका सुजल मडईले २१, ग्रिनफिल्डका अनिमेश बोहराले १२ र केभीसीका रियान बानियाले १७ स्कोर गरे ।
सिनियर गर्ल्समा डिफेन्डिङ च्याम्पियन स्वर्णिमले केभीसी स्युचाटारलाई २५-६ ले हरायो । स्वर्णिमकी रिता सुवेदीले ९ स्कोर जोडिन् । जुनियर ब्वाइजतर्फ सदिल वज्राचार्यले ४ स्कोरमा केभीसीले एलआरआईलाई १४-४ ले हरायो ।
प्रतियोगिताको शिक्षक महासंघका केन्द्रीय अध्यक्ष सुन्दर पन्तले उद्घाटन गरे । ११ मंसिरसम्म चल्ने प्रतियोगितामा ३ विधामा ४४ टिम सहभागी छन् । जुनियर विधा पहिलोपटक समावेश गरिएको हो ।