Trending
Prev Story
Next Story

साफ च्याम्पियनसिप : बंगलादेश र भारतको विजयी सुरुआत

Ekantipur •
November 06, 2026 • 02:01 AM
1
1 reads 0 reactions

बंगलादेशले साफ च्याम्पियनसिपको १५औँ संस्करणमा भुटानलाई १–० ले पराजित गर्दै विजयी सुरुआत गरेको छ ।

साफ च्याम्पियनसिप : बंगलादेश र भारतको विजयी सुरुआत

बंगलादेशले साफ च्याम्पियनसिपको १५औँ संस्करणमा भुटानलाई १–० ले पराजित गर्दै विजयी सुरुआत गरेको छ ।

काठमाडौँ — बंगलादेशले साफ च्याम्पियनसिपको १५औँ संस्करणमा भुटानलाई १–० ले पराजित गर्दै विजयी सुरुआत गरेको छ । बिहीबार नै भएको खेलमा डिफेन्डिङ च्याम्पियन भारतले पनि विजयी सुरुआत गरेको हो ।

बंगलादेशका प्रशिक्षक थोमस डुलीको टोलीलाई भुटानले खेलभर दबाबमा राखेको थियो । खेलको ६४औँ मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका मोहम्मद इब्राहिमले पाँच मिनेटभित्रै गोल गर्दै बंगलादेशलाई अग्रता दिलाए । जयान अहमदको क्रसमा सामित सोमले हेडरमार्फत मिलाएको बललाई इब्राहिमले भली प्रहार गर्दै जाली चुमाएका थिए । त्यही गोल बंगलादेशको जितका लागि निर्णायक बन्यो ।

खेलअघि भुटानविरुद्ध सहज जित निकाल्ने बंगलादेशी समर्थकको अपेक्षा थियो । तर, एक गोलको जितले उनीहरू सन्तुष्ट हुन सकेनन् । खेलका क्रममा पाएका अवसर सदुपयोग गर्न नसक्दा समर्थकमा निराशा देखिएको थियो । यसअघि नै महँगो टिकट मूल्य र व्यवस्थापनमा देखिएको कमजोरीलाई लिएर बंगलादेशको फुटबल वृत्तमा असन्तुष्टि थियो ।

बिहीबार नै ढाकामा सुरु भएको प्रतियोगितामा भारतले पाकिस्तानलाई ३–२ ले हराएको हो । समूह 'बी' को खेलमा भारतका लागि सुहिल अहमदले दुई गोल गरे भने माङ्गलेनथान किपगेनले एक गोल थपे ।

पाकिस्तानले खेलको अन्त्यतिर दुई गोल गरेको थियो । नजीव खान र अलागमिर अलिले एक–एक गोल फर्काए । भारत तीन अंकसहित समूहको शीर्ष स्थानमा रह्यो । यो समूहको अर्को टिम माल्दिभ्स रहेको छ । अर्को समूहमा आयोजक बंगलादेश, भुटान र श्रीलंका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
5h ago
परराष्ट्रमन्त्री खनाल र बंगलादेशका प्रधानमन्त्री रहमानबिच कोप–३१ को साइडलाइनमा भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र बंगलादेशका प्रधानमन्त्री रहमानबिच कोप–३१ को साइडलाइनमा भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले तुर्कीएको अन्ताल्यामा जारी जलवायुपरिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप ३१) का अवसरमा बंगलादेशका प्रधानमन्त्री तारिक रहमानसँग साइडलाइनमा भेटवार्ता गर्नुभएक...

#बंगलादेश
Compare →
Nagarik News
6h ago
परराष्ट्रमन्त्री खनाल र बंगलादेशका प्रधानमन्त्री रहमान बीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र बंगलादेशका प्रधानमन्त्री रहमान बीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले तुर्कीएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) का अवसरमा बंगलादेशका प्रधानमन्त्री तारिक रहमानसँग साइडलाइनमा भेटवार्ता गरेका छन् ।

#बंगलादेश
Compare →
Arthasansar
17h ago
तलबवृद्धिको माग गर्दै बंगलादेशमा १०० भन्दा बढी कपडा उद्योग बन्द

तलबवृद्धिको माग गर्दै बंगलादेशमा १०० भन्दा बढी कपडा उद्योग बन्द

न्यूनतम पारिश्रमिक बढाउनुपर्ने माग गर्दै बंगलादेशका कपडा उद्योगका श्रमिकहरूको आन्दोलन पुनः चर्किएको छ । बिहीबार गाजीपुर, आशुलिया र सावरलगायत प्रमुख औद्योगिक...

#बंगलादेश
Compare →

Related Stories

Sports
Build #2611