Trending
Prev Story
Next Story

प्लास्टिकका भाँडाकुँडाको प्रतिस्पर्धाले संकटमा कुम्हालको परम्परागत पेसा

Ekantipur •
November 06, 2026 • 02:01 AM
1
1 reads 0 reactions

अहिले वीरगन्जको घण्टाघर आसपास मुख्य सडकको उत्तर र दक्षिणतर्फ ५० भन्दा बढी कुम्हालले माटाका भाँडाकुँडाका अस्थायी पसल थापेका छन् । केही भारतीय कुम्हालसमेत व्यापारका लागि वीरगन्ज आइपुगेका छन् ।

प्लास्टिकका भाँडाकुँडाको प्रतिस्पर्धाले संकटमा कुम्हालको परम्परागत पेसा

अहिले वीरगन्जको घण्टाघर आसपास मुख्य सडकको उत्तर र दक्षिणतर्फ ५० भन्दा बढी कुम्हालले माटाका भाँडाकुँडाका अस्थायी पसल थापेका छन् । केही भारतीय कुम्हालसमेत व्यापारका लागि वीरगन्ज आइपुगेका छन् ।

पर्सा — वीरगन्ज इनर्वाका २८ वर्षीय दिपु कुमाल पण्डित सोमबारदेखि वीरगन्जको सडकपेटीमा माटाका भाँडाकुँडा बेच्न बसेका छन् । दीपावली र छठ पर्वमा बढी बिक्री हुने दियो, पाला, घडा, हात्तीलगायत माटाका सामग्री बिक्री गर्ने योजनासहित उनले करिब १ लाख ५० हजार रुपैयाँका भाँडाकुँडा खरिद गरेका छन् । यस वर्ष करिब १ लाख रुपैयाँ कमाउने उनको लक्ष्य छ ।

जातीय रूपमा कुम्हाल समुदायका भए पनि दिपुले यस वर्ष आफैं माटाका भाँडाकुँडा बनाएका छैनन् । अन्य कुम्हालसँग खरिद गरेर व्यापार थालेका हुन् । उनलाई बुवा–आमाले पनि व्यापारमा सघाइरहेका छन् । जिल्ला मालपोत कार्यालयमा लेखनदासको काम गर्ने उनी चाडपर्व नजिकिएसँगै आफ्नो पुर्ख्यौली पेसामा फर्किने गर्छन् ।

कुम्हाल समुदायका मानिसहरू बिस्तारै परम्परागत पेसाबाट विमुख हुँदै गएको उनको अनुभव छ । प्लास्टिकका भाँडाकुँडासँग प्रतिस्पर्धा गर्न नसक्नु र माटाका सामग्रीको व्यापारमा पर्याप्त आम्दानी नहुनुले आफूले समेत बनाउन छाडेको उनले बताए । ‘हाम्रो जातीय पेसा बिस्तारै लोप हुँदै छ । कुनै समय कसैले पनि यो पेसा नगर्ने दिन नआउला भन्न सकिन्न,’ उनले भने, ‘यसलाई जसरी पनि बचाउन आवश्यक छ ।’

दिपुको पसलनजिकै भेटिए वीरगन्ज–१४ पिपराका ५५ वर्षीय रुपन पण्डित । उनले पनि बिहीबारदेखि माटाका भाँडाकुँडाको व्यापार थालेका हुन् । यस वर्ष ५० हजार रुपैयाँसम्मको सामान बिक्री गर्ने उनको लक्ष्य छ । दिपुले जस्तो अन्यत्रबाट सामान खरिद नगरी रुपन भने अझै आफैं माटाका भाँडाकुँडा बनाउँछन् । तर, वर्षेनि बढ्दै गएको उत्पादन लागतले उनलाई पनि पिरोल्न थालेको छ ।

‘एक ट्रेलर माटोको मूल्य ७ हजार २ सय रुपैयाँ पुगिसक्यो । दाउरा प्रतिक्विन्टल १ हजार २ सय रुपैयाँ पर्छ । यति धेरै मिहिनेत गर्दा पनि त्यसको उचित मूल्य पाइँदैन,’ उनले भने, ‘ग्राहकले सामान महँगो भयो भन्छन् । हामीलाई लगानी उठाउनै गाह्रो हुन्छ । हाम्रो समस्या कसले बुझिदिने ?’

माटाका भाँडाकुँडा बनाउने मेसिनसमेत आविष्कार भइसकेकाले सरकारले आफूहरूलाई त्यस्ता मेसिन उपलब्ध गराउनुपर्ने उनको माग छ । प्रविधिको प्रयोगबाट उत्पादन लागत घटाउन सके परम्परागत पेसा जोगाउन सहज हुने उनको विश्वास छ ।

अहिले वीरगन्जको घण्टाघर आसपास मुख्य सडकको उत्तर र दक्षिणतर्फ ५० भन्दा बढी कुम्हालले माटाका भाँडाकुँडाका अस्थायी पसल थापेका छन् । केही भारतीय कुम्हालसमेत व्यापारका लागि वीरगन्ज आइपुगेका छन् । दीपावलीदेखि छठ पर्वसम्म उनीहरूको व्यापार चल्ने गर्छ ।

तर, यस वर्ष वीरगन्जको मुख्य सडक विस्तारसँगै सडकपेटी अस्तव्यस्त बनेको र महानगरपालिकाले व्यापारका लागि उपयुक्त स्थान उपलब्ध नगराएको उनीहरूको गुनासो छ । चाडपर्वमा केही दिन व्यापार गरेर जीविकोपार्जन गर्ने परम्परागत पेसाका व्यवसायीलाई व्यवस्थित स्थान उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ ।

प्लास्टिकका सामग्रीको बढ्दो प्रयोग, उत्पादन लागतमा वृद्धि र बजारमा उचित मूल्य नपाउने समस्याले माटाका भाँडाकुँडा बनाउने पेसा संकटमा पर्दै गएको छ । पुर्खौंदेखि पुस्तान्तरण हुँदै आएको यो सीप संरक्षणका लागि सरकारी सहयोग र बजार व्यवस्थापन आवश्यक देखिएको छ ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
6d ago
तिहारमा घट्यो मादलको माग, संकटमा परम्परागत पेसा

तिहारमा घट्यो मादलको माग, संकटमा परम्परागत पेसा

२१ कात्तिक, धनकुटा । तिहार भन्नेबित्तिकै देउसी–भैलो, गीतसंगीत र रमाइलोको पर्व भन्ने गरिन्छ । गाउँघरदेखि सहरबजारसम्म तिहारको उल्लास छाउँदा देउसी–भैलोका भाकासँगै मादलको तालले वातावरणलाई थप रोमाञ्चक बनाउँछ । मादलको घिन्ताङ घिन्ताङ आवाजमा देउसी–भैलो खेल्नेहरूको उत्साह …

#संकट #परम्परागत #पेसा
Compare →
Hamro Patro News
1w ago
धनतेरसमा गरगहना र भाँडाकुँडा खरिद गर्नेको चहलपहल (तस्बिरहरू)

धनतेरसमा गरगहना र भाँडाकुँडा खरिद गर्नेको चहलपहल (तस्बिरहरू)

काठमाडौं– धनतेरसको अवसरमा काठमाडौँको न्यूरोड, असन क्षेत्रमा सर्वसाधारण सुनचाँदीका गरगहना र धातुका भाँडाकुँडा खरिद गरिरहेका छन् । धनतेरसमा नयाँ धातुका सामान खरिद गर्नु शुभ मानिने धार्मिक तथा सांस्क...

#भाँडाकुँडा
Compare →

Related Stories

Business & Economy
Build #2611