Trending
Prev Story
Next Story

रास्वपाका सांसद सहभागी चियापानपछि कार्यकर्ताबीच झडप, केही प्रहरी नियन्त्रणमा, केही घाइते

Ekantipur •
November 13, 2026 • 01:01 AM
1
1 reads 0 reactions

घाइतेहरूको वीरगन्ज–१४ गण्डकस्थित हेल्थकेयर अस्पतालमा उपचार भइरहँदा गाउँबाट पुगेका कार्यकर्ताबीच अस्पतालमै फेरि झडप हुन थालेपछि वीरगन्जको इलाका प्रहरी कार्यालय श्रीपुरले नौ जनालाई नियन्त्रणमा लिएको छ ।

रास्वपाका सांसद सहभागी चियापानपछि कार्यकर्ताबीच झडप, केही प्रहरी नियन्त्रणमा, केही घाइते

घाइतेहरूको वीरगन्ज–१४ गण्डकस्थित हेल्थकेयर अस्पतालमा उपचार भइरहँदा गाउँबाट पुगेका कार्यकर्ताबीच अस्पतालमै फेरि झडप हुन थालेपछि वीरगन्जको इलाका प्रहरी कार्यालय श्रीपुरले नौ जनालाई नियन्त्रणमा लिएको छ ।

बारा — जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुही गाउँमा रास्वपा सांसद रहबर अंसारी सहभागी चियापान कार्यक्रमपछि बिहीबार पार्टीकै दुई पक्षका कार्यकर्ताबीच झडप हुँदा दुवै पक्षका १० जनाभन्दा बढी कार्यकर्ता घाइते भएका छन् ।

निर्वाचन क्षेत्र नम्बर ४ मा पर्ने उक्त गाउँमा छठतिहारको अवसर पारेर रास्वपाले सोही निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ निर्वाचित प्रतिनिधिसभा सदस्य (सांसद) अंसारीको प्रमुख आतिथ्यमा चियापान कार्यक्रम आयोजना गरेको थियो । चियापान कार्यक्रमपछि पार्टीभित्रैका सोही वडाका पूर्ववडाध्यक्षसमेत रहेका रास्वपा कार्यकर्ता असलम देवान र अर्का कार्यकर्ता सुवास मंसुरी पक्षीय कार्यकर्ताबीच व्यक्तिगत रिसइबीका कारण एकअर्कालाई आरोप–प्रत्यारोप लगाएपछि झडप भएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब निरीक्षक दयाकृष्ण भट्टले बताए ।

'कार्यक्रम सकेपछि माननीयज्यू हिँडिसकेपछि गाउँमा कार्यकर्ताबीच गुटबन्दी भएर दोहोरो भनाभनपछि झडप हुँदा तनाव भएको हो,' उनले बताए ।

उनका अनुसार झडप नियन्त्रण गर्ने क्रममा स्थानीयको आक्रोशित भीडबाट प्रहरी सहायक निरीक्षक भाग्यनारायण यादवसमेत सामान्य घाइते भएका छन् । कार्यकर्ताबीच झडपपछि तनाव हुँदा सांसद अंसारी कार्यक्रमस्थलबाट पहिले नै निस्किए पनि कार्यकर्ताबीच भनाभन भने चियापान कार्यक्रमबाटै सुरु भएको उनको भनाइ छ । गाउँमा दुई समूहमा कार्यकर्ता बाँडिएपछि झडप भएको उनले बताए । तनाव व्यवस्थापन गर्ने क्रममा प्रहरीसँग समेत कार्यकर्ताको धकेलाधकेल भएको थियो ।

त्यसपछि सिमरा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको हो । उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भट्टले बताए ।

उता, घाइतेहरूको वीरगन्ज–१४ गण्डकस्थित हेल्थकेयर अस्पतालमा उपचार भइरहँदा गाउँबाट पुगेका कार्यकर्ताबीच अस्पतालमै फेरि झडप हुन थालेपछि वीरगन्जको इलाका प्रहरी कार्यालय श्रीपुरले नौ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई वीरगन्जको श्रीपुर इलाका प्रहरी कार्यालयमा राखिएको छ ।

झडपमा घाइते सात जनाको वीरगन्जस्थित हेल्थकेयर र अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूलाई हेल्मेटले समेत चोट लागेको छ । उनीहरूको टाउकोलगायत शरीरका अन्य भागमा चोटपटक लागेको छ ।

घटनाबारे सांसद अंसारीसँग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

लक्ष्मी साह कान्तिपुरका बारा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1d ago
रास्वपा सांसद अन्सारी सहभागी चियापान कार्यक्रममा झडप

रास्वपा सांसद अन्सारी सहभागी चियापान कार्यक्रममा झडप

जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुही टोलमा रास्वपाले आयोजना गरेको चियापान कार्यक्रममा पार्टीभित्रकै दुई पक्षबीच विवाद हुँदा झडप भएको हो।

#झडप #रास्वपा #सांसद
Compare →
Hamro Patro News
13h ago
चियापान कार्यक्रममा रास्वपाभित्रै कुटाकुट

चियापान कार्यक्रममा रास्वपाभित्रै कुटाकुट

बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहबर अंसारी सहभागी चियापान कार्यक्रमपछि बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुही गाउँमा पार्टीकै दुई पक्षका कार्यकर्ताबीच झडप भएको छ । बिहीबार...

#झडप #रास्वपा
Compare →
Onlinekhabar
9h ago
सीपीसीको निम्तोमा रास्वपा सांसदहरूको ११ दिने भ्रमण, के–के हुँदैछ ?

सीपीसीको निम्तोमा रास्वपा सांसदहरूको ११ दिने भ्रमण, के–के हुँदैछ ?

२७ कात्तिक, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणमा ११ दिने चीन भ्रमण गर्न लागेका रास्वपाका नेताहरूको भ्रमणको कार्यतालिका निश्चित भएको छ । आइतबार (कात्तिक २९ गते) बाट चीनको भ्रमण गर्ने रास्वपाका नेताहरू सिचुवान प्रान्तको …

#रास्वपा #सांसद
Compare →

Related Stories

Politics & Governance
Build #2611