हेटौँडा अस्पतालमा आवश्यक प्रक्रिया पूरा गरी शव वाहनमार्फत सर्लाही पठाइएको छ । शवहरू तीनवटा शव वाहनमा राखेर सर्लाही पठाइएको अस्पतालले जनाएको छ ।
मकवानपुर — मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको माइक्रोबस दुर्घटनामा मृत्यु भएका १३ जनाको शव पोस्टमार्टमपछि आफन्तले बुझेर सर्लाही लगेका छन् ।
हेटौँडा अस्पतालमा आवश्यक प्रक्रिया पूरा गरी ती शव शव वाहनमार्फत सर्लाही पठाइएको आस्पतालले जनाएको छ । शवहरू तीन वटा शववाहनमा राखेर सर्लाही पठाइएको छ ।
चिसापानीमा बिहीबार भएको दुर्घटनामा सर्लाही चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनाको मृत्यु भएको थियो । उनीहरूको दाहसंस्कार एकै स्थानमा सामूहिक रूपमा गर्ने तयारी गरिएको छ ।
मधेश प्रदेश सभा सदस्य तथा पूर्वअर्थमन्त्री सञ्जयकुमार यादवको नेतृत्वमा सर्लाहीबाट हेटौँडा आएको टोलीले आ–आफ्नो रीतिरिवाजअनुसार अन्तिम संस्कारका लागि तयारी गरेको जनाएको छ ।
सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।