Trending
Prev Story
Next Story

भीमफेदी दुर्घटना : सहमतिपछि १४ शव आफन्तलाई बुझाइँदै

Ekantipur •
November 13, 2026 • 09:02 AM
1
1 reads 0 reactions

पीडित पक्ष र सरकारले गठन गरेको दुर्घटना छानबिन समितिबीच राहत तथा क्षतिपूर्तिका विषयमा सहमति भएपछि शव बुझाउने प्रक्रिया अघि बढेको हो ।

भीमफेदी दुर्घटना : सहमतिपछि १४ शव आफन्तलाई बुझाइँदै

पीडित पक्ष र सरकारले गठन गरेको दुर्घटना छानबिन समितिबीच राहत तथा क्षतिपूर्तिका विषयमा सहमति भएपछि शव बुझाउने प्रक्रिया अघि बढेको हो ।

मकवानपुर — मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको माइक्रोबस  दुर्घटनामा मृत्यु भएका १४ जनाको शव शुक्रबार नै पोस्टमार्टम गरी आफन्तलाई बुझाइने भएको छ । पीडित पक्ष र सरकारले गठन गरेको दुर्घटना छानबिन समितिबीच राहत तथा क्षतिपूर्तिका विषयमा सहमति भएपछि शव बुझाउने प्रक्रिया अघि बढेको हो ।

दुर्घटनामा मृत्यु भएका १४ जनाको शव हेटौँडा अस्पतालमा राखिएको थियो । मृतकका आफन्तले पीडित परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने, परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने तथा घाइतेको उपचार खर्च सरकारले व्यहोर्नुपर्ने माग राख्दै शव बुझ्न अस्वीकार गरेका थिए ।

मृतकका आफन्तले शव नबुझेपछि अस्पतालमा शव व्यवस्थापनमा समेत समस्या भएको थियो । हेटौँडा अस्पतालमा एक पटकमा ४ वटा शव मात्रै राख्न सक्ने क्षमता रहेको अस्पतालका डा. हरि खड्काले जानकारी दिएका थिए । १४ वटा शव अस्पतालमै राख्नुपर्दा व्यवस्थापनमा कठिनाइ भएको थियो ।

मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलका अनुसार पीडित पक्ष र छानबिन समितिबीच भएको सहमतिअनुसार कानुनबमोजिम प्राप्त हुने राहत तथा क्षतिपूर्ति तत्काल उपलब्ध गराउन सरकारले पहल गर्नेछ । थप राहत तथा क्षतिपूर्तिका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आग्रह गर्ने सहमति भएको छ ।

सहमतिपछि पोस्टमार्टम हुन बाँकी ९ जनाको शव परीक्षण प्रक्रिया अघि बढाइएको छ । हेटौँडा अस्पतालले पोस्टमार्टमका लागि आवश्यक सम्पूर्ण तयारी गरिसकेको छ । पोस्टमार्टम प्रक्रिया पूरा गरी शुक्रबार नै सबै शव आफन्तलाई बुझाउने तयारी गरिएको छ ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
4h ago
सहमतिपछि आफन्तले बुझे १३ जनाको श`व, आजै अन्त्येष्टि गरिने

सहमतिपछि आफन्तले बुझे १३ जनाको श`व, आजै अन्त्येष्टि गरिने

सरकारले गठन गरेको दुर्घटना छानबिन समिति र पीडित परिवार तथा आफन्तबीच सहमति जुटेपछि आफन्तहरूले शव बुझेका छन्।

#दुर्घटना #गठन #छानबिन
Compare →
Hamro Patro News
7h ago
भीमफेदीमा भएको दुर्घटनाको अध्ययन गर्न छानबिन समिति गठन

भीमफेदीमा भएको दुर्घटनाको अध्ययन गर्न छानबिन समिति गठन

काठमाडौँ- सरकारले मकवानपुरको भीमफेदी–६ चिसापानीगढीमा बिहीबार भएको सवारी दुर्घटनाको छानबिनका लागि पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हेमराज...

#दुर्घटना #गठन #छानबिन
Compare →
Onlinekhabar
1d ago
भीमफेदी दुर्घटनाको छानबिन गर्न समिति गठन

भीमफेदी दुर्घटनाको छानबिन गर्न समिति गठन

२६ कात्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा आज बिहान भएको यात्रुबाहक विद्युतीय गाडी (ईभी) दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार सहायक प्रमुख जिल्ला …

#दुर्घटना #गठन #छानबिन
Compare →
Bizshala
9h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#दुर्घटना #भीमफेदी
Compare →
Arthasansar
7h ago
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गहिरो दुःख व्यक्त गरेको छ।  शुक्रबार...

#भीमफेदी #दुर्घटना
Compare →

Related Stories

Health & Wellness
Build #2611