Trending
Prev Story
Next Story

भीमफेदी दुर्घटनाका १३ मृतकको आजै सामूहिक अन्त्येष्टि गरिने

Ekantipur •
November 13, 2026 • 01:31 PM
1
1 reads 0 reactions

पीडित पक्ष र सरकारले गठन गरेको दुर्घटना छानबिन समितिबीच सहमति भएपछि पोस्टमार्टम र शव बुझाउने प्रक्रिया अघि बढेको हो।

भीमफेदी दुर्घटनाका १३ मृतकको आजै सामूहिक अन्त्येष्टि गरिने

पीडित पक्ष र सरकारले गठन गरेको दुर्घटना छानबिन समितिबीच सहमति भएपछि पोस्टमार्टम र शव बुझाउने प्रक्रिया अघि बढेको हो।

मकवानपुर — मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको माइक्रोबस दुर्घटनामा मृत्यु भएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनाको आजै सामूहिक दाहसंस्कार गरिने भएको छ। पीडित पक्ष र सरकारले गठन गरेको दुर्घटना छानबिन समितिबीच सहमति भएपछि पोस्टमार्टम र शव बुझाउने प्रक्रिया अघि बढेको हो।

मधेस प्रदेशसभा सदस्य तथा पूर्वअर्थमन्त्री सञ्जयकुमार यादवका अनुसार १३ जनाको शव एकै स्थानमा सामूहिक रूपमा दाहसंस्कार गर्ने तयारी गरिएको छ। उनकै नेतृत्वमा सर्लाहीबाट हेटौँडा आएको टोलीले मृतकको रीतिरिवाजअनुसार अन्तिम संस्कार गर्न आवश्यक प्रक्रिया र तयारी अघि बढाएको छ।

यसअघि मृतकका आफन्तले पीडित परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने, परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने तथा घाइतेको उपचार खर्च सरकारले व्यहोर्नुपर्ने माग राख्दै शव बुझ्न अस्वीकार गरेका थिए।

मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलका अनुसार पीडित पक्ष र छानबिन समितिबीच कानुनबमोजिम प्राप्त हुने राहत तथा क्षतिपूर्ति तत्काल उपलब्ध गराउन सरकारले पहल गर्ने सहमति भएको छ। थप राहत तथा क्षतिपूर्तिका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आग्रह गर्ने सहमति भएको छ।

सहमतिपछि पोस्टमार्टम हुन बाँकी नौ जनाको शव परीक्षण प्रक्रिया अघि बढाइएको छ। हेटौँडा अस्पतालले पोस्टमार्टमका लागि आवश्यक प्रक्रिया पूरा गरिसकेको छ। पोस्टमार्टमपछि आजै शव आफन्तलाई बुझाउने तयारी गरिएको छ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
5h ago
सहमतिपछि आफन्तले बुझे १३ जनाको श`व, आजै अन्त्येष्टि गरिने

सहमतिपछि आफन्तले बुझे १३ जनाको श`व, आजै अन्त्येष्टि गरिने

सरकारले गठन गरेको दुर्घटना छानबिन समिति र पीडित परिवार तथा आफन्तबीच सहमति जुटेपछि आफन्तहरूले शव बुझेका छन्।

#दुर्घटना #गठन #छानबिन
Compare →
Hamro Patro News
8h ago
भीमफेदीमा भएको दुर्घटनाको अध्ययन गर्न छानबिन समिति गठन

भीमफेदीमा भएको दुर्घटनाको अध्ययन गर्न छानबिन समिति गठन

काठमाडौँ- सरकारले मकवानपुरको भीमफेदी–६ चिसापानीगढीमा बिहीबार भएको सवारी दुर्घटनाको छानबिनका लागि पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हेमराज...

#दुर्घटना #गठन #छानबिन
Compare →
Onlinekhabar
1d ago
भीमफेदी दुर्घटनाको छानबिन गर्न समिति गठन

भीमफेदी दुर्घटनाको छानबिन गर्न समिति गठन

२६ कात्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा आज बिहान भएको यात्रुबाहक विद्युतीय गाडी (ईभी) दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार सहायक प्रमुख जिल्ला …

#दुर्घटना #गठन #छानबिन
Compare →
Bizshala
10h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#दुर्घटना #भीमफेदी #मृतक
Compare →
Arthasansar
8h ago
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गहिरो दुःख व्यक्त गरेको छ।  शुक्रबार...

#भीमफेदी #दुर्घटना
Compare →

Related Stories

World News
Build #2611