Trending
Prev Story
Next Story

भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

Onlinekhabar •
November 13, 2026 • 03:31 PM
1
1 reads 0 reactions

२७ कात्तिक, सर्लाही । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको विद्युतीय हायस दुर्घटनामा मृत्यु भएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनाको शव गाउँ ल्याइएको छ । बिहीबार बिहान भएको दुर्घटनामा मृत्यु भएका उनीहरूको शव पोस्टमार्टमपछि शुक्रबार साँझ …

भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

२७ कात्तिक, सर्लाही । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको विद्युतीय हायस दुर्घटनामा मृत्यु भएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनाको शव गाउँ ल्याइएको छ ।

बिहीबार बिहान भएको दुर्घटनामा मृत्यु भएका उनीहरूको शव पोस्टमार्टमपछि शुक्रबार साँझ सुन्दरपुर ल्याइएको हो ।

एउटै गाउँका १३ जनाको एउटै दुर्घटनामा मृत्यु भएपछि सुन्दरपुरमा सामूहिक अन्त्येष्टिको तयारी गरिएको छ । मृतक सबैको शुक्रबार राति नै एकै स्थानमा धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार अन्तिम संस्कार गरिने मृतकका छिमेकी नितेश यादवले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवका अनुसार मृतक १३ जनाको गाउँको पश्चिमतर्फ रहेको लखन्देही नदीमा सामूहिक अन्त्येष्टि गरिनेछ ।

मृतकका आफन्तले उचित राहत र क्षतिपूर्तिको सुनिश्चितता नभएसम्म शव नबुझ्ने अडान लिएपछि हेटौंडा अस्पतालमा शव राखिएका थिए । पीडित परिवारले मृतकका प्रत्येक परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति, परिवारका एक सदस्यलाई रोजगारी र घाइतेको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्नुपर्ने माग गरेका थिए ।

सरकारले गठन गरेको दुर्घटना छानबिन समिति र पीडित परिवारबीच सहमति भएपछि आफन्तले शुक्रबार शव बुझेका हुन् । सहमतिअनुसार कानुनबमोजिम पाउने राहत तथा क्षतिपूर्ति तत्काल उपलब्ध गराउन सरकारले पहल गर्नेछ ।

थप राहत तथा क्षतिपूर्तिको व्यवस्थाका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा औपचारिक आग्रह गर्ने सहमति भएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलले बताए ।

दुर्घटनामा सुन्दरपुरका १३ जना र कविलासी नगरपालिका–८ अगर्वाका हायस चालक ३० वर्षीय रवीशङ्करकुमार मण्डल गरी १४ जनाको मृत्यु भएको थियो । दुर्घटनामा अन्य ६ जना घाइते भएका थिए ।

छठ पर्व मनाउन काठमाडौंबाट सर्लाही फर्किने क्रममा बिहीबार बिहान करिब पौने ६ बजे हायस चिसापानीगढीमा सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो ।

एउटै गाउँका १३ जनाको मृत्यु भएपछि चक्रघट्टा गाउँपालिकाले शुक्रबार शोक बिदा दिएको थियो । गाउँपालिकाले मृतक परिवारलाई जनही ५० हजार रुपैयाँ र मधेस प्रदेश सरकारले प्रत्येक मृतक परिवारलाई एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
4h ago
भीमफेदी दुर्घटना : सर्लाही सुन्दरपुरका १३ जनाको शव आफन्तले बुझे

भीमफेदी दुर्घटना : सर्लाही सुन्दरपुरका १३ जनाको शव आफन्तले बुझे

हेटौँडा अस्पतालमा आवश्यक प्रक्रिया पूरा गरी शव वाहनमार्फत सर्लाही पठाइएको छ । शवहरू तीनवटा शव वाहनमा राखेर सर्लाही पठाइएको अस्पतालले जनाएको छ ।

#दुर्घटना #सर्लाही #भीमफेदी
Compare →
Hamro Patro News
12h ago
भीमफेदी दुर्घटनामा १४ जनाको *मृ*त्यु, सुन्दरपुर गाउँ शोकमा

भीमफेदी दुर्घटनामा १४ जनाको *मृ*त्यु, सुन्दरपुर गाउँ शोकमा

काठमाडौं- मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीमा बिहीबार भएको विद्युतीय हाइस दुर्घटनाले सर्लाहीको चक्रघट्टा गाउँपालिका-४ सुन्दरपुर गाउँलाई शोकमा डुबाएको छ। छठ पर्व मनाउन काठमाडौंबाट घर फर्किएका...

#दुर्घटना #सुन्दरपुर #भीमफेदी
Compare →
Nagarik News
14h ago
सर्लाहीको चक्रघट्टामा आज शोक बिदा, पालिकाले मृतक परिवारलाई जनही ५० हजार दिने

सर्लाहीको चक्रघट्टामा आज शोक बिदा, पालिकाले मृतक परिवारलाई जनही ५० हजार दिने

मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा गाउँपालिकाका नागरिकको मृत्यु भएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिकाले आज शोक बिदा दिएको छ।

#सर्लाही #गाउँपालिका #मृत्यु
Compare →
Arthasansar
8h ago
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गहिरो दुःख व्यक्त गरेको छ।  शुक्रबार...

#गाउँपालिका #भीमफेदी #दुर्घटना
Compare →
Bizshala
10h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#दुर्घटना #भीमफेदी
Compare →

Related Stories

World News
Build #2611