काठमाडौं- मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीमा बिहीबार भएको विद्युतीय हाइस दुर्घटनाले सर्लाहीको चक्रघट्टा गाउँपालिका-४ सुन्दरपुर गाउँलाई शोकमा डुबाएको छ। छठ पर्व मनाउन काठमाडौंबाट घर फर्किएका यात्रु सवार मधेश प्रदेश ०३-००१ ज ०८८० नम्बरको हाइस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
मृत्यु हुनेमा सुन्दरपुरका गुडु यादव, गायत्री देवी यादव, विकेश यादव, सुधेश यादव, पुनम यादव, अनु यादव, शिक्षा यादव, दिपिका यादव, राकेश राय, रोहन राय, सुबोध राय, राम दुलार राय र राम प्रवेश राय रहेका छन्। त्यस्तै चालक सर्लाहीका ३० वर्षीय रविशंकर मण्डलको पनि मृत्यु भएको छ। घाइते मुकेश राय, देवेन्द्र राय, बेचु भनिने देवेन्द्र राय, सक्षम राय, सुजन राय र सुदिप यादवको उपचार भइरहेको छ।
Read full story at source ( canadanepal.com )