Trending
Prev Story
Next Story

रास्वपाका २० नेता चीन जाँदै, नेपालका कुरा निर्धक्क राख्न प्रधानमन्त्रीकाे सुझाव

Ekantipur •
November 13, 2026 • 09:02 AM
2
2 reads 0 reactions

रास्वपा महामन्त्री नेतृत्वमा चीन जान लागेको २० सदस्यीय संसदीय टाेलीसँग छलफल गर्दै प्रधानमन्त्री शाहले भ्रमणलाई घुमघाममा मात्रै सीमित नराखी नेपालको राष्ट्रिय हित र दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन केन्द्रित गर्न पनि निर्देशन दिएका छन् ।

रास्वपाका २० नेता चीन जाँदै, नेपालका कुरा निर्धक्क राख्न प्रधानमन्त्रीकाे सुझाव

रास्वपा महामन्त्री नेतृत्वमा चीन जान लागेको २० सदस्यीय संसदीय टाेलीसँग छलफल गर्दै प्रधानमन्त्री शाहले भ्रमणलाई घुमघाममा मात्रै सीमित नराखी नेपालको राष्ट्रिय हित र दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन केन्द्रित गर्न पनि निर्देशन दिएका छन् ।

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहले चीनसँग नेपालका कुरा निर्धक्क भएर राख्न सुझाव दिएका छन् । रास्वपा महामन्त्री नेतृत्वमा चीन जान लागेको २० सदस्यीय संसदीय टाेलीसँग छलफल गर्दै प्रधानमन्त्री शाहले नेपाल-चीन सम्बन्धका विषयवस्तु निर्धक्क भएर राख्न भनेका हुन् ।

प्रधानमन्त्री शाहले पार्टी महामन्त्री आचार्य नेतृत्वको चीन भ्रमणमा जान लागेको टाेलीलाई पर्यटन, विकास र आपसी सम्बन्धका विषयमा छलफल गर्न भनेका हुन् । 'पार्टीको संसदीय टाेली चीन जाने भएपछि प्रधानमन्त्रीले बाेलाउनु भएको थियाे । सत्तारूढ दलकाे संसदीय टाेलीलाई नेपालकाे तर्फबाट राख्नुपर्ने विषयबारे सुझाव दिनुभएकाे छ,' आचार्यले भने ।

यस्तै, प्रधानमन्त्री साहले भ्रमणलाई घुमघाममा मात्रै सीमित नराखी नेपालको राष्ट्रिय हित र दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन केन्द्रित गर्न पनि निर्देशन दिएका छन् ।

भ्रमण प्रतिनिधिमण्डलका सदस्य तथा रास्वपा मुख्य सचेतक कबिन्द्र बुर्लाकाेटी दुई देशकाे हितमा विषयवस्तु राख्न प्रधानमन्त्रीले भनेको बताए । 'सत्तारूढ दलकाे प्रतिनिधिमण्डल जाँदै छाैं । दुई देशकाे हितमा वातावरण निर्माण गर्ने, दुई देशबीचकाे  सम्भावना अध्ययन गर्ने, राज्यको नीतिमा रहने कुराबारे विषय राख्नुस भन्नुभयो,' बुर्लाकाेटीले भने ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा रास्वपा टोली चीन जान लागेको हो । नोभेम्बर १५ देखि २६ सम्म हुने चीन भ्रमणबारे जानकारी गराउँदै आवश्यक निर्देशन लिन रास्वपाका संसदीय दलका सदस्य तथा पार्टीका नेताहरूले शुक्रबार प्रधानमन्त्रीसँग भेट गरेका थिए । भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री साहले दुई देशबीचको विशिष्ट सम्बन्धलाई थप प्रगाढ बनाउने गरी भ्रमणलाई फलदायी बनाउन सुझाव दिएको बताए । उनका अनुसार प्रधानमन्त्रीले चीन भ्रमणका क्रममा नेपालको हितलाई केन्द्रमा राखेर अध्ययन, छलफल र अनुभव आदानप्रदान गर्न निर्देशन दिएका छन् । चीनबाट नेपालले प्रविधि, व्यापार, अर्थतन्त्र, पर्यटन तथा कृषिको आधुनिकीकरण लगायतका क्षेत्रमा महत्त्वपूर्ण लाभ लिन सक्ने भएकाले यी विषयमा विशेष ध्यान दिन प्रधानमन्त्रीले आग्रह गरेको बुर्लाकोटीले जानकारी दिए । चीनबाट लिन सकिने सम्भावित आर्थिक तथा प्राविधिक लाभका विषयमा गम्भीर अध्ययन गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड रहेको उनले बताए ।

बुर्लाकोटीका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीले तयार पारेको भ्रमण तालिकामा पनि यस्ता विषय समेटिएका छन् । भ्रमणलाई औपचारिक भेटघाट र पर्यटकीय गतिविधिमा मात्र सीमित नगरी दुई देशको पारस्परिक हित तथा विशेषगरी नेपालको विकास र समृद्धिमा योगदान पुर्‍याउने अवसरका रूपमा उपयोग गर्न प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।

रास्वपाको उक्त टोली नोभेम्बर १५ देखि २६ सम्म चीनमा रहनेछ । भ्रमण अवधिमा दुई देशबीचको सम्बन्ध, आर्थिक सहकार्य, प्रविधि हस्तान्तरण, कृषि आधुनिकीकरण र पर्यटनलगायतका विषयमा छलफल तथा अध्ययन हुने अपेक्षा गरिएको छ ।

भ्रमणका क्रममा नेपाल–चीन सीमासम्बन्धी विषयमा भने छलफल नहुने बुर्लाकोटीले स्पष्ट पारे । पार्टी तहको भ्रमण भएकाले सीमा विवादको विषय कार्यसूचीमा नरहेको उनको भनाइ छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा रास्वपा सांसदहरूको प्रतिनिधिमण्डल आगामी आइतबार चीन प्रस्थान गर्नेछ ।टोली चीनमा १० दिन रहनेछ ।

भ्रमण टोलीमा रास्वपाका सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीसहित सांसदहरू लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा. आनन्दबहादुर चन्द, सुशान्त वैदिक, रिमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा. राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द साह र रमेश सापकोटा रहेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
महामन्त्री विपिन आचार्यको नेतृत्वमा रास्वपाका यी २० सांसद जाँदैछन् चीन

महामन्त्री विपिन आचार्यको नेतृत्वमा रास्वपाका यी २० सांसद जाँदैछन् चीन

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल चीन जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को औपचारिक निमन्त्र...

#चीन #रास्वपा #महामन्त्री
Compare →
Nagarik News
1d ago
रास्वपाको उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा जाँदै

रास्वपाको उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा जाँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल यही कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाने भएको छ ।

#चीन #रास्वपा #जाँदै
Compare →
Onlinekhabar
13h ago
चीन जान लागेका रास्वपा सांसदसँग प्रधानमन्त्रीको छलफल

चीन जान लागेका रास्वपा सांसदसँग प्रधानमन्त्रीको छलफल

२७ कात्तिक, काठमाडौं । चीन भ्रमणमा जान लागेका सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदहरूको टोलीसँग प्रधानमन्त्री बालेन शाहले छलफल गरिरहेका छन् । छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा चलिरहेको छ । बिहान सवा ११ बजेदेखि नै …

#चीन #रास्वपा
Compare →

Related Stories

Politics & Governance
Build #2611