Trending
Prev Story
Next Story

रास्वपाको उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा जाँदै

Nagarik News •
November 12, 2026 • 03:37 PM
1
1 reads 0 reactions

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल यही कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाने भएको छ ।

रास्वपाको उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा जाँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल यही कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाने भएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा १९ सदस्यीय प्रतिनिधिमण्डल चीन जान लागेको पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

सो भ्रमणका क्रममा सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि तथा जनअपेक्षाअनुरूपको राजनीतिक नेतृत्वलगायतका विषयमा अनुभव आदानप्रदान तथा छलफल हुने बताइएको छ । भ्रमणलाई नेपाल–चीनबीचको आपसी समझदारी, राजनीतिक संवाद तथा विकास सहकार्य विस्तार गर्ने अवसरका रूपमा लिइएको प्रवक्ता खरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिनिधिमण्डलमा गणेश पराजुली, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बाँस्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रीमा विश्वकर्मा, रमेशकुमार सापकोटा, डा धनञ्जय रेग्मी, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा राम लामा, पुनमकुमारी अग्रवाल, डा आनन्दबहादुर चन्द, डा सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रत्ना थापा रहनेछन्नु।

प्रकाशित: २६ कार्तिक २०८३ २१:२२ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
रास्वपाको उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा जाँदै

रास्वपाको उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा जाँदै

काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा चीन भ्रमणमा जाने भएको छ।

#भ्रमण #रास्वपा #प्रतिनिधिमण्डल
Compare →
Onlinekhabar
11h ago
रास्वपाका २० नेताले चीन भ्रमण गर्दै

रास्वपाका २० नेताले चीन भ्रमण गर्दै

२७ कात्तिक, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० नेता चीन भ्रमणमा जान लागेका छन् । महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सांसद चीन जान लागेका हुन् । चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) निमन्त्रणामा रास्वपा …

#भ्रमण #रास्वपा #चीन
Compare →
Ekantipur
1d ago
सीपीसीको निमन्त्रणामा रास्वपाका २० नेता चीन जाने

सीपीसीको निमन्त्रणामा रास्वपाका २० नेता चीन जाने

महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा कात्तिक २९ देखि हुने भ्रमणमा सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह र विकास सहकार्यबारे अनुभव आदानप्रदान तथा छलफल हुने बताइएको छ ।

#भ्रमण #रास्वपा #चीन
Compare →

Related Stories

Politics & Governance
Build #2611