Trending
Prev Story
Next Story

एनभिडियाका सीईओले ३३ वर्षपछि दिए राजीनामा

Nagarik News •
November 12, 2026 • 03:20 PM
2
2 reads 0 reactions

विश्वकै अग्रणी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) चिप निर्माता कम्पनी एनभिडियाका संस्थापक, अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले बिहीबार पदबाट राजीनामा दिएका छन्।

एनभिडियाका सीईओले ३३ वर्षपछि दिए राजीनामा

विश्वकै अग्रणी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) चिप निर्माता कम्पनी एनभिडियाका संस्थापक, अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले बिहीबार पदबाट राजीनामा दिएका छन्।

दुई महिलासँगको विवाहेत्तर सम्बन्ध तथा चिनियाँ गुप्तचर निकायसँग जोडिएको जासुसी विवाद सार्वजनिक भएपछि उनले ३३ वर्ष लामो नेतृत्व यात्राबाट तत्काल लागू हुने गरी राजीनामा दिएका हुन्।

एनभिडियाको सञ्चालक समितिले हालकी कार्यकारी उपाध्यक्ष तथा प्रमुख वित्तीय अधिकृत (सीएफओ) कोलेट क्रेसलाई अन्तरिम प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ।

स्थायी सीईओ चयन नभएसम्म क्रेसले नै कम्पनीको नेतृत्व सम्हाल्नेछिन्। समितिले स्थायी नेतृत्वका लागि आन्तरिक र बाह्य उम्मेदवारहरूको खोजी थालेको जनाएको छ।

सञ्चालक समितिले सिनोप्सिसका पूर्वसीईओ हार्वे सी. जोन्सलाई एनभिडियाको इतिहासमै पहिलोपटक बोर्ड अध्यक्षमा नियुक्त गरेको छ।

बोर्ड अध्यक्ष जोन्सले क्रेस र वर्तमान नेतृत्व टोलीमाथि पूर्ण विश्वास रहेको उल्लेख गर्दै कम्पनीको सञ्चालन र उत्पादन योजनाहरू बिनाअवरोध अघि बढ्ने बताए।

हुआङको अप्रत्याशित बहिर्गमनसँगै वालस्ट्रिटमा एनभिडियाको सेयर मूल्य १३ प्रतिशतसम्मले घटेको छ। पछिल्लो केही दिनयता कम्पनीको बजार पुँजीकरणबाट करिब ८ खर्ब अमेरिकी डलर गुमेको छ। वित्तीय विश्लेषक ड्यान इभ्सले यस घटनालाई एनभिडिया र अमेरिकी प्रविधि उद्योगका लागि कालो दिन भनेका छन्।

४० वर्षभन्दा लामो वैवाहिक जीवनमा रहेका ६३ वर्षीय हुआङले सिंगापुरस्थित डेटा सेन्टर कम्पनी मेगास्पिडकी पूर्ववरिष्ठ कार्यकारी एलिस हुआङसँग विवाहेत्तर सम्बन्ध रहेको आइतबार स्वीकार गरेका थिए।

अमेरिकी गुप्तचर निकायले एलिसलाई चीनको राज्य सुरक्षा मन्त्रालयको एजेन्ट भएको आरोप लगाएको छ। यद्यपि बेइजिङले जासुसीको आरोप अस्वीकार गरेको छ।

यसैबीच द न्युयोर्क टाइम्सले बुधबार हुआङको आफ्नै कम्पनीकी हेल्थकेयर उपाध्यक्ष किम्बर्ली पावेलसँग पनि दोस्रो विवाहेत्तर सम्बन्ध रहेको खुलासा गरेको थियो।

क्यालिफोर्नियाको सान जोसेस्थित एक होटलमा उनीहरूबीचको सम्बन्धको भिडियो प्रमाण बाहिरिएपछि विवाद चुलिएको थियो। कम्पनीको आचारसंहिताले कार्यस्थलमा स्वार्थको द्वन्द्व निम्त्याउने व्यक्तिगत सम्बन्धलाई निषेध गरेको छ।

यसै विषयलाई लिएर शेयरधनीहरूले सूचना लुकाएको आरोपमा हुआङ र कम्पनीविरुद्ध सामूहिक मुद्दासमेत दायर गरेका छन्।

सन् १९९३ मा एनभिडिया स्थापना गरेका हुआङले भिडियो गेम ग्राफिक्सका लागि बनाइएका चिपलाई विश्वव्यापी एआई क्रान्तिको मेरुदण्ड बनाएका थिए।

सन् २०२२ मा च्याटजिपिटीको सुरुवातपछि एनभिडियाका शक्तिशाली प्रोसेसरहरूको माग आकाशिएको थियो। एनभिडियाका अधिकांश चिपहरू ताइवानको टीएसएमसीले उत्पादन गर्दै आएको छ।

अन्तरिम सीईओ क्रेसले हुआङले ३३ वर्षमा निर्माण गरेको असाधारण जगमा टेकेर कम्पनीलाई अघि बढाउने प्रतिबद्धता जनाएकी छन्। क्रेस सन् २०१३ मा एनभिडिया प्रवेश गर्नुअघि सिस्को र माइक्रोसफ्टमा २५ वर्ष काम गरिसकेकी अनुभवी अधिकारी हुन्।

यसैबीच सामाजिक सञ्जालमा आएको प्रतिक्रियामा स्पेसएक्सका प्रमुख एलन मस्कले हुआङलाई आफ्नो कम्पनीमा काममा राख्न पाउनु सम्मानको कुरा हुने टिप्पणी गरेका छन्।

एनभिडियाले आफ्नो तेस्रो त्रैमासिक वित्तीय विवरण पूर्वतालिका अनुसार नै आगामी नोभेम्बर १७ मा सार्वजनिक गर्ने बताएको छ।

प्रकाशित: २६ कार्तिक २०८३ २१:०५ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
एनभिडियाका सीईओ हुआङले दिए राजीनामा

एनभिडियाका सीईओ हुआङले दिए राजीनामा

अमेरिकी प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसन हुआङले पदबाट राजीनामा दिएका छन् । कम्पनीको सञ्चालक समितिले बिहीबार हुआङले राजीनामा दिएको घोषणा गरेको हो । उनले ३३ वर्षदेखि ने...

#सीईओ #एनभिडिया #राजीना
Compare →
Ekantipur
1d ago
एनभिडियाका सीईओ जेन्सेन हुआङले दिए राजीनामा

एनभिडियाका सीईओ जेन्सेन हुआङले दिए राजीनामा

हुआङको राजीनापछि कम्पनीका प्रमुख वित्तीय अधिकृत (सीएफओ) कोलेट क्रेसलाई अन्तरिम सीईओ नियुक्त गरिएको एनभिडियाले जनाएको छ ।

#सीईओ #एनभिडिया #राजीना
Compare →
Arthasansar
1d ago
जेन्सन ह्वाङले दिए एनभिडियाको सीईओ पदबाट राजीनामा

जेन्सन ह्वाङले दिए एनभिडियाको सीईओ पदबाट राजीनामा

एनभिडियाका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन ह्वाङले कम्पनीको नेतृत्वबाट राजीनामा दिएका छन्। कम्पनीको सञ्चालक समितिले उनको राजीनामाको घोषणा...

#सीईओ #एनभिडिया #राजीना
Compare →
Onlinekhabar
1d ago
एनभिडियाका सीईओ जेन्सेनले दिए राजीनामा

एनभिडियाका सीईओ जेन्सेनले दिए राजीनामा

महिलासँगको सम्बन्धको विषयलाई लिएर विवादमा परेका टेक कम्पनी एनभिडियाका सीईओ जेन्सेन हुआङले कम्पनीमा आफूले सम्हाल्दै आएका नेतृत्वसम्बन्धी पदहरूबाट राजीनामा दिएका छन्। कम्पनीको सञ्चालक समितिले यससम्बन्धी घोषणा गरेको छ। सञ्चालक समितिका अनुसार कोलेट क्रेसले अन्तरिम सीईओको जिम्मेवारी सम्हाल्न …

#सीईओ #एनभिडिया #राजीना
Compare →
Bizshala
16h ago
एनभिडियाका सीईओ जेनसन हुआङले दिए राजीनामा, कोलेट क्रेसलाई अन्तरिम जिम्मेवारी

एनभिडियाका सीईओ जेनसन हुआङले दिए राजीनामा, कोलेट क्रेसलाई अन्तरिम जिम्मेवारी

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसन हुआङले पदबाट राजीनामा दिएका छन्...

#सीईओ #एनभिडिया #राजीना
Compare →

Related Stories

Technology
Build #2611