Trending
Prev Story
Next Story

मिठाई ठानेर बम खाँदा भारतीय युवकको मृत्यु

Ekantipur •
November 13, 2026 • 09:02 AM
2
2 reads 0 reactions

प्रहरीले शुक्रबार दिएको जानकारीअनुसार ३५ वर्षीय राजेन्द्र बरौतियाको उपचारका क्रममा मृत्यु भएको हो ।घटना मंगलबार डिन्डोरी जिल्लामा भएको थियो ।

मिठाई ठानेर बम खाँदा भारतीय युवकको मृत्यु

प्रहरीले शुक्रबार दिएको जानकारीअनुसार ३५ वर्षीय राजेन्द्र बरौतियाको उपचारका क्रममा मृत्यु भएको हो ।घटना मंगलबार डिन्डोरी जिल्लामा भएको थियो ।

नयाँदिल्ली — परम्परागत भारतीय मिठाईजस्तो देखिने बारुद भरिएको पिठोको डल्लो मुखमा विस्फोट हुँदा मध्यप्रदेशमा एक युवकको मृत्यु भएको छ । प्रहरीले शुक्रबार दिएको जानकारीअनुसार ३५ वर्षीय राजेन्द्र बरौतियाको उपचारका क्रममा मृत्यु भएको हो ।

घटना मंगलबार डिन्डोरी जिल्लामा भएको थियो । आगो ताप्न भेला भएका बेला एक गाउँलेले ल्याएको ‘मिठाई’ अर्का व्यक्तिले बरौतियालाई दिएका थिए । मुखमा राखेलगत्तै उक्त वस्तु विस्फोट भएको प्रहरी अधिकारी रेखा सिंहले बताए ।

स्थानीय केही समुदायले जङ्गली सुँगुर मार्न पटाका वा खानीबाट प्राप्त बारुद पिठोका डल्लामा भरेर घरेलु बम बनाउने गरेका छन् । ती डल्ला चिनीको सिरपमा भिजाइने लोकप्रिय भारतीय मिठाई ‘रसगुल्ला’ जस्तै देखिने भएकाले झुक्किने सम्भावना हुन्छ ।

गम्भीर घाइते बरौतियालाई अस्पताल लगिए पनि बचाउन नसकिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरी लापरबाहीका कारण ज्यान गएको अभियोग लगाइएको छ ।

घटना नियोजित हत्या थियो वा कसैले गरेको मजाकका क्रममा भएको दुर्घटना भन्ने विषय अनुसन्धान भइरहेको प्रहरी अधिकारी सिंहले बताउनुभएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
10h ago
मिठाई ठानेर बम खाँदा भारतीय युवकको मृत्यु

मिठाई ठानेर बम खाँदा भारतीय युवकको मृत्यु

मिठाई ठानेर बम खाँदा भारतीय युवकको मृत्यु प्रहरीले शुक्रबार दिएको जानकारीअनुसार ३५ वर्षीय राजेन्द्र बरौतियाको उपचारका क्रममा मृत्यु भएको हो ।घटना मंगलबार डिन्डोरी जिल्लामा भएको थियो । कार्तिक २७,...

#मृत्यु #मिठाई #ठानेर
Compare →
Onlinekhabar
1d ago
जनकपुरमा टिपरको ठक्करबाट स्कुटर चालक युवकको मृत्यु

जनकपुरमा टिपरको ठक्करबाट स्कुटर चालक युवकको मृत्यु

२६ कात्तिक, जनकपुरधाम । जनकपुरधाममा टिपरको ठक्करबाट स्कुटी चालकको मृत्यु भएको छ । बिहीबार दिउँसो करिब साढे ४ बजेतिर जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित पिडारीचोकमा टिपरले स्कुटीलाई पछाडिबाट ठक्कर दिँदा स्कुटी चालक युवकको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु …

#मृत्यु #युवक
Compare →
Nagarik News
11h ago
मिठाई ठानेर बम खाँदा भारतमा एक जनाको मृ’त्यु

मिठाई ठानेर बम खाँदा भारतमा एक जनाको मृ’त्यु

परम्परागत भारतीय मिठाईजस्तो देखिने बारुद भरिएको पिठोको डल्लो मुखमा विस्फोट हुँदा मध्यप्रदेशमा एक युवकको मृत्यु भएको छ।

#मिठाई #ठानेर #खाँदा
Compare →

Related Stories

World News
Build #2611